आरसी टाइम्स व्युरो
पोखरा, श्रावण ७
पोखराको शहरी उपभोक्ता र स्थानीय किसानका बिचको दिगो कृषि सम्बन्धका लागि सञ्चालनमा ल्याइएको कृषि एम्वुलेन्स सेवाले महानगरका साना किसानहरुमा आशा जगाएको पाइएको छ । गत आर्थिक वर्षमा परिक्षणका रुपमा सञ्चालन गरिएको कृषि एम्वुलेन्स सेवाले एक वर्षको अभ्यासमा स्थानीय किसानहरुको कृषि उपजसंकलन पात्रो नै बनाएर उपज संकलन तथा र बजारिकरणमा उपभोक्ता समेतलाई बजार केन्द्रहरुमा आकर्षण गर्न प्रेरीत गरेको पाइएको छ ।
गत आर्थिक वर्षमा पोखरा महानगरका रैथाने किसान परिवारलाई परिचालन गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माणका हुन सक्ने प्रयासहरुमा महानगरीय कृषि महाशाखाले विभिन्न व्यवस्थापकिय अभ्यासहरु परिक्षण गर्ने क्रममा कृषि ऐम्बुलेन्स सेवाको परिक्षण गरेको थियो ।
किसान र प्रविधि पहुँच तथा सेवा विस्तारका लागि एक वडा एक कृषि सञ्जालको अवधारणा प्रयोगमा ल्याएको महानगरले किसानहरुको सञ्जालीकरण गर्न सफलता पाएको र किसानहरु आफना माग र गुनासाहरु संगठित रुपमा महानगरीय सरकारमा पुर्याउन सहज भएको अनुभव गरेका किसानहरुले एम्बुलेन्सको आउने समय तालिकाका आधारमा आफना उपजको संकलन र नगदै बजारिकरण गर्न पाएकोमा खुशी प्रकट गरेका छन् । वर्षादका कारण बाढी पहिरोले रोकिएर तराइबाट तरकारी आपुर्ति कम भएकोबेलामा तरकारीको मुल्य आकाशीने पोखरा शहरमा यसपालिको वर्षामा किसानहरुले उच्च बजार मुल्य पाएर तरकारी खेतिमा उत्साहित भएको र नियमित संकलन पात्रोको पालना गर्ने अभ्यास थालेको पाएको छ ।
महानगरका यो परिक्षणको क्रममा पोखराका स्थानीय किसानहरुलाई करिव ८० लाख बराबरको नगद हस्तान्तरण गरेको महानगरका एम्बुलेन्स चालक तथा किसानबजारका व्यवस्थापक बिकास ठकुरीले जनाएका छन् । पोखरा शहरमा पहुँच कमजोर रहेका वडा २२ पुम्दी भुम्दी र वडा २८ माझठानाका किसानहरुले यो परियोजनाका कारण घरपायकमा तरकारी उत्पादन र बजारिकरण तथा बजारका उपभोक्ताको रुची र संकटका बेला गाउामा खेरा जाने तरकारी जन्य उपजलाइ नगदमा साटन पाएका छन् । महानगरको कृषि महाशाखाले कृषि एप नै बनाएर कारोवारको कम्प्युटर अभिलेख नै बनाएको छ । महानगरले यो परियोजनाको लागत विश्लेषण गरेर सार्वजनिक समिक्षा र परिक्षणको प्रयास त गर्न सकेको छैन । तर बजारको मागको चाप र किसानको उत्पादनको चापको सन्तुलन प्रणालीले निर्माण गर्ने दबाबका बलमा यो परिक्षण सफल र आशा जगाउने देखिएको छ ।