• Aarsee Times
Thursday, January 29, 2026
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

कृषि जैविक मेला : शासकीय प्रतिनिधिहरु कृषि सवालको कठघरामा

आरसी टाइम्स by आरसी टाइम्स
१३ माघ २०८२, सोमबार २२:४९
in ऋषिकृषि, कृषि बजार, गण्डकी गौरव, फिचर
0
कृषि जैविक मेला : शासकीय प्रतिनिधिहरु कृषि सवालको कठघरामा
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter
आरसी टाइम्स व्युरो
पोखरा, माघ १२
   पोखरा महानगरपालिकास्तरीय कृषि जैविक विविधता मेला गरिएको छ  । पोखरा—३१ सुन्दरीडाँडामा रहेको सामुदायिक कृषि जैविक श्रोतकेन्द्रको परिसरमा यसै हप्ता सम्पन्न भएको छ  । कृषिवाली उत्पादक, उपभोक्ता र सरोकारवाला संस्थाहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न मेलाले कृषि जैविक विविधताको प्रचार—प्रसार, संरक्षण र स्थानीय उत्पादन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु‍र्याएको महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरीयाले जनाएका छन्  ।
पोखरा वडा नं. ३१ का अध्यक्ष ढकनाथ कणेलको अध्यक्षता भएको समारोहलाई  पोखरा महानगरपालिका आर्थिक विकास समितिका संयोजक बोधबहादुर कार्कीले शुभारम्भ गरेका थिए  । कार्यक्रममा गण्डकी प्रदेशका कृषि सचिव, कृषि व्यवसाय प्रवद्र्धन केन्द्र तथा तालिमकेन्द्र प्रमुख, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र प्रमुख, बागवानी अनुसन्धान केन्द्र, कृषि विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, लेखनाथ उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ लेखनाथ, स्थानीय टोल विकास संस्था र वडा कृषि सञ्जाल सदस्यहरूको सहभागिता रहेको थियो।
मेलामा २३ वटा वडास्तरीय कृषि सञ्जालहरूको उपस्थिति र विभिन्न बालीहरूको प्रदर्शनी रहेको थियो  । मेलामा ११ टिमको कृषि गीत प्रतियोगिता र भजन प्रतियोगिता समेत भएको थियो  ।  रुपाताल मत्स्य सहकारी र  स्थानीय उत्पादन परिकार प्रदर्शनीका साथै कृषि जैविक विविधताबारे सरोकारवालाहरुका बीचमा बहसमूलक प्रस्तुति ‘कृषि सवाल’ कार्यक्रम  पनि सञ्चालन गरिएको थियो। मेलामा सरोकारवाला शासकीय प्रतिनिधिहरु कृषि सावलको कठघरामा रहेर नागरिक सबालहरुको जवाफ दिएका छन्  ।
कृषि सवालको कठघरामा प्रदेश कृषि सचिव वासुदेव रेग्मी, संघिय वालि संरक्षण विभाग अन्तरगतको जैविक विविधता संरक्षण केन्द्रका प्रतिनिधि केशव देवकोटा, महानगरपालिकाका कृषि शाखा हेर्ने प्राविधिक अगुवा मनहर कडरीया, स्थानीय कृषक तथा जैविक श्रोतकेन्द्र प्रतिनिधि लेखनाथ ढकाल, लि—वर्ड संस्थाका सचिव बेनी बहादुर बस्नेत तथा स्थानीय कृषि जैविक उद्यमी मैना थापा सहभागी भएका थिए  ।
प्रदेशिक रुपमा गण्डकी प्रदेशको कृषि मन्त्रालयले लिवर्डसँगको सहकार्यमा कृषि जैविक विविधताको प्रोफाइल बनाइ रहेको कृषि सचिव बासुदेव रेग्मीले बताएका छन्  । प्रादेशिक कृषि नीतिमा रैथाने वालि संरक्षण र मिसन कार्यक्रम संचालनमा रहेको पनि रेग्मीले दावी गरेका छन्  । यसैगरि उपभोक्ता बजारमा कृषि जैविक विविधताको चेतना प्रवाह गर्न ग्रामीण वस्तीहरुमा पोषण पाठशालाहरु संचालनमा रहेको , विद्यालय खाजामा रैथाने वालीको पहूँच विस्तार गर्न पहल भइरहेको महानगर कृषि शाखाका अगुवा मनहर कडरीयाले जनाएका छन्  ।  समारोह भइरहेको रैथाने बेगनास र रुपातालको प्रभाव क्षेत्रमा रहेको अन्न, वन्य र जलीय जैविक विविधतामा आएको परिवर्तनका बारेमा कृषक प्रतिनिधि लेखनाथ ढकालले प्रकास पारेका थिए  । विगतमा केयर नेपाल नामक संस्थाबाट सूरु गरिएको जैविक विविधता संरक्षणका अभियानलाई लिवर्ड लगायतका संस्थाले निरन्तरता दिएको र रुपा मत्स्य सहकारी समेतले वातावरणीय सेवा शुल्क स्थानीय सामुदायिक वन समूहका उपभोक्तालाई वितरण गर्दै आएको जैविक संरक्षण अभियानका अगुवा समेत रहेका ढकालले जनाए  ।
जैविक कृषि अनुसन्धानका क्षेत्रमा सहजीकरण गर्दै आएको लिवर्डका सचिव बेनीबहादुर बस्नेतले अनुसन्धानका क्षेत्रमा नेपाल कृषि अनुसन्धान केन्द्र नार्कको कार्यक्षेत्र रहेको बताउँदै सबै अनुसन्धानको दायित्व लिवर्डले गर्न नसक्ने , बरु उपभोक्ताशिक्षाका लागि डिजिटल सोसल मिडिया कन्टेन्ट मार्फत ‘नलेज ब्रिजीङ्ग’ गर्न सकिने सम्भावना रहेको बताए  ।
छलफलकै क्रममा रुपा तथा बेगनास जलाधार क्षेत्रको जलाशयमा रहेका लेउझ्याउमा उच्च प्रोटिन रहेको अवस्थाले जलमा अक्सीजनको मात्रा बढाउने र कुनैबेला झ्याउ क्षयीकरण भएर जलाशयमा अक्सीजनको सन्तुलन खल्बलीने सबालमा सरकारी अनुसन्धान ऐजेन्सीहरुको चासो नपुगेको बताइएको छ  । संघिय सरकारको जैविक संरक्षण केन्द्रले हरेक पालिकालाई रैथाने बाली तथा जैविक विविधता संरक्षणमा सशर्त बजेट कार्यक्रम दिने गरेको केन्द्रका प्रमुख केशव देवकोटाले जनाएका छन्  । स्थानीय उपभोक्ता हरुमा रैथाने बालीका परिकार उपभोग प्रति चासो बढदै गएको र तुलनात्मक रुपमा उत्पादन गरिएका कृषि बस्तुको बजारिकरणको दर बढदै गएको स्थानीय कृषि उद्यमी मैना थापाले जनाएकी छन्  । उनका अनुसार पछिल्ला दिनमा अनधी धानको उत्पादन र परिकार विविधिकरणमार्फत बजारिकरण दर बढदै गएको उद्यमी थापाले बताइन्  ।
महानगरपालिका आर्थिक विकास समितिका संयोजक बोधबहादुर कार्कीले रैथाने बालीको संरक्षण र प्रवर्धनमार्फत कृषि जैविक विविधता जोगाउनुपर्ने आवश्यकता औँलयाउँदै यस्ता मेलाले कृषि, पर्यटन र बजार व्यवस्थापनलाई जोडेर स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरे  । स्थानीय जात, प्रविधि र सीपहरू हराउँदै गएकाले तिनको महत्व जोगाउन यस्ता कार्यक्रम अपरिहार्य रहेको पनि कार्कीले जोड दिए  ।
मेलामा स्थानीय कृषि उपज, जातका माछा–पशुपन्छी, जडिबुटी बाली, जैविक विविधतासँग सम्बन्धित सामग्री, स्थानीय परिकारको खरिद–बिक्री पनि भएको थियो  ।  कृषि जैविक विविधता व्यवस्थापनसम्बन्धी कृषि गीत प्रतियोगितामा २३ ओटा वडास्तरीय कृषि सञ्जालको सहभागिता थियो ।
कृषि गीत प्रतियोगितामा वडा कृषि सञ्जाल ३१, ३०, २९ र २५ क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्दै नगदसहित प्रमाणपत्र प्राप्त गरे। जैविक विविधता प्रदर्शनीतर्फ वडा ३१, ८, २८ र २३ ले प्रथम, द्वितीय, तृतीय र सान्त्वना प्राप्त गर्दा स्थानीय परिकार प्रदर्शनी गर्ने टिमहरूलाई पनि सम्मान गरिएको थियो ।
Previous Post

अकबरे खुर्सानी : उच्च आम्दानीको सम्भावना

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • केशव राज काफ्ले on गोवर मलको गुणस्तर बढाउन शुक्ष्मजीवाणु (ईएम) प्रभावकारी उपाय 
  • केशवराज काफ्ले ९८५१२२२५८३ on पशु मल–मुत्र विरुवाका लागी सन्तुलीत खाद्यपदार्थ
  • IslaMartin on कोदो छाडेर किवि खेती गर्दै दुर्लुङका खेम गुरुङ
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In