आरसी टाइम्स व्युरो
पोखरा, जेष्ठ २८
एउटै विश्वका साझा परिपार हामी सबै मिलेर एउटै स्वास्थ्यका लागि माटो र वाली, पशुधन र मानिसमा भएका विविधताको संरक्षण र सन्तुलित परिचालनका ज्ञानहरु स्थानीय वस्तीस्तरसम्म पुर्याउनु वान्छनिय हुन्छ भनेर वातावरण दिवसका अवसरमा कृषि जैविक विविधता मेला हुन थालेका छन् । विश्वको साझा अस्तित्व रक्षाका लागि यहाको जैविक विविधता जोगिनु पर्ने र त्यसका लागि वातावरणीय पारिस्थीतिक प्रणालीका अवयवहरुको सन्तुलनको प्रपञ्च मिलाइनु पर्ने भएकाले विश्वव्यापी रुपमा हरेक शैलीबाट जलवायु परिवर्तन र अनुकुलन क्षमताका लागि कृषि जैविक विविधताको ज्ञान विस्तारका लागि कृषिमुलक सहजकर्ता समूहहरु सक्रिय हुन थालेका छन् । यसैक्रममा पोखरा महानगरमा विगतदेखि कृषि जैविक विविधताका क्षेत्रमा कामगर्दै आएको लिवर्ड नामक गैसस र पोखराकै आर्वा क्षेत्रमा क्रियाशिल नमुना प्राङ्गारिक कृषि सहकारीले पोखरामहानगरका स्थानीय वडा तथा कृषि विकास शाखाहरुलाई परिचालन गरेर कृषि जैविक विविधता प्रदर्शनी मेला संचालन गरेका छन् ।
पोखरा–१३ को वडा कार्यालयको परिसरमा वडास्तरीय कृषि सञ्जालका सदस्य किसानहरुले विभिन्न १० स्टलमा पोखरा १३ मा पाइने रैथाने बालीहरु प्रदर्शन गरेका थिए । मेलामा स्थानीय विद्यालयका छात्र–छात्राहरुले वालीहरु सूचिकरण गर्दै रैथाने बालीको ज्ञान लिइरहेका थिए भने महिला समूहले लोक गीत मार्फत कृषि सन्देश प्रवाह गरिरहेका थिए । प्रतियोगितात्मक रुपमा आयोजना गरिएको मेलामा किसानहरुले आफ्नो विशिष्ट बालीको बजारिकरण र वयापार समेत गरेका थिए भने नयाँ बाली र मौसमी जोखिम जितेर उत्पादीत बजार मैत्रि बाली उत्पादनका इलम पनि देखाए । मेलामा कृषि जैविक विविधतामा सहयोग गर्ने गित प्रतियोगिता, बीउ साटासाट, माटो शिविरको कार्यक्रम राखेकाले वडाका किसानको उत्साहजनक सहभागिता रहेको पोखरा १३ का वडाध्यक्ष किरण बरालले जनाए । वडाका किसानहरुलाई प्रोत्साहन गर्न आगामी दिनमा पनि अरु थप कृषक मैत्रि क्रियाकलापमा सहयोग गर्न तयार रहेको उनले प्रतिवद्धता जनाए ।
माटोमा अम्लिीय तत्व बढी, पोटाषको मात्रा न्युन
कृषि जैविक विविधता मेलामा माटो परीक्षण शिविर पनि संचालन गरिएको थियो । शिविरमा पोखरा १३ को आर्वा , कुडहर र वडा १४ चाउथेका किसानहरुले माटो परीषण गराएका थिए । करिव ९० वटा नमुना परिक्षण गर्दा आर्वाका सबै नमुनामा र अन्यत्रका अधिकांश स्थानमा माटोमा अम्लिीय तत्व बढी र पोटाषको मात्रा न्युन भएको पाइएको माटो परिक्षण शिविरका प्राविधिकहरुले जनाएका छन् । कुडहरको दुइकुलाको मुहान क्षेत्र, पाटनबेसी क्षेत्र, जहा सेति नहरको सिंचाइ लाग्ने गरेको स्थानका खेतहरुमा क्षारीय तत्व अधिक रहेको , कमेरो माटोमा क्याल्सीयम भएको पाइको छ भने टनेल प्रविधिका वन्द कृषि अभ्यास गर्ने बारीमा नाइट्रोजनको मात्रा अधिक पाइएको माटो परिक्षण प्राविधिक टोली प्रमुख खुबराज बरालले जनाएका छन् ।
कृषि गित प्रतियोगितामा सबैलाई प्रोत्साहन
मेलामा आयोजना गरिएको कृषि जैविक विविधता गित प्रतियोगितामा नमुना प्राङ्गारिक कृषक समुह प्रथम भएको छ । प्रथम भएको समुहले नगद ६ हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो भने, द्वितिय भएको मणिदिप कृषक समुहले नगद ५ हजार रुपैयाँ पायो । यस्तै तृतिय भएको पिपलडाली काफलघारी कृषक समुह बन्यो । तृतिय भएको समुहले ४ हजार पुरस्कार पाएको थियो भने, प्रतियोगितामा सहभागी भएको अन्य ७ समुहलाई प्रोत्साहन स्वरुप ३÷३ हजार दिइएको वडा कृषि सञ्जालका अध्यक्ष टेकनाथ बरालले जानकारी दिए । प्रतियोगितामा भाग लिएको विद्यालयको समुहलाई पनि प्रति विद्यालय २५÷२५ सय रुपैयाँ प्रोत्साहन पुरस्कार दिइएको थियो ।