आरसी टाइम्स व्युरो
स्याङ्गजा, असोज ८
स्याङ्गजाको आँधीखोला क्षेत्रबाट आपसी सहयोग नामक संस्था सुरुगर्दै प्राङ्गारिक कृषिका माध्यमबाट गरिवी न्युनीकरणमा क्रियाकलाप गर्र्दै आएको आस्क नेपालले हालै सामाजिक परिक्षण गर्दै आफ्ना लगानी र सामाजिक उपलब्धीका लागि गरिएका प्रयासहरु लेखाजोखा गर्न सार्वजनिकि गरेको छ ।
सहकार्यबाट दीगो विकास, गरीवी न्युनीकरणका लागि शैक्षिक पुर्वाधार, शान्त र समतामुलक समाज निर्माणका लागि आधारभूत अधिकार मान्यता पालना गर्दै आएको बताउने आपसी सहयोग केन्द्र आफ्नो २६ औं वार्षिक साधारण सभाको अवसरमा सामाजिक परीक्षण गरेको जनाएको छ ।
सामाजिक प।िरक्षण समारोहमा पुतलीबजार नगरपालिकाका उपप्रमुख देवी अर्यालले संस्थाले प्राङ्गारिक कृषि, स्वास्थ्य, प्रविधिमैन्त्री शिक्षा बिपन्न आयआर्जन लगायत एकिकृत सामाजिक विकासको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेकोले दीगोपनाको लागि स्थानीय सरकारहरुले सहकार्य गरेमा आम नागरिकलाई गुणस्तरीय सेवा र दीगो व्यवसायिक विकासमा टेवा पुग्ने बताएकी छन् ।
गैसस महासंघका स्याङ्जा प्रतिनिधि गोबिन्द प्रसाद शर्माले संघीयताको आगमन पछाडी गैर सरकारी संस्थाका कार्यहरु एवं सरकारको साझेदारी कम हुदै गैरहेकोले संस्थाको निरन्तर सकृयताको लागि स्थानीय सरकारसँग सहकार्यको बातावरण सिर्जना बहस र पैरवी जरुरी भएको बताए ।
संस्थाका अध्यक्ष रुकुमदत्त शर्मा पौडेलले संस्थागत विकास प्रतिवेदन प्रस्तुत गर्दै तीनै तहका सरकारले संस्थाले प्रबर्धन गरेका प्रबिधी बिस्तारमा सहकार्य गर्न चाहेमा सो का लागि आँफुहरु स्वयंसेवा समेत गर्न तयार रहेको बताएका छन् ।
संस्थाले गत वर्ष ६ करोड २९ लाख ८४ हजार रुपैंया बराबरको क्रियाकलाप गरेको र चालु वर्षका लागि ७ करोड, ४७ लाख, ८४ हजार रुपैंया बरावरको कार्यगर्ने
योजना बनाएको निर्देशक हरिप्रसाद ढकालले जनाएका छन् ।