• Aarsee Times
Sunday, May 18, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

कृषि यन्त्र प्रदर्शनीमा अवलोकन र बुकिङ्ग उत्साहजनक

आरसी टाइम्स by आरसी टाइम्स
२३ पुष २०८०, सोमबार १५:५२
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो, विचार
0
कृषि यन्त्र प्रदर्शनीमा अवलोकन र बुकिङ्ग उत्साहजनक
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

आारसी टाइम्स व्युरो
पोखरा, पौष २३
कोरोना कहर पछि ‘इम्युनिटि प्रमोटर सुपर फुड’ को खाँचोमा सहयोग पुर्याउन रैथाने कृषि वाली संरक्षण र प्रवद्र्धन गर्न थालीएसँगै कृषिमा आधुनीकिकरण गरेर उत्पादन बढाउन आधुनिक कृषि यन्त्रको अनुदानात्मक वितरण गर्दै आएको अवस्थामा कृषि यन्त्र विक्रेतालाई यन्त्रको प्रदर्शनी र वित्रिः वितरण तथा परामर्श दिनका लागि पोखरामा आयोजना गरिएको प्रादेशिक कृषि यन्त्र प्रदर्शनीमा अवलोकन गर्न किसानहरु उत्साहित देखिए  । विगत ३ दिन देखि चलेको मेलामा करीब २५ हजार अवलोकनकर्ताले हेरेको र ५० लाखको नगद कारोबार तथा ६ करोडको सामाग्री बुकिङ भएको आयोजकले जनाएका छन्  । पोखरा मेलाले उत्साहित बनाएको अन्य प्रादेशिक मेलाका लागि चासो र प्रस्ताव आएको समेत आयोजक मध्येका व्यववासायिक समुहका सदस्यहरुले जनाएका छन्  ।


मेलामा रैथाने किसानले अधिक लाभ र अन्तरक्रियाको अवसर पाउन भनेर पोखरा महानगरपालिकाले कृषि यन्त्रीक मेलाको अवसरमा वडा कृषि सञ्जालको समन्वयमा पाँच सेवा केन्द्रबाट किसानहरुलाई मेला अवलोकनका लागि निशुल्क यातायात सेवा सञ्चालन गरेको थियो  । यसै गरि महानगरले चालु वर्षमा कृषि यन्त्रमा अनुुदान ग्राही तोकिएका किसानहरुलाई कृषि सामग्री तथा उपकरणहरु प्राप्त गर्नका लागि तोकिएको मापदण्ड र अनुदान अनुसार प्रादेशिक कृषि मेशिनरी प्रदर्शनीमा अवलोकन गरि खरिद गर्न सकिने र सामाग्री खरिद पश्चात प्राप्त बिल भरपाई तथा सम्बन्धित वार्डको सिफारिसमा लाभांन्वीतको खातामा अनुदान रकम भुक्तान गरिने व्यवस्था गरेर पनि पोखराका लक्षित किसानहरुको चासो र सहभागीता बढाउन सहयोग गरेको बताइएको छ  ।
मेलामा ४० भन्दा बढी कृषि यन्त्र विक्रेताहरुले हजार बढी यन्त्रको पहुँच उपलब्ध गराएको जनाएका थिए  । मेलाकै अवसरमा महाविर पुनको आविस्कार केन्द्को पहलमा विरगञ्जको कृषि यन्त्र कारखानाको विगत वर्तमान अवस्थाका बारेमा प्रस्तुतीकरण गरिएको थियो  । मेलाको दोश्रो दिनमा भएका समिक्षा—सम्बादमा नेपाल सरकारका कृषि यन्त्र मेसीनरीको नितिगत समिक्षा, रैथाने वाली प्रवद्र्धनका लागि हालसम्मको स्थीति र अवको रणनितिका बारेमा पनि समुह सम्वाद चलाइएको थियो  । कृषि मन्त्रालयका विज्ञहरुले छलफल पत्र प्रस्तुत गर्दै स्थानीय किसान र प्राविधिक जनशक्तिबाट पृष्ठ पोषण माग्दै ‘सरोकारवालाको कठघरा’ मा उभिएर प्रत्युतर दिएका थिए  ।
संघिय मनत्रालयका कृषि विज्ञहरुले आगामी १६ औं योजनामा रैथाने बाली संरक्षणमा विशेष चासो राखीने प्रतिवद्धता पनि गरिएको छ  । विज्ञहरुले रैथाने वाली र उद्यमलाई सामाजिक र सरकारी मान्यताका लागि सबैको पहलको खाँचो रहेको औल्याएका थिए  ।
सभालाई सम्बोधन गर्दै प्रदेशिक कृषि महानिर्देशक बासुदेव रेग्मीले रैथाने बालिको मुल्य सृंखला आयोजना संचालन गरिने जनाएका छन् भने प्रदेश कृषि सचिव सहदेव प्रसाद हुमागाईले कृषिलाई विशेष क्षेका लागि संरक्षित निति खाँचो रहेको, यसलाई रिसर्चको ब्याकअप खाँचो पनि रहेको र आगामी योजना तथा कार्यक्रममा रैथाने बालि प्रबद्र्धन गर्ने क्रियाकलापलाई जोड दिने जनाएका छन् ।सोह्रौ योजनामा रैथाने कृषि संरक्षण गर्ने र कृषि लगानी दशक (२०८१ —९०) का रुपमा प्रस्ताव गर्ने तयारी भइरहेको कृषि मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले जनाएका छन्  ।
पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा पुस २० गते शुक्रबार देखि सुरु भएर आइतबार २२ गतेसम्म बिहान १० देखि अपान्ह ५ बजेसम्म सञ्चालन भएको प्रादेशिक कृषि यन्त्र प्रदर्शनीमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, कृषि विकास निर्देशनालय, गण्डकी र पोखरा महानगरपालिका र प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना समेतले पनि सघाएको नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)का अध्यक्ष कृष्ण शर्माले बताए  ।

Previous Post

गण्डकी हिमालयमा उन्नाइस याक आइपुगे

Next Post

बाँदर हैरानीले अधिकाँश फाँट बाँझै

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
बाँदर हैरानीले अधिकाँश फाँट बाँझै

बाँदर हैरानीले अधिकाँश फाँट बाँझै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In