कोरोनाले हाम्रा केही खुशीहरु लिएर गयो र केही नयाँ सम्भावना पनि दिएर गयो । कारोनाबाट जोगीन व्यक्तिगत सरसफाइ र संक्रमणबाट जोगिन सामाजिक व्यवहारमा दुरी कायम गर्ने, स्पर्स गर्ने भन्दा नमस्कार गर्ने र घरबाहीरका लागि स्पर्स गरेमा शुद्धिकरण गर्ने परम्परालाई जिवन्त राख्न प्रेरणा दिएको छ । यसै गरि कोरोना कालमा शरिरको प्रतिरोधी क्षमता ‘इम्युनीटी पावर’ बढाउने खाने कुरालाई ‘सुपर फुड’ मानेर खोजी—खोजी खाने र आफन्तलाई कोशेली दिने चलन पनि बसालेको छ ।
यति बेला पोषीलो भएर पनि हेपिएका रैथाने बैकल्पीक खाद्यन्नहरु पनि ‘सुपर फुड’को कोटीमा परेर संरक्षण तथा बजारिकरणमा उच्च महत्व पाउन थालेका छन् । विगतमा कु—अन्न भनेर हेरीने कोदोलाई सबैखालका पर्यावरणर र प्राणीका लागि उपयोगी पोषीलो भोजनका रुपमा अन्तराष्ट्रिय मान्यता मिलेको छ । केही वषर््ा पहिले कास्कीको अन्नपुर्ण गाउँपालिकाले कोदो उत्पादनमा अनुदान र बजारिकरणका लागि कोदो महोत्सव मनाएको विषय बर्ष सन् २०२३ लाई संयुक्त राष्ट्र संघले नै अन्तरास्ट्रिय कोदो बर्षको रुपमा मनाउने घोषणा गरेर अनुकरण गरेको पाउँदा अन्नपूर्ण गाउँपालिकाका बासिन्दाहरुको दुरगामी कृषि कर्म सम्मानित भएको छ ।
रैथाने किसानले गरेको कर्मलाई भन्दा अन्तराष्ट्रिय दाताहरुले गरेको घोषणालाई बढी महत्व दिदै आएको कृषि सरकारलाई रैथाने चेत निर्माण गर्न र रैथाने बैकल्पीक खाद्यन्नको प्रबद्र्धनका लागि रणनितिक योजना बनाउन प्रेरणा मिल्ने अपेक्षा गर्न सकिन्छ । आउदो दिनहरुमा रैथाने बालिको संरक्षण, प्रबद्र्धन र उपयोगलाई जगेर्ना गर्न सार्वजनिक स्तरमा पहल हुन सकोस, कोदो वर्षको उपलक्षमा सबै किसान तथा उपभोक्ताहरुमा शुभकामना व्यक्त गर्दछौं ।