आरसी टाइम्स व्युरो
लमजुङ्ग,
अमेरीकन फौजी किराको प्रकोपले मकैबाली सखाप पार्न थालेपछि कृषि ज्ञान केन्द्र लमजुङ्गले अभियानमुलक बालीसंरक्षण क्रियाकलाप संचालन गरेको छ । बैसाख महिनामा खडेरीका बेला अनुकुल मौसमी वातावरण भएकाले अमेरीकन फौजी किराको अत्याधिक वृद्धि हुन गइ मकै बालीमा व्यापक क्षति पुगेको गुनासो आएको थियो ।
मकैमा पात , घोगा र जुँगामा क्षसत पुर्याउने यो किराले मकैको उत्पादनमा ह्रास आउने हुनाले कृषि ज्ञान केन्द्रले बैलैमा रोग नियन्त्रणका उपाय अवलम्बन गर्न प्राविधिकहरुकै सहभागतिामा किसान परिचालन गरेर बालीसंरक्षण अभियान संचालन गरिएको जनाइएको छ ।किसानहरको गुनासो संबोधन गर्दै कृषि ज्ञान केन्द्र लमजुङ्गले मध्येनेपाल र सुन्दर बजारका मकैबालीहरुमा सुरक्षित र नियन्त्रित विधिबाट विषाधी प्रयोग गर्न सिकाएर किरानियन्त्रणका लागि अभियान संचालन गरेको ज्ञान केन्द्रका वालिसंरक्षण अधिकृत विजयराज पौडेलले जनाएका छन् ।
ज्ञान केन्द्रले किसानहरुलाई फौजी किरा नियन्त्रणका लागि निशुल्क विषाधी उपलब्ध गराएको जनाइएको छ ।बैशाख अन्तिम सातामा आएको वर्षाले फौजी किराको प्रकोप नियन्त्रणमा आएको र बालीमा नोक्सान हुने क्रम रोकिएको पनि वालिसंरक्षण अधिकृत पौडेलले जनाएका छन् । लमजुङ्ग जिल्लाभर १५ हजार ७ सय हेक्टरमा मकै खेति हुँदै आएको छ । यो किराको प्रकोप वेलैमा नियन्त्रणमा ल्याउनका लागि किसान र प्राविधिकहरुका समन्वयमा यो अभियान चलाइएको थियो ।