लक्ष्मण वीसी/आरसी टाइम्स
पर्वत,
विगत लामो समयदेखिको खडेरीका कारण कृषकहरुले बालीनाली लगाउन नपाएको र लगाइएका बालीहरु सुकेर जर्जर भएपछि स्थानीय किसानहरुले प्रकृतिदेवताका वर्षातत्वहरुको आराधना गर्दै किर्तन गर्न थालेपछि संयोगले पानी वर्षा भएको छ ।
लगाएको बाली समेत सिचाइको अभावमा सुक्दै गएको अवस्थामा कृषक तथा स्थानीयहरु धार्मिक बिधिबाट पानी पार्ने आशामा किर्तनमा जुटेका थिए । यस्तो किर्तनमा पर्वत जिल्ला र यस आसपासको क्षेत्रमा बर्षात नभएपछि कुश्मा नगरपालिका वडा न ३ दुर्लुङका स्थानीयले इन्द्र देवताको आराधना शुरु गरेर अखण्ड रुपमा भजन गाएर इन्द्र देवतालाई खुशी बनाउने भन्दै यहाँका स्थानीयले अखण्ड भजनकृतनको शुरुवात गरेका थिए ।
हिन्दु धर्म शास्त्रमा इन्द्रलाई बर्षातको देवताको रुपमा पुजा गरिन्छ । बर्षात गराउने देवताको रुपमा हिन्दु धर्माबलम्बिहरुले इन्द्र देवताको पुजाआजा गर्ने गर्दछन् ।
स्थानीय घोगेनी भजन मण्डलीको आयोजनामा दुर्लुङ्गस्थित तारेकोटमा रहेको दुर्गा भगवतीको मन्दिर परिसरमा इन्द्र, बरुणदेवता र भगवान शिवको मुर्ति स्थापना गरि पुजापाठ सहित कृतन शुरु गरेका छन् ।
यस क्षेत्रमा गएको असोजदेखि पर्याप्त पानी परेको छैन । गत फागनु अन्तिम साता सामान्य वर्षा भएपनि पर्याप्त थिएन । सामान्य वर्षाको भरमा खेतवारीमा मकै, बर्खे आलु, लहरेवाली लगायतका तरकारी र कोदो, धानको विऊ राखिएको भएपनि वर्षा नहुँदा उम्रिएका मकै र विऊ समेत सुक्दै गएको छ ।
बढ्दो गर्मी र खडेरीका कारण प्रदुषण समेत बढ्दै गएको भन्दै किसानहरुले धार्मिक परम्परा अनुसार यस्तो अखण्ड कृतनको थालनी गरेको स्थानीय रामचन्द्र पौडेलले बताए । बिगतका वर्षहरुमा पनि यस्तै किर्तन गर्दागर्दै मुसलधारे पानी परेको उदाहरण रहेको भन्दै पौडेलले लामो खडेरी पर्दा पहिले पहिले पनि अखण्ड कृतन, रुद्री लगाउने परम्परा रहेको उनले बताए ।शनिबार विहान ८ बजेदेखि शुरु भएको अखण्ड कृतन चौविस घण्टासम्म निरन्तर संचालन गरिएको छ । भजनमण्डलीका छुट्टाछुट्टै समुह बनाइएको किर्तनमा हरेक समुहले कम्तिमा तीनरचार घण्टा लगातार धार्मिक भजन गाउने नियम बनाइएको स्थानीय प्रभु गुरुङले जानकारी दिए।
लामो खडेरीका कारण कृषकहरुले लगाएको बालीनाली सुक्दै जान थालेको छ भने वर्खेवालीहरु लगाउन समेत समस्या भैरहेको छ । लामो समय वर्षा नहुँदा हिउँदे बालीको रुपमा लगाईएको गहुँ, आलु तोरीमा समेत कृषकहरुले क्षति व्यहोरेका छन् । विगतमा पनि प्रसिद्ध दुर्लुङ्गकोटमा अखण्ड कृतन लगाउने गरिएको र सोहि दिन वा तीन दिन भित्रमा पर्याप्त वर्षा हुने गरेको गुरुङले बताए । अखण्ड कृतनको लागि आवश्यक खर्च व्यवस्थापन गर्न स्थानीयवासीहरुले आर्थिक सहयोग गरेका छन ।
यसैबीच खडेरीले आसपासका मुलहरु सुकेपछि पिउने पानीको समेत अभाव भएको छ । लामो खडेरीकै कारण सदरमुकाम कुश्माबजारमा समेत खानेपानीको अभाव भएको छ । पानी अभावले लोडसेडिङ गरेर दिनमा एक समय मात्र पानी आपुर्ति गर्न थालिएको छ ।
वैद्धिक हिन्दु धर्मशास्त्रमा वर्षा व्यवस्थापकका रुपमा इन्द्र भगवानको पुजा गरिन्छ । इन्द्रको जन्म हुँदा पृथ्वीमा चट्यान सहितको कम्पन भएको धार्मिक विश्वास रहँदै आएको छ । मत्यलोकका जनतालाई सास्ती परेको कुरा धार्मिक अनुष्ठानको विधि मार्फत देवलोकमा जानकारी गराएको खण्डमा देवता प्रशन्न भएर लोकको भलाई गर्ने धर्म शास्त्रमा उल्लेख गरिएको छ हिउँदे बर्षात समेत नभएको पर्वत आसपासको क्षेत्रमा सुख्खयाम शुरु भएसँगै डढेलोको प्रकोप बढेर गएको छ । डढेलोले सयौ हेक्टर जंगलका क्षति पुराएको छ भने, बर्षात नहुँदा हिउँदे बाली लगाएका कृषकहरु मर्कामा परेका छन् ।
यस्ता अखण्ड किर्तनका अभ्यासहरु पर्वतको दुर्लुङ्ग सँगै स्याङ्गजाको गल्याङ्गमा पनि गरिएका छन् । अखण्ड किर्तनका अभ्यासपछि २४ घण्टामा वर्षा आरम्भ भएपछि किसानहरु उत्साहित भएका छन् ।
यसरी आएको वर्षाले असिना वर्षा पनि गराएको छ । असिना पानी पर्दा तनहुँको घिरिङ गाउँ पालिकाको पश्चिम भेग भिमाद नगरको पश्चिम भेगमा असिना पानी पर्दा आंप लिचीको फल नष्ट हुनुका साथसाथै लहरेदार तरकारी र गोलभेंडामा क्षति पुर्याएको स्थानीय सम्बाददाता रामप्रसाद श्रेष्ठले जनाएका छन् । वर्षाले खेतमा लगाएको सुकिसकेका मकैवालीलाई राहत भएको छ ।
बैसाखको अन्तिम भैसक्दा बारीमा
मकै छर्न नपाएका किसानहरू भने असिना पानीले माटो भिजे पछि खुशी भएका छन् ।