पोखरा, आषाढ २४
किसानलाई सम्मानको बातावरण मिलाउन र उत्प्रेरित गर्नाका लागि राष्ट्रपति र मुख्यमन्त्रि कृषक पुरस्कारका चलनहरु रुपान्तरित हुँदै प्रादेशिक रुपमा उत्कृष्ट कृषक पुरस्कारका स्वरुपमा प्रदेशका किसानहरु पुरस्कृत भएका छन् ।
गण्डकी प्रदेशको पोखरामा हिजो आयोजित विशेष समारोहमा प्रादेशिक कृषि मन्त्रालयले किसानहरुलाई पुरस्कृत गरेको हो । प्रदेशका ११ जिल्लाका कृषि र पशु पंछी तथा मत्स्य उत्पादनका क्षेत्रमा क्रियाशिल किसानहरुबाट जिल्ला स्तरीय प्रतिष्पर्धाबाट १ जनाका दरले छानीएका किसान मध्येबाट १ जनालाई प्रदेश सर्वोत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ भने अरु चार जनालाई प्रदेश उत्कृष्ट कृषक पुरस्कारले सम्मान गरिएको छ । पुरस्कृत हुने किसानहरुमा गण्डकी प्रदेशका सर्वोत्कृष्ट कृषक पुरस्कारबाट शुक्ला गण्डकी नगरपालिका वडा नं १०, तनहुँमा युनिक मल्टी एग्रो प्रा.लि संचालन गर्दै आएका हरि बहादुर खड्काले ३० हजार नगद सहित सम्मान पाएका छन् ।
प्रदेशका अन्य चार जना किसानले २० हजार नगद सहित उत्कृष्ट कृषक पुरस्कार पाएका छन् । यो पुरस्कारकाट माछापुच्छ्रे गाउँपालिका वडा नं.९, सैँतिखोला, कास्कीमा आरोस अर्गानिक कृषि फर्म संचालन गर्दै आएका पदम बहादुर तामाङ, कावासोती नगरपालिका वडा नं.१५, नवलपुरमा पाण्डे मत्स्य फर्म संचालन गर्दै आएका निराजन पाण्डे, थासाङ गाउँपालिका वडा नं.१, टुकुचे, मुस्ताङमा आई पि एम एप्पल फर्म संचालन गर्दै आएका निरज तुलाचन, क्व्होलासोथार गाउँपालिका वडा नं.८, लमजुङमा अस्मिता एकिकृत फर्मसंचालन गर्दै आएकी केश कुमारी गुरुङ्ग पुरस्कृत भएका छन् ।
पुरस्कृत किसानहरुलाई प्रादेशिक कृषि सचिव डा.टंक प्रसाई र प्रदेश निती तथा योजना आयोगकी सदस्य माया तिम्सीनाले नगद र दोशल्ला तथा प्रमाण पत्रले सम्मान गरेका थिए । समारोहमा प्रादेशिक कृषि महानिर्देशक बासुदेव रेग्मी तथा पशूपंछी तथा मत्स्य महानिर्देशक प्रेरणा सेढाई भट्टराई, उद्योग बाणिज्य संघ कास्कीका कृषि समिति अध्यक्ष झलकलाल श्रेष्ठ, कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देल र पुरस्कृत किसानहरुले सम्बोधन गरेका थिए । यो पुरस्कारमा गण्डकी प्रदेशको गोरखा बाहेक अन्य सवै १० जिल्लाका ४ –४ जना कृषक स्थानीय स्तरमा पुरस्कृत भएका थिए । तीनै पुरस्कृत मध्ये उत्कृष्ट १ जनालाई प्रादेशिक प्रतियोगितामा सिफारिस गरिएको थियो ।
प्रदेश स्तरीय पुरस्कारका लागि जिल्लाबाट पठाईए बमोजिम तीनै १० जना कृषकको पुन मन्त्रालयबाट अनुगमन मूल्याङ्कन गरि सर्वोत्कृष्ट १ र उत्कृष्ट ४ कृषक छनौट गरि पुरस्कार बितरण गरिएको मनत्रालयका कृषि विकास महाशाखा प्रमुख भानुभक्त भट्टराइले जनाएका छन् । गण्डकीका विभिन्न १० जिल्लामा हरेक जिल्लाबाट ४ जना किसानहरु पहिलो चरणमा पुरस्कृत भएका र हरेकले रु १० हजारका दरमा पुस्सकार पाएको सम्बन्धीत जिल्ला कृषि ज्ञान केन्द्र तथा पशु विज्ञ केन्द्रले जनाएका छन् । यसरी पहिलो चरणमा पुरस्कार पाउनेमा कास्कीका अर्गानिक फार्मबाट पदमबहादुर तामाङ्ग, मौरी किसान कविता क्षेत्री, अलेची किसान सुरेन्द्रजंग क्षेत्री र इन्द्रप्रसाद शर्मा पोखरेल रहेका छन् ।