महेन्द्र जीसी/आरसी टाइम्स
पर्वत, आषाढ ६
अलैची पकेट क्षेत्रका किसानहरुले आधुनिक भट्टी निर्माण गरेपछि अलैचिमा गुणस्तरीता आउने बताएका छन । विगत पाँच वर्ष देखी अलैची खेती गरीरहेका पर्वत मोदी गाउँ पालिका एक भुकका किसानहरुले विगतमा सामान्य भट्टीमा भन्दा आधुनिक भट्टीमा सुकाईएको अलैचीले राम्रो बजार पाउने बताएका हुन ।
मुल्य अनुकुल भएको समयमा विक्रि वितरण गर्न मिल्ने बाँदर तथा अन्य जन्तुले पनि क्षती नपु¥याउने र बाँझो बारी पाखो बुट्यानमा पनि खेती गर्न सकिने भएपछि किसानहरुले खेती विस्तारमा चासो देखाएका हुन । गाउँमा खेती वारी बाँझिदै जान थालेपछि पछिल्ला वर्षहरुमा बैदेशिक रोजगारीमा रहेका तथा गाउँ छाडेर पोखरा तथा राजधानीमा पुगेका किसानहरु गाउँमा फर्कीएर अलैची खेतीमा लागेका हुन ।
अहिले कास्कीमा बासोबास गरीरहेका स्थानीयहरुले ताङले लौशिवोट कृषि सहकारी संस्था दर्ता गराएर मन बहादुर गुरुङ , गौसीता कृषि फर्मका कुल बहादुर गुरुङ , गिरीमान गुरुङ , बुद्धिमान गुरुङ लगायतले अचैची खेती गरीरहेका हुन । विगतमा माटोको भट्टीमा सुकाएर बजार पु¥याउने गरेका किसानहरुले अहिले आधुनिक भट्टी बनाएपछि उत्पादनमा गुणस्तर आउनुको साथै सुकाउँदा धुवा धुलो नहुने बताएका छन् । करीव डेड सय देखी दुई सय रोपनी क्षेत्रफलमा खेती गरीरहेका किसानहरुले अलैचीबाट वार्षिक १६ लाख देखी १८ लाख सम्म आम्दानी गर्दै आएका छन ।
औषधिय गुण हुने मसला बालीको रुपमा खेती गरीने अलैचिको गुणस्तर कायम राख्न कृषि ज्ञान केन्द्र पर्वत र किसानको लागत साझेदारीमा आधुनिक भट्टी निर्माण गरीएको हो । उच्च मुल्यमा निर्यात हुने वाली अन्तरगत पर्ने भएका कारण पनि बजारको समस्या नरहेको ज्ञान केन्द्र पर्वतले जनाएको छ ।
जिल्लाका विभिन्न वडामा गरी ६० हेक्टर क्षेत्रफलमा लागाईको अलैचीको उत्पादन पर्वतमा १७ टन रहेको कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख मनीता थापाले जनाएकी छन् । पर्वतमा , भुक, ताङले, क्याङ , वनौ लगायतका धेरै अलैची खेती भएका स्थानहरुमा भट्टी निर्माणमा कृषि ज्ञान केन्द्र पर्वतले सहयोग गरेको जनाएको छ ।
छिटफुट रुपमा जिल्लाका सवै पालिकाहरुमा खेती भएको भएपनि व्यवसायीक रुपमा खेती भने मोदी गाउँ पालिकामा भएको छ । लगाएको तीन वर्ष देखी लगातार पाँचदेखि दश वर्ष सम्म राम्रो गोडमेल भएमा उत्पादन लिन सकिने खेती भएका कारण पनि किसानहरुले बाँझीएको जमीनमा खेती विस्तार गरेका हुन । वन वुट्यानमा पाखो चिस्यायनयूक्त क्षेत्रमा लगाइने अलैचि पर्वतमा राम साही गोल साही प्रजातीको खेती गरीएको छ । अलैचीको साउन देखी मंसीर सम्म फल टिप्ने गरिन्छ ।