आरसी टाइम्स व्युरो
पोखरा, जेष्ठ ८
कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक क्षेत्रमा रहेका किसानहरुले खर्क गोठमा पालेका केही पशुबस्तुमा खोरेत रोगसँग मिल्दोजुल्दो लक्षण देखिएका कारण भेडीगोठमा आकस्मीक खोप सेवा संचालन गरिएको गाउँपालिका पशुसेवा शाखाले जनाएको छ ।
खोरेत रोगसँग मिल्दोजुल्दो लक्षण देखिएका र अन्य पशुबस्तुलाई रोग सर्ने जोखिमबाट बचाउन बिशेषगरि वडा न १० र ११ मा रहेका घुम्ती भेडागोठमा अन्नपूर्ण गाउँपालिका पशुसेवा शाखा बाट रिङ भ्याक्सिन गरि आकस्मिक खोप सेवा सन्चालन गरिएको पालिकाका पशुसेवा शाखा प्रमुख ऋषिराम दाहालले व्युरोलाई जनाएका छन् । पशुसेवा विज्ञ केन्द्र कासकीको पूण खोप अभियानको खोप सहयोग र पालिकाका प्राविधिक जनशक्ति परिचालन गरि हालसम्म ५ सय गाइ—भैसी र २५ सय भेडा—बाख्रामा खोप लगाइएको दाहालले जनाएका छन् ।