आरसी टाइम्स, बैशाख १७
मौसमी रुपमा गमी बढन थालेपछि भेडाबाख्रापालनमा परजीवीहरुको प्रकोप बढने पुरानो अनुभवमा आधारित भएर कास्कीको अन्नपूर्ण गाउँपालिका पशुसेवा शाखाले भेडीगोठहरुमा घुम्ती सिविर संचालन गर्दै आन्तरिक तथा बाह्य परजीवी नियन्त्रणको थालनी गरेको छ ।
पालिकाका पशप्राविधिकहरुले अन्नपुर्णका लेकाली गोठ हुने लान्द्रुङ्ग, घान्द्रुङ्ग, छोमरोङ्ग क्षेत्रका भेडीगोठहरु र उनका चरन क्षेत्रका घुम्तीगोठमा समेत पुगेर बाह्य परजीवी नियन्त्रणका लागि आइभरमेक्टिन सुइ लगाएका छन् । उक्त सुइ लगाँदा प्रति ५० किलोको भेडाका लागि १ मिलिग्रामका दरमा सुइ लगाइएको पशुसाखा प्रमुख ऋषिराम दाहालले जनाएका छन् ।
यसैगरि प्रवधिकहरुले आन्तरिक परजीवी नियन्त्रणका लागि एलभेण्डाजोल चक्की खुवाउने गरेको दाहालले जनाएका छन् ।
गर्मीको मौसम बढेसँगै घुम्तीचरण गोठहरुमा ज्रम्रा, किर्ना ,जुका जस्ता परजीवी प्रकोपबाट भेडा बाखालाई हैरानी पार्ने भएकाले त्यसको नियन्त्रणका लागि वर्षेनी यस्ता घुम्ती सिविर संचालन हुँदै आएको बताइएको छ । गत हप्ताका चार दिनमा पाँच जनाको प्राविधिक समूहले करिव ७ हजार जतीभेडा बाख्रालाई सेवा दिएको टोली प्रमुख ऋषिराम दाहालले जनाएका छन् ।
टोलीमा दाहाल सँगै लिलाधर अधिकारी, बल बहादुर राना, गोविन्द कुवर र स्वयंसेवक अस्मीता अधिकारी सहभागी रहेका थिए । प्राविधिक समूहले स्थानीय किसानहरुलाई व्यवसायिक भेडाबाख्रा पालन तालिम पनि उपलब्ध गराएको छ । यहि बैसाखको ९ देखि ११ गतेसम्म विरेठाटीमा चलेको तालिममा ३५ जना किसान सहभागी भएका थिए ।
पशु पालनका लागि टेवा पुर्याउन हरियो घाँस विस्तार कार्यक्रम पनि संचालन गरेको र ८७ जना किसानले ५०५ रोपनी जमिनमा घास रोप्ने प्रतिबद्धता जनाएको पालिका श्रोतले बताएको छ । किसानहरुलाई प्रति रोपनी १ हजार ५ सयका दरमा ७ लाख ५७ हजार ५ सय वितरणको तयारी भएको पालिकाले जनाएको छ ।
छ ।