आरसी टाइम्स व्युरो
पोखरा, चैत्र २७
अन्यत्र प्राय वर्षायाममा धान खेति गर्ने चलन छ र धानलाई उच्च गर्मी र उच्च सिंचाइको खाँचो पर्ने मानिन्छ ।तर पोखरा
आसपासमा विगत ५० वर्षदेखि चैत्र महिनामा धान रोपाइ गर्ने र असारमा धान थन्क्याउने चलन सक्रिय हुँदै आएको छ । यति नै बेला पाखो वारीमा घैया धान छर्ने पनि गरिन्छ । मकै बारीमा मकैसँगै र वेग्लै घैयाधान खेति गर्ने चलनहरु हराउँदै गएको भएपनि रोपेको ९० दिनमा तयार हुने चैते धान रोप्नका लागि सिमसार क्षेत्रका किसानहरु उत्साहित हुँदै आएका छन् ।सिंचाइको पहुँच भएका सिम र ढाब खेतमा चैते धान रोप्ने र असारमा थक्याउने तथा चिउरा उच्पादनमा आकर्षक मानिने भएकाले किसानहरु आफै बा भाडामा लगाएर भएपनि चैते धान उत्पादनमा रमाउने गरेका छन् ।
मोटा चामलका रपमा पहिचान बनाएको यो धानले न्युन आय भएका किसान परिवारमा मंसिरको उत्पादन सकिएर वर्षा याममा साहुँको गुहार लगाउनु पर्ने आर्थिक अवस्थालाई न्युन गर्दै आफ्नै बारमिा २ वाली धान लिन पाइने भएकाले बैकल्पिक राहतको काम गर्ने किसानहरुले बताउने गर्दछन् ।
किसानको यो उत्साहलाई सम्बोधन गर्दै पोखरा महानगरको कृषि विकास महाशाखाले किसानलाई चैते धानको खेतिका लागि विउँ तथा प्रविधि अनुादन र प्रोत्साहन दिने गरेको छ । स्थानीय सरकारले कृषि योग्य जमिनको खाली नराख्ने अभियानलाई टेवा पुगोस भनेर मुख्य खाध्यान्न बाली लधानको चैते र वर्षे दुवै भेराइटीलाई सुधारीएको विउ र शुद्ध विउ उत्पादनमा समेत प्रोत्साहन गर्दै आएको छ ।स्थलगत पकेट र क्लस्टर मोडलमा खेति प्रोत्साहन गर्ने ध्येयले पोखरा महनगरपालिका बाट वार्ड २६ र २७ मा क्लस्टरको रूपमा चैते धानलाइ छनौट गरिएको छ, बीउमा ५० प्रतिशत सहयोग र रोपेको ४५ दिनपछी प्रती रोपनी रु ९०० का दरले नगद प्रोत्साहन गरिने जनाएको छ ।