जलवायु परिवर्तनका कारण वातावरणीय क्षेत्रमा आएका परिवर्तनले वनस्पति, माटो, पानीे र जीवका बीचको सन्तुलनमा गडबडी आउन थालेको अनुसन्धान कर्ताहरुले बताएका छन् । जलवायु परिवर्तनका कारण कृषि उत्पादनका प्राकृतिक चक्रमा फेरबदल आएकाले खाद्यन्नको उत्पादन प्रवृत्तिमा असन्तुलन आउन थालेको शोधकर्ताहरुले औल्याएका छन् ।
हालै पोखरामा आयोजना गरिएको एक समिक्षामा विश्व खाद्य कार्यक्रमका तर्फबाट बेलायती मौसम विज्ञान विभाग, नेपालको योजना आयोग समेतका विज्ञहरुको सहभागीतामा भएको सातै प्रदेशको जलवायु परिवर्तन सम्बन्धी अध्ययनका नतिजाहरुमाथी पृष्ठपोषण सम्बादमा यसबारेमा चर्चा भए । सम्बादमा प्रदेश नीति तथा योजना आयोग गण्डकीका सदस्य सुवास अधिकारीले जलवायु परिवर्तनका सबाल प्राकृतिक वातावरणीय सबाल मात्र नभएर सामाजिक सबाल पनि रहेको र मानवीय व्यवहारका कारण प्रकृतिमा असन्तुलन तथा जलबायु परिवर्तनका अनेक लक्षण देखिएको अधिकारीले बताए ।
यसैगरि विश्व खाद्य कार्यक्रमका तर्फबाट मान क्षेत्रीले जीवीकोपार्जनका साधनहरुले जलवायु परिवर्तनलाई कस्तो असर पार्यो भन्ने सबालमा जोखिम र प्रभाव नक्शांकन देखाए । जलबायु परिवर्तनको यो दरले आगामी ३० वर्षमा कस्तो प्रभाव पार्नेछ भन्ने सबालमा निराशावादी आँकलन भएको प्रति सहभागीहरुले प्रश्न उठाए । कोरोना कहरका बेला स्थानीय प्रतिनीधिहरको सहभागीतामा लिइएको तथ्यांकका आधारमा गरिएको जोखिम नक्सांकनका बारेमा सहभागीहरुले प्रश्न उठाए ।
खासगरी म्याग्दी, मुस्ताङ्ग र गोर्खाका तथ्यांकहरु विश्वसनिय हुन नसकेको भन्दै प्राथामिक सूचनासँग तुलनात्मक तालमेल गर्नका लागि सहभागीहरुले सुझाए । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष रघुराज काफ्लेले समिक्षामा उत्पादनमा आधारित असरका बारेमा अध्ययन केन्द्रित हुनु पर्नेमा उपयोगमा आधारित तथ्यामा अध्यन बहकीएको हुँदा तथ्यहरुमा प्रश्न उठेको बताउँदै आगामी समिक्षा चरणमा सुधार आउने अपेक्षा रहेको बताए ।