आरसी टाइम्स व्युरो
पोखरा, मंसीर ११,
विश्व मत्स्य दिवसका अवसरमा जलिय जैविक विविधताको संरक्षण गरी समुदायको रोजगारी सुनिश्चित गर्ने अभियानमा सहजिकरण गर्न गण्डकी प्रदेशको मत्स्य विकास केन्द्रले तालमा माछाको भुरा छोड्ने कार्य गरेको छ ।
मत्स्य विकास केन्द्र, मिर्मी स्याङ्जाले पोखरा फेवा तालमा १२ हजार माछाका भुरा प्रवाह गरेका छन् । तालमा ६० ग्राम भन्दा माथिका भुरा छोडिएको मत्स्यविकास केन्द्रका प्रमुख रविन्सन अधिकारीले जनाएका छन् । गण्डकी प्रदेशका कृषि सचिव सहदेव प्रसाद हुमागाईको अगुवाइमा फेवा फाटको पामेमा माछाका भुरा प्रवाह गरिएको छ ।
सन १९९७ मा भारतको नयाँ दिल्लीमा १८ देशका प्राविधिकहरूको बैठक मार्फत प्राकृतिक जलाशय र यस्ता जलाशयको माछा तथा जलचर संरक्षण गर्ने उद्देश्यका साथ एक मत्स्य फोरमको स्थापना भएको र विश्व मत्स्य दिवस मनाउने प्रचलन सुरु जनाइएको छ ।
विश्वव्यापि रुपमा वातावरण र जैविक विविधताको संरक्षण गर्दे दिगो रुपमा मत्स्य क्रियाकलापलाई प्राथामिकतामा राखि हरेक वर्ष नोभेम्वर २१ मा विश्व मत्स्य दिवस मनाउने गरिएको छ । जलिय जैविक विविधता संरक्षणमा गरिएको लगानीले नदि, ताल तलाउमा आश्रित समुदायलाई संरक्षणका साथै विभिन्न जलिय जीव संरक्षण तथा प्रवर्धन गर्ने क्रियाकलापहरु संचालन गर्दै आएको प्रादेशिक मत्स्य विकास केन्द्र, मिर्र्मीले जनाएको छ ।