महेन्द्र जिसी, पर्वत, १७ वैशाख
घरवरपरका झाडी र रुखहरु काटेपछि बाँदर आतंक कम भएको पर्वत विहादीका किसानहरुले दाबी गरेका छन् ।
हिँउदे वाली थन्काउने मुस्कीले हुने यसक्षेत्रमा गाउँ कार्यपालिकाको निर्णय पछि वडाको पहलमा झाडी सरसफाई अभियानले किसानलाई राहत पुगेको हो । वकाँकी ठाँटीका विभिन्न वस्ती वरपरका बाँस खिरो तथा अन्य कु काठ जन्य रुखहरु हटाइएपछि अहीले किसानहरुले विगतको भन्दा बाँदरको समस्या घटेको बताएका हुन । स्थानीय किसान कमल भुसालले बाँदर नियन्त्रणका वडाको निर्णयले भएको पहलकदमीले बाँदर हैरानी घटेको बताए ।
बादरले हिउँदे वाली गहुँ तोरी , जौ , आलु फापर लगायत तरकारी खेतीमा धेरै क्षती पु¥याउने गरकोमा अहीले भईरहेको झाडी फाँडानीले केही घटेको जन प्रतिनिधिहरुले बताएका छन । वडाले स्थानीय किसानको गुनासो संकलन गरेर स्थानीय टोल सुधार समीती आम समुह युवा कल्व परिचालन गरेर बाँदर नियन्त्रणको लागि गाउँ टोल र वस्ती आसपासका रुखहरु जन प्रतिनिधिहरुको रोहवरमा काटने काम गरैको हो । वडा अध्यक्ष विष्ण भुसालले वडाबासीको गुनासो र स्थानीयको राय सल्लाहमा वस्ती वरपर झाडी सफा गरेर बाँदर दुम्सी मृग तथा अन्य वन्य जन्तुको भय कम गराएको बताए ।
बाँस बस्ने रुखहरु नभएपनि बाँदर फाँटमा आएपनि मानीसले भगाउँदा जाने गरेका कारण वालीनालीमा कम क्षती भएको स्थानीय किसानहरुले बताएका हुन । विहादी गाउँ पालिकाका अन्त्रगत पहीले चरणमा वडा न ४ का लामाखर्क, उपल्लाघर, बास्कोट, डाँडाघर , नयाघर, गहते , लाम्पाटा , गहते , भुसालचोक वनपाले लगायतका वस्तीहरुको झाडी सरसफाई गरीएका गाउँ पालिकाले जनाएको छ ।