कृषि र पशुपालन गर्दै आएका किसानहरुले हिउँदैयामका लागि पशुआहारामा काम लाग्ने डालेघाँसहरुको खेति गर्ने चलन मध्येपहाडी क्षेत्रमा निरन्तर छ । यस्ता डालेघासहरुमा खनीया, पाखुरी र बडहर बढी रोजाइमा पर्ने गर्दछन् । दुधालु पशुधनका लागि बडहरको घाँस बढी मुल्यवान मानिन्छ । यसैले गर्दा आफ्नो जमिनका कान्ला र छेउ तथा सार्वजजिनीक जमिनमा पनि डालेघाँस हुर्काउने र पशुआहाराको सुरक्षण गर्ने किसानी जुक्तिहरु धान खेतमा पनि मल र सिंचाइको सुविधामा बडहर हुर्काउने अभ्यासमा बदलीएको छ । बडहरका पातसँगै पराल र सुकेका घाँस मिसाएर खुवाउने चलन पनि छ । किसान समुदायमा बडहरलाई नगदी घाँसका रुपमा चिनिन्छ ।