आरसी टाइम्स व्युरो
पोखरा,जेष्ठ ३०
कृषी आधुनिकीकरण परियोजनाका रुपमा किसान समुदायका नेतृत्वमा कृषि परियोजना व्यवस्थापनमा सहजिकरण गर्ने तौरतरिकाकालागि सुपर जोन सन्चालन समन्वय समिति कास्कीको तेस्रो साधारण सभाले नयाँ अवधीका लागि नेतृत्व चयन गरेको छ ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनले पूर्व अध्यक्ष कृष्ण प्रसाद तिवारीकै संयोजकत्वमा ९ सदस्यीय कार्य समिति चयन गरिएको छ ।
समितिका अन्य सदस्य किसानहरुमा चित्रादेवी भट्टराई,बलराम तिमल्सिना, इन्दिरा आचार्य, लालप्रसाद पौडेल, इश्वरी प्रसाद लामिछाने, भगवती बजगाई, चन्द्रकान्त तिवारी र चन्द्र प्रसाद पौडेल रहेका छन् ।
परियोजनाको क्षेत्रलाई ९ क्लस्टरमा वर्गीकरण गरि किसान प्रतिनिधि चयन गरिएको र महिलाको सहभागतिा ३३ प्रतिशत निश्चित गरिएको अध्यक्ष तिवारीले जनाएका छन् ।
हाल परियोजनाको कमाण्ड क्षेत्रमा ११०६ हेक्टर भन्दा बढीमा तरकारी खेति हुने गरेको र ८८ वटा कृषक समूह तथा १९ वटा कृषि सहकारी, १९१ वटा कृषि उद्यमी एवं ४९८ जना व्यवसायिक कृषक लाभग्राहीका रुपमा रहेको बताइएको छ ।
साधारण सभामा कृषि सरोकारका लाइन एजेन्सी प्रमुखहरु, कृषक समुह महासंघमा प्रतिनिधि, कृषि गैससका प्रतिनिधिहरुले पनि सम्बोधन गरेका थिए ।