महेन्द्र जीसी/आरसी टाइम्स
पर्वत, पौष २५
पर्वतमा आलु प्रबर्धन कार्यक्रमले आलु खेती क्षेत्रफल बृद्धि सँगै सामूहिक खेती पं्चलन फस्टाएको छ । फलेवास नगर पालिका मार्फत तालिम तथा प्राविधिक सहयोग र ज्ञान केन्द्र पर्वतको सहयोगमा पर्वतको फलेवासमा सामूहिक आलु खेती सुरु गरीएको हो । नमुना कृषि सहकारी संस्था चौविस कुरीयाका किसानहरुले सामूहिक आलु खेती गरीरहेका छन् ।
किसानहरुले प्रति व्यक्ति खेती गर्दा विक्रि वितरणमा सहस्या हुने तथा रोग किराको निवारणमा पनि आँँफुहरु एक्लै पर्ने तथा उपचारमा समस्या हुने गरेका कारण सामूहिक खेतीमा लागेको बताएका छन । सहकारीमा आबद्ध १२ जना किसानले तीस रोपनीमा आलु खेती गरीरहेको किसान नमुना कृषि सहकारी संस्थाका अर्जुन श्रेष्ठ, सन्तोस श्रेष्ठ र ववीता श्रेष्ठले बताएका छन् ।
फलेवास नगर पालिका ६ मा रहेको सहकारीले आलुको श्रोत विउको समेत उत्पादन गर्न सामूहिक खेती शुरु गरेको हो । विगतमा जेठो बुढो धानको मुल वीउ उत्पादन र विक्री गरेको सहकारीले हिउँदे खेती अन्तरगत आलु लगाएको जनाएको छ । सहकारीका अध्यक्ष रमेश शर्मा चापागाईले उत्पादन भएको आलु स्थानीय बजारमा विक्री गरेर मात्रै अन्य बजारमा पु¥याउने बताए ।
कृषि ज्ञान केन्द्र पर्वतको आलु प्रबद्र्धन कार्यक्रम अन्तरगत सहकारी मार्फत सामूहिक आलु खेती गरीएको हो । कार्यक्रम सञ्चालन गर्न कम्तीमा तीस रोपनीमा कृषि निर्देशीका अनुसार आलु खेती गर्नु पर्ने मापदण्ड अनुसार सम्झौता भई किसानहरुले खेती गरीरहेका हुन । फलेवास नगर पालिकाले आलु किसानहरुलाई तालिम प्रदान गरेको छ । नगर उप प्रमुख शोभा क्षेत्रीले नगर पालिकाका ४ वडामा आलु पकेट क्षेत्र निर्धारण गरेर सामूहिकआलु खेती भईरहेको बताईन ।
चालु वर्षमा पर्वतमा कार्यक्रम मार्फत करीव तीन सय रोपनी क्षेत्रफलमा आलु खेती भईरहेको जनाइएको छ । ज्ञान केन्द्र पर्वतले जिल्लाका दश वटा सहकारी मार्फत आलु प्रबद्र्धन कार्यक्रम सञ्चाल भइरहेको जनाएको छ । प्रति समुह सहकारीलाई एक लाख पचास हजार अनुदानमा आलु खेती विस्तार र उत्पादन बढाउन कार्यक्रम सञ्चालन गरीएको जनाइएको छ । ज्ञान केन्द्र प्रमुख मनीता थापाले कार्यक्रमले किसानहरुमा आलु खेती प्रतिस्पर्धात्मक रुपमा सक्रियता भईरहेको बताईन ।
पर्वतमा एम एस ४२ , जनक देव, पिबिएस , र स्थानीय रैथाने पालुङ जातको आलु खेती हुँदै आएको छ । कार्यक्रमले जिल्लामा सामूहिकखेती तथा चक्लाबन्दी खेती विस्तार सँगै उत्पादनमा बढाउनमा सघाउ पुगेको दावी गरिएको छ ।