कुलराज चालिसे ,
रामायण सीतारामको लीलाकथा निश्चय पनि हो । तर त्यो लीलाकथाको वातावरण बनाउने सूर्यवंशका कुलगुरु वसिष्ठ, राजाबाट ऋषि बन्नुभएका श्रीरामका दिक्षागुरु विश्वामित्र र त्रिकालदर्शी ऋषि वाल्मिकीको भूमिका विश्लेषण नगर्ने हो भने लीलाकथाको सन्देश बुभ्mन सकिदैन । दिगो कृषि वहसको सन्दर्भमा गुरुहरुको चर्चा किन हुँदैछ भनेर प्रश्न उठन सक्छ ।
तर गुरुकुलको शिक्षा पश्चात तीर्थयात्राबाट फर्कीएका श्रीरामको वैरागी स्वभावलाई ऋषि विश्वामित्रको सत्प्रयासले श्रीरामलाई प्रवृत्ति मार्गमा चल्न प्रेरीत गर्ने योगवासिष्ठको सन्देशले अतिवाहिक र आधिभौतिक शरीरको अन्तरसम्बन्ध बनाई राख्नको निमित्त शुद्धअन्न व्यवस्थापनको दिगो सुत्र संकेत गरेको हुँदा प्रसंगवस् याहाँ चर्चा गर्ने प्रयास गरीएको छ । एउटै लेखबाटबाट यो तर्क सिद्ध गर्न सकिदैन । तर सीतायन वहसको क्रममा हामीले आनन्दरामायण र अदभूतरामायणको पंक्तिहरु संगालेर धेरै चर्चा गरीसकेका छौ । तिनलाई फेरी दोहोर्याउन आवस्यक छैनं । विगतमा प्रकाशित ति वहसहरुलाई शुक्ष्म मनन गरेमा यो लेख पनि सीतायन वहस अन्तरगत नै भएको अर्थ लाग्छ । तिनिहरुसंग समायोजन गरेर यो लेख पढदा यस्तो अन्तरसम्बन्ध बुभ्mन सकिन्छ । पाठकहरुलाई आरसी टाईम्सको डिजिटल पोर्टलमा गएर तिनलाई पछ्याउन अनुरोध छ ।
कृषिको कुरा गर्दा जेजती व्याख्या गरे पनि सूर्यको किरण र ताजा पानीलाई जैविक थुप्रोमा परिणत गर्ने नै हो । त्यसरी उत्पादन भएको जैविक थुप्रोलाई उपभोग्य स्वरुपमा रुपान्तरण गर्ने, खोल हाल्ने र वितरण गर्ने कार्य त जैविक थुप्रोको बजारीकरण जुक्ति मात्र हो । जैविक थुप्रोको उत्पादन भएन भने बजारीकरण जस्तो पूरक सेवाको कुनै अर्थ रहदैन । मनसुनको प्रवृत्ति, उत्तरी गोलार्धमा दक्षिण पानी ढलो बनेको भूगोल, भूगोलको शिरमा मनसुनको पानी हिउँदको निमित्त संचय गरेर राख्ने क्षीरसागर नामको प्राकृतिक सुविधा हामी संग छ । तिनै विशेषताहरुको कारणले दक्षिणको मैदानमा भन्दा सस्तो लागतमा वर्षैभरी अन्न उत्पादन गर्ने सम्भावना हामीसंग छ । उत्पादित कृषि उत्पादन उच्च मूल्यमा बेच्न दक्षिणको बजार खुल्ला छ । त्यसमाथी दक्षिणका जनता पर्यटक बनेर नेपाल पस्ने क्रम दिन प्रतिदिन बढदै छ । मुक्तिनाथ र पशुपतीनाथको दर्शन गर्न आएका तीर्थालुलाई पाँच पाँच किलोको दरले गुणस्तरीय चरु, अक्षता वा समिदा थमाएर पठाउन सकियो भने पनि हाम्रो उत्पादनलाई निर्यात प्रकृया पूरा गरेर थोकमा बेच्न पर्दैन । कृषि उत्पादन संग वसिष्ठ, विश्वामित्र र वाल्मिकी ऋषिहरुको प्रसंग त्यसैले जोडन खोजेको हो । सीतायन वहसको मूल उद्देश्य हिमवतखण्डको भूगोल समग्रलाई ब्राण्डमा स्थापित गर्ने हो । भूगोल ब्राण्डको व्यावशायीकलाभ लक्षित वर्गसम्म विस्तार गर्ने लक्ष त ब्राण्ड स्थापित भए पछि मात्र गर्ने हो । बजार विस्तार नहुँदै उत्पादन तथा स्वरुप रुपान्तरणमा लगानी गर्दा मध्यमवर्ग पनि विपन्नवर्गमा परिणत हुन समय लाग्दैन । वैंकहरु मोटाएर राज्यलाई कर तिर्दैमा राज्य सम्वृद्ध हुँदैन । देश सम्वृद्ध हुन विपन्न वर्गका जनता मध्यम वर्गमा उक्लिनै पर्छ । त्यसको निमित्त स्वदेशी उत्पादन विदेशी उपभोक्ताको घरघरमा पुग्नै पर्छ । नत्र त वैंक तथा व्यापारीक घरानालाई जनता चुसेर सरकारलाई कर बुझाउने दलालको आरोप लाग्छ । अहिले हाम्रो अर्थतन्त्र त्यस्तै दलालहरुले चलायमान बनाएका छन् । विप्रेषणबाट आएको स्रोतलाई उपभोग्य सामाग्रीमा खर्च गराउन प्रेरित गर्ने अर्थतन्त्रलाई दलाल अर्थतन्त्रकै संज्ञा दिन सकिन्छ । सुन्दा अप्रीय लागे पनि हामी दलाल भएका छौ । त्यो पनि आप्mनालाई शोषण गरेर अर्कालाई पोस्ने दलाल । शिक्षाप्रणालीबाट ऋषि वचन हटाउने वहादुरी देखाएका हामीले आप्mनो उत्पादनको पहिचान नगरी भिख मागेर खान उदार अर्थतन्त्रमा प्रवेश गर्याै । त्यतिले नपुगेर गणतन्त्र, धर्मनीरपेक्षता, संघीयता र समावेसीतालाई महान उपलब्धी भनेर खेतवारीमा रमाएका जनतालाई भुरेटाकुरे राजा बनाएकाछौ । त्यस्को मूलकारणमा २०२८ सालमा लागु गरेको शिक्षा प्रणालीमा परिवर्तन थियो । त्यसले देशलाई त सकेकोे थियो नै, जस्ले त्यो प्रणाली परिवर्तन गरेका थिए तिनलाई पनि सक्यो । तैपनि संघीयता र समावेसीतालाई उत्पादक बनाउने सम्भावना थियो । स्थानीय सरकार बनाउने अभ्यास गरेको छ वर्ष हुँदापनि त्यस्को पनि सदुपयोग गर्न सकेका छैनौ ।
हुन त समग्र नेपालको राज्यसंस्कृतिमा विकृति संक्रमित भएको छ । यो संक्रमणको शुद्धिकरण सजिलै हुँदैन । यस्को वीजारोपण राजामहाराजाहरुले गरेका थिए । पृथ्वीनारायण शाहले बसाएको थिती उनैका वंशले भत्काएका थिए । त्यस्को प्रतिफल देश गणतन्त्रमा प्रवेश गरेर सास्कृतिक पहिचान समेत धर्मराएको छ । एकैपटकमा समग्र नेपालबाट यो रोगको निवारण हुन कठिन छ । त्यसमाथी जातवर्णको संकुचित विभाजन उहिल्यै देखि जह्रा गाडेको छ । अगाडी बढेको समय पछाडी फर्किदैन । अठ्ठाईससाललाई फेरी खोजेर हुँदैन । इतिहाँस परिवर्तन हुँदैन, त्यसबाट शिक्षा लिएर भविष्य परिवर्तन गर्ने विकल्प मात्र हामीसंग रहन्छ । संघीयता र समावेसीतालाई सदुपयोग गरेर त्यस्तो परिवर्तन परिक्षण गर्न सकिन्छ । हामी पून दोहोर्याउन चाहन्छौ, हाम्रो भूगोल र सस्कृतिलाई विश्व व्यापारको मूलधारमा पूनस्थापित गर्न सकिन्छ भनेर ठोकुवा लगाएका छैनौ । हामीले परिवर्तनको रणनीतिलाई परिक्षण अभ्यास गर्ने भनेका छौ । यस्को प्रारम्भ गण्डकी प्रस्रवणबाट गर्न सकिन्छ । अठारै पुराणमा दिव्य व्याख्या गरीएका शालिग्रामशिलालाई ब्राण्ड राजदुत बनाएर त्यसको प्रारम्भ गर्न सकिन्छ । शालिग्रामकै आधारमा श्रीकृष्णागण्डकी प्रस्रवणलाई चरु, अक्षता तथा समिदा उत्पादनको निमित्त ब्राण्ड स्थापित गर्ने सम्भावना रहन्छ । विश्वका हिन्दुहरु त्यसको उपभोक्ता हुन सक्छन् । त्यस्को निमित्त वसिष्ठ र विश्वामित्र ऋषिहरुको सिद्धान्त समाएर गुरुकुलको पूनस्थापना गरी ऋषिकृषि पद्धत्तिलाई परिक्षण गर्न सकिन्छ ।
शास्त्रमा उल्लेखित विश्वनाथ र अन्नपूर्णदेवीको प्रतक्ष दर्शन गण्डकी प्रस्रवणको म्याग्दी स्थित अन्नपूर्ण गाउँ पालिकाबाट गर्न सकिन्छ । पञ्चकैलाश मध्यको एक धवलकैलाशलाई धवलेश्वर श्रीमहादेवको रुपमा पूजिन्छ भने अन्नपूर्णलाई साक्षात आदिशक्ति महाकालीको रुपमा पूजिन्छ । जगतरक्षाको निमित्त विश्वनाथ श्रीमहादेवले भगवती अन्नपूर्णसंग भिक्षा माग्नु भएको प्रसंग दिगो कृषिको निमित्त महत्त्वपूर्ण सन्देश मानिन्छ । म्याग्दीको दाना स्थित शिवालयमा बहादुर शाहकाल देखि नै मुक्तिनाथ र दामोदरकुण्ड जाने तीर्थयात्रीलाई लक्ष गरेर अन्नक्षेत्र चलेको थियो । भौगोलिक लक्षण हेर्दा यो क्षेत्र गृत्समद ऋषिको तपोक्षेत्र जस्तै देखिन्छ । यसलाई वेदवतीदेवीको यज्ञकुण्डको रुपमा पनि व्याख्या गर्न सकिन्छ । रामायणलीलाको जग तिनै महानआत्मासंग गासीएको छ । काशीको विश्वनाथ र अन्नपूर्णको सन्देशसंग समायोजन गरेर म्याग्दीको अन्नपूर्ण माहात्म्य लेखेर प्रसार गर्ने हो भने भारतीय धर्मभिरुलाई आकर्षण गर्न धेरै प्रयास गर्नु पर्दैन ।
भारतको अयोध्यामा निर्माणाधिन राम मन्दिरमा श्रीरामको मूर्ति बनाउने वहानामा यसै क्षेत्रबाट दुईथान शिला पुगेका छन् । राजर्षि भरतको तपोभूमिबाट गएको उक्त शिलाहरुले जडभरतको आत्मज्ञानको सन्देश पनि लिएर गएकाछन् । अखण्ड भारतवर्षको गौरव गर्ने भारतीय सांसदहरुलाई राजर्षि भरतले उनको निवृत्त जीवनमा रोजेको क्षेत्रको स्मरण गर्न ति शिलाहरुले प्रेरित गर्नेछन् । हाम्रो सौभाग्यले ति शिलाहरु मूर्तिमा परिणत हुनबाट बँचेकाछन् । तिनले आप्mनो मौलिक स्वरुपमा देवशिलाको सन्देश सम्प्रेषण गर्न पाउने भएकाछन् । भारतीय जनताले तिनलाई श्रीरामको विग्रह जत्तिकै सम्मान गर्नेछन् । ति शिलाहरुले मौनभाषामा धवलकैलाश र कृष्णागण्डकी प्रस्रवणको सन्देश विस्तार गर्नेछन् । अव हामीले ति शिलाहरु मार्फत जडभरतको सन्देश भारतवर्षमा विस्तार गर्ने रणनीति अवलम्वन गर्नु पर्छ । राजर्षि भरत र जडभरतको आध्यात्मिक भिन्नता प्रदर्शन गर्न ति शिलाहरु सहायक हुन्छन् । हाम्रो भूगोलको महत्त्व तिनैले स्थापित गर्नेछन् ।
श्रीरामको लीलाकथाको सार बुभ्mन ऋषि वसिष्ठले मार्गनिर्देश गर्नुभएको उपदेशले मात्र पूर्ण हुदैन । रामायण बुभ्mन ऋषि विश्वामित्रले श्रीरामलाई दिनुभएको दिक्षामन्त्रलाई पनि प्राथमिकताकासाथ मनन गर्नुपर्छ । वसिष्ठले दिनुभएको निवृत्त मार्गमा विश्वामित्रको प्रवृत्त मार्गले रामायणलाई पूर्णता दिएको हुनाले ब्राह्मणकुलमा जन्म भएर पनि काल र अन्नदोषको कारणले दानव कहलीएको रावणको भार हरण गर्न श्रीराम सफल हुनु भएको थियो ।
विश्वका हिन्दुहरुलाई भारतले राम मन्दिर दिन्छ, हामीले त्यसै परिसरबाट रामायणको गुढ रहष्य सम्प्रेषण गरेर धवलकैलाशलाई हिन्दुसंस्कृतिको उचाईमा स्थापित गर्नु पर्छ । अव हामीले ति शिलाहरुको दैनिक जलाभिषेक कृष्णागण्डकीको पवित्रजलबाट गर्ने र देवशिलालाई दैनिक भोग यसै क्षेत्रको सीताबाट गर्ने परम्पराको थालनी गर्नु पर्छ । यसले म्याग्दीको उत्पादनको माग भारतीय बजारमा बढन जाने छ ।