महेन्द्र जीसी /आरसी टाइम्स
पर्वत, असोज ३१
नियमित खायन अन्न उत्पादनबाट भन्दा विउ उत्पादनबाट उच्च बजार मुल्य आर्जन गर्न सकिने भएकाले पर्वतका किसानहरु बीज उत्पादन तर्फ आकर्षित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना ब्यवस्थापन इकाई ललितपुरको टोलीले पर्वत फलेवास ६ देविस्थानमा लगाएको वीउ धानको अनुगमन पनि गरेको छ । फलेवास ६ देबिस्थानमा मा रहेको नमुना कृषि सहकारी संस्था मार्फत लगाईएको पोख्रेली जेठोबुढो धानको बीउ उत्पादन क्षेत्रका रुपमा प्रयास थालीएको छ । खायन भन्दा मुल वीउ उत्पादनमा मुनाफा बढी हुने भएपनि किसानहरुले वीउ उत्पादनका लागि दुई सय पचास रोपनी क्षेत्रफलमा जेठो बुढो धानको खेति गरेका थिए । टोलीले गत हप्ताको वर्षादले धानको कुनै क्षती नपुगेको निष्कर्ष निकालेको छ । ईकाई कार्यलय वाग्लुङ निमित्त प्रमुख सुजित शर्माले वीज वृद्धि कार्यक्रम अन्तरगत मुल वीउ कृषकहरुलाई उपल्ब्ध गराएको उत्पादनको अवस्थाको बारेमा नियमित अनुगमन गरिएको बताए ।
सहकारीले विगतमा गहुँ र आलुको वीउ पनि नियमीत उत्पादन गर्दै आएको र यस पटक धानको वीउ उत्पादन गर्न लागेको जनाएको छ । वि.सं. २०५६ सालमा स्थापना भएको सहकारीले पछिल्ला तीन वर्ष यता वालीहरुको मुल वीउबाट प्रमाणीत वीउ उत्पादन गर्न लागिएको हो । पचासी जना किसानहरुले लगाएको धानको वीउ प्रमाणीत गरेर बाहीरका किसानहरुलाई विक्रि वितरणको तयारी थालिएको जनाइएको छ । सहकारीले गौतम गहुँ चार मेट्रिक टन ,एम एक ४२ आलु ३५ कुईन्टल प्रमाणीत वीउ उत्पादन गरेर विक्रि वितरण गरीसकेको छ । मुरली जातको मकै र जेठो बुढो धानको प्रमाणीत वीउ उत्पादनको चरणमा रहेको छ ।
वीउ उत्पादनका छुटटा छुटटै किसानहरु मीलेर यसरी वीउ उत्पदनबाट सहकारीका एक सय ५० किसानहरुलाई लाभान्वीत गराउँदै आएको जनाएको छ । गाउँ नै गाउँ र किसानहरुको क्षेत्र रहेको फलेवास नगर पालिकाले पनि किसानहरुको हितका कार्यक्रम किसानसँगै परामर्श गरेर बनाउने गरेको फलेवास नगर पालिका उप प्रमुख शोभा क्षेत्रीले बताईन् ।