गोपाल जीटी/आरसी टाइम्स
स्याङ्गजा, कार्तिक १३
स्याङ्गजाको चापाकोटका कमल अधिकारीले चुक अमिलोबाट झण्डै डेढ लाखको आम्दानी गर्न सफल भएका छन्  । लोप हुने अबस्थामा रहेको रैथाने निवुवा लगाएर चापाकोट नगरपालिका ९ निर्दिमका अधिकारीले झण्डै डेढ लाखको आम्दानी गर्न सफल भएका हुन्  । अधिकारीले दुई रोपनी जग्गामा निवुवा लगाएका छन्  ।
वैदेशिक रोजगारीका शिलशिलामा दुवईमा ८ वर्ष मेहनत गरेर फर्केका अधिकारी विगत १२ वषदेखि कृषि कर्ममा व्यस्त छन्  । सुरुमा च्याउ खेति गरेका उनले चापाकोटमा बजारीकरणको समस्या भएपछि फलफूल तथा पशुपालनमा लागेका हुन्  । उनले २०६८ सालदेखि “अधिकारी एकिकृत फलपूmल तथा पशुपालन कृषि फार्म” सञ्चालन गर्दै आएका छन्  । मौरीका घार बनाउने, मौरी गोलासहित विक्रि वितरण गर्दै कृषि कर्मलाई अगाडि बढाएका अधिकारीले केरा तथा धानखेतिको साथमा निवुवालाई पनि सँगै डो¥याएका हुन्  ।
स्याङ्जा जिल्लामा पशुपालन, तरकारी, फलपूmल, सुन्तला, कागतीलगायतमा कृषकहरु व्यावसायिक बन्दै आएका छन्  । तर निवुवाको अमिलोलाई पेशाकारुपमा गरिएको भने त्यति पाइदैन  । परम्परागतरुपमा लगाइएका दुई चार वटा बोटबाट गाउँ घरको आवस्यकता धान्ने प्रयास भैरहेको पाइन्छ  ।

बजारमा बिभिन्न कम्पनीद्वारा उत्पादित चुक प्रसस्तै पाइन्छन्  । तर गाउँ घरमा बनाइएको चुक अमिलो उपभोक्ताहरुको रोजाइमा पर्दछ  । उपभोक्ताको रोजाईमा परेपनि न त स्वयम् किसानहरु व्यावसायिक बन्न सकेका छन् न त सम्बन्धित निकायको चासो नै देखिन्छ  । यो सँगै गाउँघरका निवुवा लोप हुने अवस्थामा रहेको छ  । यसैबीच अधिकारीले भने निवुवाखेतिलाई व्यावसायिकरुप दिने प्रयासमा देखिएका छन्  ।
काठे कोलमा निवुवा पेल्ने पुरानो चलन हो  । अधिकारीले त्यही काठे कोलमा निवुवा पेलेर चुक बनाउँछन्  । यसमा दुःख र झण्जट अबस्य छ, आधुनिक प्रविधिको खोजी गरिए पनि पाउन नसकिएको उनले बताए  । त्यस्तो आधुनिक प्रविधि भैदिने हो भने धेरै सजिलो हुने र किसानहरु अमिलो खेतिमा लाग्न प्रोत्साहन मिल्ने उनको विश्वास छ  ।
गतवर्ष भन्दा अहिले निवुवा राम्रो फलेको अधिकारी बताउँछन्  । ‘गतवर्ष ७५ हजारको चुक बिक्रि गरेको थिएँ, यसपाली फल राम्रो लागेकाले चुक पनि बढि नै बनेको छ ’ उनले भने  । अहिले ९० माना चुक बनाउन सफल भएको उनले बताए  । चुक प्रति माना १५ सय रुपैयाँ बजार मुल्य चलेको भाउ हो  । यसरी हेर्दा अधिकारीले चुकबाट मात्रै १ लाख ३५ हजार आम्दानी गर्न सफल भएका छन्  । उनी भन्छन्—मैले गरेको देखेपछि छिमेकीहरुले पनि निवुवा लगाउन थालेका छन्  ।
जिजुबाजेका पालादेखि चलनमा आएको काठे कोल अधिकारी आफैले बनाएका हुन्  । अत्यधिक श्रम पर्ने हुँदा फाइदाका दृष्टिकोणले ठिक ठिकै छ  । उनको घरेलु उत्पादनको अमिलोको माग निकै छ  । आफन्तीकासाथै बुटवल, पोखरा र काठमाडौसम्मबाट माग आउने गरेको अधिकारी बताउँछन्  । राज्यको सहयोग हुने हो भने ब्राण्डिङ गर्ने उनको बिचार छ  ।
पोलेको घाउमा निवुवाको बियाँ पिधेर लगाउने हो भने निको हुन्छ भन्थे बाउ बाजेहरुले  । यसलाई पनि प्रयोग गर्न सकिएको छैन  । बजारमा बिभिन्न रसायनयुक्त अचारहरु आउँछन्, ती सामानहरुमा अखाद्य वस्तु मिसिएको पनि हुनसक्छ  । बियाँ र पेलेर बाँकि रहेको यसै फालिन्छ  । पेलेर बाँकि रहेको बिर्चावलाई अचार बनाउने र बियाँबाट तेल निकाल्न सकिने उनले बताए  । ‘यसो गर्दा यतिकै खेर गैरहेको वस्तु प्रयोगमा आउँदा थप फाइदा त हुन्छ नै, साथमा जैविक सामान प्रयोग पनि गर्न पाइने थियो , यसका लागि राज्यको निकायबाट सोंच आउन आवश्यक देख्छु ’ अधिकारीले भने  ।
			
                                
