• Aarsee Times
Saturday, August 30, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

परम्परागत खयरको आयुर्वेदिक चियाको परम्परा हराउँदै

आरसी टाइम्स by आरसी टाइम्स
१९ श्रावण २०८२, आईतवार १९:३०
in ऋषिकृषि, कृषि बजार, गण्डकी गौरव, फिचर
0
परम्परागत खयरको आयुर्वेदिक चियाको परम्परा हराउँदै
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter
कविराज खनाल
पोखरा,
पोखरा क्षेत्रका पहाडी वरपर गाउँहरूमा ५ दशकअघिसम्म खयरको बुटो, ठुटो र चुरो (खदीरसार) लाई उमालेर चियाको विकल्पमा प्रयोग गरिन्थ्यो  ।परम्परागत रूपमा रोग प्रतिरोधात्मक क्षमता बढाउने र विविध रोग निवारण गर्ने यो घरेलु पेय अहिले लोपोन्मुख अवस्थामा पुगेको छ ।
चिया केवल स्वादको कुरा होइन, यो हाम्रो संस्कृति, स्वास्थ्य र मनोविज्ञानसँग जोडिएको पेय हो  ।सही तरिकाले र सन्तुलित मात्रामा सेवन गरिएमा चियाले शरीर र मन दुवैलाई लाभ पुर्याउँछ ।
आयुर्वेद चिकित्सक डा. नारायण पाण्डेका अनुसार, खयरको चुरोलाई पकाएर धुलो बनाएर त्यसमा मिश्री, तुलसी पात र पतना ( पुदिनहरा) मिसाएर बिहान–बेलुका खाली पेटमा सेवन गर्दा छाला रोग, कुष्ठरोग, मुखका खटिरा र अन्य तोक दोष विकारहरूमा निकै लाभदायक हुने बताइएको छ  ।“परापूर्वकालदेखि यसको सेवन हुँदै आएको हो, र यसको सेवनले नकारात्मक असर नगर्ने देखिन्छ,” डा. पाण्डे भन्छन् ।
स्थानिय नेतृत्वको चासोः पोखरा महानगरपालिका–३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीका अनुसार, “यो क्षेत्र गर्ग र च्यवन ऋषिको तपोभूमि भएकाले यहाँ औषधिजन्य बनस्पति प्रशस्त पाइन्छ  ।खयरको ऐतिहासिक प्रयोगलाई ध्यानमा राख्दै वडाले ५० रोपनी जग्गा जडीबुटी संकलन केन्द्रका लागि छुट्याएर प्रदेश सरकारलाई पत्र पठाइसकेको छ  ।तर, प्रदेश सरकारले अझै यसको महत्व नबुझेको छ ।”
वन कार्यालयको दृष्टिकोणः सव डिभिजन बन कार्यालय लेखनाथका बन अधिकृत सरोज जमरकट्टेलले खयरको संरक्षण र उपयोगलाई वन विभागले प्राथमिकतामा राखेको बताएका छन्  ।उनका अनुसार, नेपाल र भारतका समुदायहरुमा खयरको उपयोग, व्यवस्थापन र संरक्षणमा ध्यान दिइएको छ साथै स्वास्थ्य व्यवस्थापन योजनाले बनमा देखिने ‘रुट र हार्ट‘ रोगहरुको समेत पहिचान र रोकथाम देखिएको छ भने यसको अलव हालका दिनमा “खयरको कठ्थ भारत निर्यात भइरहेको छ  ।यसको प्रयोग कपडा रंगाउने, पानमा मिसाउने, र रंग बनाउने काममा प्रयोग गरिन्छ  ।
निजी वन क्षेत्रबाट नियमनअनुसार कटानी र बिक्री अनुमति दिइएको छ भने सामुदायिक वनले यसको संरक्षण गरिरहेका छन् ।”
पुराना पुस्ताको अनुभवः पोखरा–२९ निवासी ९० वर्षीय होमनाथ आचार्य, जो भूतपूर्व सैनीक हुन्, विगत ९ दशकदेखि खयर चिया सेवन गर्दै आएका छन्  ।उनी भन्छन्, “सानै उमेरदेखि खयरको बुटो उमालेर चिया बनाउँथ्यौं। यसले प्रेसर, सुगर, ग्यास्टिक, र क्यान्सरसम्मका रोगमा राहत दिन्छ अहिले बजारमा विभिन्न रंग–बिरंगी चिया आएपछि यसको प्रयोग घटेको छ  ।सबै नेपालीले यसको उपयोग गर्नुपर्छ भन्ने मेरो आग्रह छ ।”
खयर एक महत्वपूर्ण बनस्पति हो जसको आयुर्वेदिक र परम्परागत चिकित्सा प्रणालीमा विशिष्ट स्थान छ  ।बनस्पति केवल वन पैदावार होइन, नेपाली समाजको जीवनशैली, स्वास्थ्य र संस्कृतिसँग गाँसिएको परम्परागत सम्पदा हो  ।यसको वैज्ञानिक र वैदिक मूल्यलाई बुझ्दै संरक्षण, प्रचार र प्रयोगमा सबै तहबाट ध्यान दिन आवश्यक छ  ।बर्तमान पुस्ताले बिर्सँदै गएको यो औषधीय चिया फेरि लोकप्रिय बनाउन सामुदायिक, शैक्षिक र नीति तहबाट पहल अपरिहार्य देखिन्छ  ।भने हलैका अध्ययनहरुले खयरको औषधीय गुणहरु बैज्ञानिक दृष्टिले पुष्टि गरिदिएका छन्, विशेष गरी यसको एन्टी बायोटिक, एन्टीइन्फलेसेटरी, र रक्तचाप नियन्त्रण गर्ने क्षमता पारस्परिक ज्ञान र आधुनिक अनुसन्धान सँगै खयरलाई औषधी तथा पर्यावरणीय दृष्टिले उच्च मुल्य पर्ने स्थिति आएको छ  ।
Previous Post

फूलको खेतीमा नगरको सहयोग : दीगो विकास वा लोकप्रियताका लागि ?

Next Post

‘गाउँमा कोदो रोपाइ, शहरमा कोदो बहश’

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
‘गाउँमा कोदो रोपाइ, शहरमा कोदो बहश’

‘गाउँमा कोदो रोपाइ, शहरमा कोदो बहश’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In