गण्डकी गण्डकी प्रदेशको पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयले गत आर्थिक वर्षमा गरिएका प्रगतहरुको समिक्षा गर्दै आगामी वर्षका लागि रणनीतिक पहलहरुमा परामर्श थालेको छ । निर्देशनालयले विभागीय मन्त्री तथा सचिव र प्रदेश योजना आयोगका सदस्यको रोहबरमा निर्माणाधिन मोडेल पशु अस्पतालको सञ्चालनका लागि विकास समिति मोडलमा सञ्चालन गर्नु उपयुक्त हुने भन्दै सरोकारवालाहरुमा यसबारेमा निर्णय लिनका लागि प्रादेशिक पशुपन्क्षी तथा मत्स्य विकास निर्देशक मनबहादुर पुनले प्रस्ताव राखेका छन् । हालै सम्पन्न समिक्षा समारोहमा निर्देशक पुनले कासकी र तनहुँका लागि प्रस्तावित पशुपन्क्षी मोडेल अस्पतालहरुको निर्माणको प्रगति अगाडी बढीरहेको र आगामी वर्षबाट संचालनमा ल्याउनु पर्ने भएकाले जनशक्ति व्यवस्थापनका लागि पनि मानव उपचारका अस्पताल जस्तै गरि सबैबेला , सबै उपचारका लागि नमुना अस्पताल सञ्चालनमा ल्याउन अस्पताल विकास समिति निर्माण गरि सञ्चालन गर्न सकिने प्रस्ताव राखेका हुन् ।
जनशक्तिहरुलाई एक्सरे र रेडियोलोजीबारे तालिम दिएर तयार गरेपनि उनिहरुले अभ्यास गर्न नपाएको र प्रदेश सरकारले जनशक्ति व्यवस्थापन गर्न नसकेका कारण कतिपय सेवा प्रभावित भउका कारण नमूना भनिएका अस्पतालमा पनि जनशक्तिीकै समस्याले लगानी खेरा जाने र सेवा प्रवाह प्रभावित हुने चुनौति देखिएकाले आगामी वर्षका लागि आजैबाट गृहकार्य थालनी गर्नु उपयुक्त हुने पुनको तर्क छ । उक्त सबालका बारेमा गण्डकी प्रदेशक कृषि सचिव हरिबहादुर केसीले सम्बोधन गर्दै यो प्रस्तावमा सहमत हुन वा असहमत हुन तत्कालै कठिन हुने बताउदै यसबारेमा सरोकारवाला तह र निकायमा सघन सम्वादको खाँचो रहेको बताए । नेपालमा यसबारेमा अन्यत्र यसखालको मोडलमा अभ्यास नभइसकेको र पशुसेवा अस्पताल लाइ नमुना बनाउने सबाल अभ्यास नै बाकी रहेकाले यसै गर्नु उचित हुने वा के गर्ने भन्ने कुरा नीतिगत र प्रशासनिक व्यवस्थापनका कुरा पनि भएकाले अन्य सरोकार वालाको रायको पनि खाँचो रहेको सचिव केसीले बताएका छन् ।
यसैगरि प्रदेशमा पशुधनको अनुवांशिक श्रोत संरक्षणका लागि सरकारी पहलको खाँचो रहेको र स्रोत केन्द्र स्थापनमा प्रदेश सरकारको चासो हुनु पर्ने पनि निर्देशक पुनले जोड दिएका छन् । प्रदेशको एतिहासिक पहिचानसँग
जोडिएका पारकोटे जात र लिमे जातका भैसी तथा लुलु जातको हिमाली गाइको अनुवांशिक श्रोतसंरक्षणका लागि पहलको खाँचो रहेको पुनले तर्क राखेका छन् । प्रदेशमा स्वस्थ पशु उपज उत्पादन र बजारीकरण तथा रोग नियन्त्रण र रैथाने जातका पशुधन संरक्षणका सबाल सँगै नमुना पशु अस्पतालको व्यवस्थापनका कुरा चुनौतिकारुपमा रहेको बताइएको छ ।
यसैगरि जिल्लाका पशुसेवा विज्ञ केन्द्रहरुले वर्षेनी उपलब्धीमा समिक्षा गर्दा बजेटको निकासा र भुक्तानीमा मात्र चासो दिने परिपाटी बदलेर नीतिगत व्यवस्थाका बारेमा पनि प्रयोग र अभ्यासका आधारमा पृष्ठपोषण गर्ने परिपाटी बसाल्न र लक्ष प्राप्तीमा देखिएका व्यवहारिक कठिनाइनाइका बारेमा टिप्पणी राख्न प्रादेशिक कृषि मन्त्री चन्द्रबहादुर बुढाले जोड दिएका छन् ।
कतिपय जिल्लामा पूर्णरुपमा पशुखोप लगाइएको भएपनि मौसमी रुपमा पशुरोग देखिएका प्रति प्रशु चिकितशकहरुले चासो देखाउँदै किसानहरुले नयाँ पशु भित्र्याउने गरेका कारण उनिहरुबाट रोगको संक्रमण पनि भित्रिएको हुनसक्ने तथा खोपकै गुण्स्तरका बारेमा पनि परिक्षण गर्नु पर्ने खाँचो औल्याएका छन् ।