आरसी टाइम्स व्युरो
पोखरा, चैत्र १६
कृषकहरूले गोठमा झिगा र माखाको समस्या बाट पशुधनलाई पार्ने समस्या समाधान गर्न पुम्दीका कृषक देवीलाल बरालले गोठ सुरक्षा जुक्ती सुझाएका छन् । महानगरपालिका वडा २२ का कृषक देवीलाल बरालले अपनाएको गोठमा झुल सुरक्षा कवच विधिले गोठमा पूर्ण सफलता पाएको पाइएको छ । यो उपाय पछि गोठमा कत्तिपनि माखा नलाग्ने गरेको बरालले जनाएका छन् । झुल सुरक्षा कवच विधिमा विषादी प्रयोग गर्नु पर्दैन, जुन अन्य कृषकहरूका लागि पनि उपयोगी छ । हुने र यसले स्वच्छ र सुरक्षित पशुपालन वातावरण कायम राख्ने बताइको छ ।
यो सफल मोडलले गण्डकी प्रदेशका पशुपालकहरूलाई प्रेरणा दिँदै दिगो कृषि अभ्यासलाई प्रवद्र्धन गर्नेछ । चौपाया गोठमा गर्मी र वर्षायाममा झीगा र मोस र लामखुट्टेले दुख दिने भएकाले वातावरण मैत्रि गोठ व्यवस्थापन गर्न बरालको विधिबाट पनि प्रेरणा लिन सकिने बताइएको छ । गोठमा पर्याप्त सफाइको कमीले गोठमा गोबर, मूत्र र फोहोर नियमित नहटाउँदा आद्र्रता बढ्छ, जसले माखाको प्रजनन बढाउँने हुँदा समस्या बढने , पानी जमेका कारण ओसिलो भुइँ वा पानी ननिकासिएका क्षेत्रमा झिँगाले अण्डा पार्ने वातावरण बन्ने भएकाले समस्या आइपर्ने देखिएको कृषक बरालले जनाएका छन् ।
यसैगरि साँघुरो गोठमा धेरै पशु राख्दा उष्णता र गन्धले पनि झिगा आकर्षित हुने र वर्षा मौसममा बाहिरबाट झिगा भित्र पस्ने हुनाले दूध उत्पादनमा १० देखि १५ प्रतिशत असर पाने गरेको किसान बरालले जनाएका छन् । गोठमा प्राकृतिक तरिकाले जालीले ढाक्नाले बाहरी झिंगाको प्रवेश रोक्न सहज हुने र चुनको धुलो छर्कने कामले झिंगाको प्रजनन नियन्त्रण तथा झिगा मार्न सहज हुनेगरेको बरालले जनाएका छन् ।

