आरसी टाइम्स व्युरो
पोखरा, चैत्र १२
पोखरामा सरकारी तवरमा संचापोखराको शान्तीवन बाटीकाममा संचालनमा रहेको कृषि उपज थोक बजारको संचालक समितिले सर्वसम्मत नेतृत्व चयन गरेको छ । जिल्लाका स्थानीय पालीकाहरुबाट सिफारिस भएका १५ जना किसानबाट ३ जना प्रतिनिधि छनौट गरिएको छ । यसरी छानीनेहरुमा पोखरा २५ का पार्वती वानीया, अन्नपुर्ण मुना अधिकारी र पोखरा १३ बाट विश्वराज सापकोटा रहेका छन् ।
यसै गरि कृषि व्यापारीहरुका प्रतिनिधिको रुपमा नवराज दुवाडी, राजेन्द्र गीरी र कृष्णप्रसाद धोबी चयन भएका छन् । गत चैत्र ८ गते गरिएको निर्वाचन कार्यक्रम अनुसार नवराज दुवाडीको नेतृत्वमा कृषि बजार संचालक समिति चयन भएको छ । समितिका सदस्यहरुमा किसान प्रतिनिधि पार्वती बानीया, मुना अधिकारी र विश्वराज सापकोटा रहेका छन् भने व्यापारी प्रतिनिधीबाट राजेन्द्र गीरी र कृष्ण प्रसाद धोबी रहेका छन् । समितिमा पोखरा महानगरपालिकाका तर्फबाट वडा नं ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले पदेन सदस्यका रुपमा प्रतिनिधित्व गरेका छन् ।
कृषि बजारका लागि कास्कीका पाँचवटा पालिकाबाट ३ जनाको दरमा १५ जना किसान प्रारम्भीक छनौट गरि पठाएका थिए । पोखराबाट पार्वती वानीया, पदमराज पौडेल र विश्वराज सापकोटा रहेका थिए भने अन्नपुर्णबाट मूना अधिकारी, चुडामणी अधिकारी र गोपाल केसी सिफारिस भएका थिए । यसै गरि माछापुच्छे«बाट शक्ति दवाडी, दिपक पौडेल र पदम तामाङ्ग रहेका थिए भने मादी गाउँपालिकाबाट हेमा गूरुङ्ग, तुङ्गगनाथ लामिछाने र विष्णुभक्त गूरुङ्ग र रुपा गाउँपालिकाबाट कविता बसौला, हरि रानाभाट र दिपेन्द्र आचार्य रहेका थिए ।
कृषि विभागको वजार विकास निर्देशनालयले खटाएका मुख्य निर्वाचन अधिकृत लोकराज सुवेदिको नेतृत्वमा मतदान अधिकृत द्धय भवानी खतिवडा र अनुशा कार्कीको टोलीले निर्वाचन सम्पादन गरेको थियो ।
कृषि बजारमा कृषि उपज विक्रीका लागि करिव २०० किसानहरु सूचीकरण भएका छन् । यसैगरि कृषि वजारमा १५० जना व्यापारीहरुले कृषिजन्य कारोवार गर्दै आएका छन् ।