• Aarsee Times
Tuesday, July 1, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

‘फोहरबाट मोहर र पातबाट पैसा’

आरसी टाइम्स by आरसी टाइम्स
१६ श्रावण २०८०, मंगलवार ०७:०१
in कृषि बजार, के हुँदैछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
‘फोहरबाट मोहर र पातबाट पैसा’
0
SHARES
61
VIEWS
Share on FacebookShare on Twitter

गोपाल जिटि/आरसी टाइम्स
वालिङ्ग, श्रावाण १५
शहरी क्षेत्रमा फोहरबाट मोहर बनाउने उपाय र अभ्यासका बारेमा चर्चा हुँदै आउको पनि निकै भो , फोहर नै व्यवस्थापन गर्न नसकेर , नजानेर शहरी सफाइका चुनौति थपीदै गएका पनि उत्तिकै देखिएका छन्  । शहरको राजनितिक विस्तारका कारण गाउँले बस्तीहरुपनि शहरी खर्चको चपेटामा परेका छन्  । गाउँघरमा यसै फालिने र सडेर जाने बस्तु धेरै छन्  । ती बस्तु फाल्दा वातावरण प्रदुशित हुनुका साथै विभिन्न रोग फैलिन सक्छ  । त्यस्ता बस्तुहरुको उपयोग गरेर स्वरोजगारीसहित आय आर्जनमा जोडिन सकिन्छ कि भन्ने खोजी हुनु शहरी व्यवस्थापनका लागि मोहर पार्ने काम हुन सक्छ  । यसै शिलशिलामा स्याङ्जाको कालीगण्डकी गाउँपालिका फोहरबाट मोहर र पातबाट पैसा फलाउने अभियानमा जुटेको छ  । यस अभियानमा केराको थामबाट धागो निकालेर विभिन्न सामग्री र साल, कटुसलगायतको पातबाट टपरी बनाउन सुरु गरिएको छ  ।
प्राय गरेर केराको बोटबाट फल लिएपछि थाम यसै फालिन्छ  । तर अब तपाईं हाम्रा केराका ती थामहरु फाल्न नपर्ने भएको छ  । यसबाट सामान बनाएर पैसा कमाउन सकिने कामको सुरुवात कालीगण्डकी गाउँपालिकाले थालेको छ  । योसँगै जिल्लामै नमूना कामको थालनी गर्ने पालिका बनेको छ  ।
विभिन्न मुलुकहरुले स्थानीय श्रोत र साधनको उपयोग गरेर धनि बनेका छन्  । हामीले पनि त्यस्ता बस्तुको सदुपयोग गरेर आय आर्जनमा जुट्न सक्छौं भन्ने कालीगण्डकीको अभ्यासले सङ्केत गरेको छ  ।
आर्थिक वर्ष २०७६/०७७ देखि केराखेतिको विस्तारमा जुटेको गाउँपालिकामा त्यही केराको थामबाट विभिन्न सामान बनाउन थालिएको छ  । सुरुमा किसानहरुको मागको आधारमा केराको बिरुवा अनुदानमा वितरण गरिएको हो  । रु.५ लाख बराबरको १२ हजार ५ सय केराका बिरुवा अनुदानमा उपलव्ध गराइएको गाउँपालिका कृषि शाखा प्रमुख हुमप्रसाद श्रेष्ठले बताएका छन्  ।
कृषि शाखा प्रमुख श्रेष्ठका अनुसार २० भन्दा माथि बिरुवा लगाउने किसानहरु अहिले व्यावसायिकरुपमा लागेका छन्  । एकघरीको फलबाट १ हजारदेखि १२ सय रुपैयाँसम्म पर्ने भएपछि किसानहरु उत्साही बन्न थाले  । फलसँगै थामको उपयोग गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको कृषि शाखा प्रमुख श्रेष्ठले बताए  । नवप्रवर्तन साझेदारी कोष कार्यक्रम अन्तर्गत स्थानीय कच्चा श्रोतको व्यापारिक उपयोगिता सम्बन्धी परियोेजना सञ्चालन गरिएको छ  ।
यस अन्तर्गत पालिकाका ३२ जनालाई तालीम प्रदान गरिसकिएको छ  । उनीहरुलाई १५÷१५ दिन गरी तीन चरणमा ४५ दिनको तालीम प्रदान गरिएको हो  । पहिलो चरणमा विना मेशिन धागो बनाउने र हस्तकला सम्बन्धी तालीम दिइएको थियो भने दोश्रो चरणमा मेशिनको प्रयोग सम्बन्धी सिकाई प्रदान गरिएको कृषि शाखा अधिकृत अनुप पौडेलले जनाए  । यसैगरी तेश्रो चरणमा मेशिनबाट गलैंचा, कार्पेट तथा डोरमेट बनाउने तालीम दिइएको थियो  ।
अहिले तिनै तालीम लिएकाहरुले केराको थामबाट आउने मचेटाबाट धागो निकालेर विभिन्न सामान बनाइएका छन्  । यसबाट ढकिया, चप्पल, टिम्याट, डोरम्याट, ट्रे, व्याग, खादालगायतका सामग्री बनाइएको छ  । धागो निकाल्ने मेशिन पालिकाले राखिदिएको छ  । माग धेरै आउने गर्छ, बजारको कुनै समस्या नभएको कृषि अधिकृत पौडलले बताए  ।
यसैगरी थामको गुदीबाट जुस बनाइएको छ  । यसबाट कव्जियत र किड्नीसँग सम्बन्धित रोगहरुबाट सुरक्षित रहन फाइदा पुग्ने ल्यावटेष्टबाट आएको सकारात्मक परिणामले देखाएको कृषि अधिकृत पौडलले बताए  ।
उनका अनुसार किसानहरुसँग भएका केराका थामहरु अब फाल्नु नपर्ने र पालिकाले लिइदिने छ  । योसँगै नवप्रवर्तन कार्यक्रम अन्तर्गत गाउँपालिका र प्रदेश सरकारको साझेदारीमा यो वर्र्ष २० हजार बिरुवा सत प्रतिशत अनुदानमा वितरण गर्ने गाउँपालिकाको कार्यक्रम छ  ।
फोहरबाट मोहर र पातबाट पैसा फल्छ भन्ने गाउँले भनाइलाई अभ्यासमा ल्याइएको कृषि शाखा अधिकृत पौडैल बताए  । पातबाट पैसा फलाउन दुना टपरी बनाउने मेशिन राखिएको छ  । हामीले प्रयोग गर्दै आएका विभिन्न पातहरुबाट दुना टपरी बनाउन सुरु भैसकेको छ  ।

Previous Post

लम्पि स्किन रोग र नियन्त्रणका प्रयासहरु

Next Post

नयाँ भाष्यमा हिमवतखण्डको रामायण लेख्ने कार्यको आरम्भ गरौं

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
दशैंको विशिष्टता निर्माणमा कसको योगदान कति ?

नयाँ भाष्यमा हिमवतखण्डको रामायण लेख्ने कार्यको आरम्भ गरौं

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In