आरसी टाइम्स व्युरो
पोखरा,जेष्ठ ३०
पोखरा क्षेत्रमा हरेक शनिबार किसान बजारका रुपमा हाटबजार सञ्चालनमा सहजकिरण गर्दै आएको द बजार कृषि सहकारीले नयाँ स्थानबाट शनिबारे किसान बजार पुनर्जागरण गरेको छ ।
विगतमा पोखराको राष्ट्रबैक निकट ढाटबाट संचालन गदैृ आउको किसान बजार कोविड १९को प्कोपका कारण प्रभावित भइ बन्द भएको थियो । साप्ताहिक किसान अन्तरक्रियात्मक अवसर बनेको हाटबजार यसै हप्ताबाट पोखरा १७ को हिमाली टोल पुइमे रेस्टुरेन्ट अगाडि सूरु गरिएको बजारकी संचालिका उषा पौडेल गीरीले जनाएकी छन् ।
प्रत्येक शनिबार बिहान ७ बजे देखि १० बजे सम्म किसान बजारका रुपमा सञ्चालन हुने र स्थानीय कृषक तथा कृषि संस्थाहरुले मौसमी तरकारी विक्रिका लागि ल्याउने गरेका छन् । हालैको शनिबारको बजारमा मुना कृषि लिमिटेडको मुना बजार र आमा एग्रो प्रोडक्टका उत्पादन तथा संकलनहरुलाई पनि बजारिकरण गरिएको छ ।
कृषि वस्तुको बजार मुल्य सूची राखेर किसान तथा उपभोक्ताको प्रत्यक्ष अन्तरक्रिया हुने शनिबारे किसान बजारको लोकप्रियता सँगै कृषि उत्पादन र बजारीकरण प्रवृत्ति विश्लेषण गर्न सहयोग हुने स्थानीय कृषि सरकारका एजेन्सीहरुले प्रतिकृया दिएका छन् ।