पद्म किरण राना
पोखरा काहुँडाँडामा २०८० चैत्र ५ गते साँझ ७ बजे भिषण आगलागी भयो । सो आगलागि मणिपाल अस्पतालको माथिल्लो क्षेत्रबाट शुरु भएको थियो । सो आगो निभाउन सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको थियो । यसकासाथै पोखरा महानगरपालिकाबाट २ वटा र पोखरा अन्र्तराष्ट्रिय बिमानस्थलको समेत दमकल उक्त आगलागी नियन्त्रण गर्नका लागि प्रयोगमा ल्याइएता पनि निकै ढिला मात्र आगलागी नियन्त्रणमा आउन सकेको थियो । उक्त समयमा पोखरा वरिपरी ७ स्थानमा आगलागीका घटनाहरु भएका थिए ।
२०८१ बैशाखको पहिलो सातासम्म म्याग्दी जिल्लाको अन्नपूर्ण, मंगला, मालिका, धवलागिरी र रघुगंगा गाउँपालिकाहरुका ५९ वटा सामुदायिक वनमा लागेको भिषण आगालागीले ६९३ हेक्टर वन क्षेत्र नष्ट गरेको थियो ।
त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ४ का ३ जना बालबालिकाहरु २९ चैत २०८० मा जंगलमा च्याउ टिप्न जाँदा वनमा लागेको डढेलोेको कारण उनिहरु सख्त घाइते भए, र उपचारको क्रममा एक जनाको डोल्पा जिल्ला अस्पताल र २ जनाको काठमाण्डौमा मृत्यु भयो । त्यस्तै गरी ठुली भेरी नगरपालिका वडा नं. ४ को मास्ता सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्न जाँदा ४ जना आर्मि सख्त घाइते भएकोमा ३ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
उदयपुर जिल्लाका त्रियुगा नगरपालिकाका र चौदण्डीगढी नगरपालिका ८ वटा सामुदायिक वनको १३५ हे.वन क्षेत्र डढेलोको कारण नष्ट भएको छ ।
यी केही प्रतिनिधीमुलक घटनाहरु हुन् । हरेक बर्ष गर्मी महिना लागे पछि नेपाल भर वन डढेलोको चपेटामा पर्ने गर्दछ । वन डढेलो प्रत्येक बर्ष बढ्दो क्रममा छ, वि.सं. २०६२ साल देखि नेपालले प्रति बर्ष डढेलोको कारण सालाखाला २ लाख हेक्टर जंगल नष्ट भइरहेको छ । वन डढेलोको कारणले गर्दा अरबौैंको काष्ठ, गैरकाष्ठ पदार्थहरु नष्ट हुने गर्दछ । एउटा अध्यायनका अनुशार यस्तो डढेलोको कारण हरेक परिवारले प्रति बर्ष अप्रत्यक्ष रुपमा रु ५००० रकम गुमाउदै आएका छन् । बिगत २ बर्ष अगाडि काठमाण्डौं विश्वको सबै भन्दा प्रदुषित शहर बनेको थियो, यसको प्रमुख कारणहरुमा काठमाण्डौको वरिपरी लागेको डढेलो प्रमुख थियो । उक्त बर्ष नेपालको ७७ जिल्ला मध्ये ७३ जिल्लामा आगो लागेको थियो । यो हरेक बर्ष लाग्छ र करिव ८०% आगलागी फाल्गुण र चैत्र महिनामा लाग्दछ, तर पनि यस तर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।
२०४८ सालमा नेपालको वनको क्षेत्रफल घटेर २५% आसपासमा पुगेको थियो । तर नेपालमा सामुदायिक वन सम्बन्धि नीति लागु भए पछि, समुदायले वनको संरक्षण गर्न थाले जसको कारण वनको क्षेत्रफल बढ्दै गयो, हाल नेपालको वनले ढाकेको क्षेत्र ४४.७४% पुगेको छ (आर्थिक सर्वेक्षण २०७६÷७७) ।
सन् २०६८ देखिको २०७९ सम्मको १२ बर्षको वन डढेलोको तथ्या¤ हेर्दा प्रति बर्ष सालाखाला २०२६ वटा वन डढेलोका घटनाहरु घटेको देखिन्छ । जसमा सबै भन्दा बढि वन डढेलो २०७९ मा ५५०० स्थानमा भएको थियो भने सबै भन्दा कम २०७१ मा ३६० स्थानमा भएको देखिन्छ ।
भू‡संरक्षण विभाग र इसिमोडद्वारा संयुक्तरुपमा तयार पारिएको वन डढेलो जोखिम लेखाजोखा सम्बन्धि अध्यायनका अनुसार अत्याधिक जोखिमयुक्त जिल्लाहरुमा अर्घाखाँची, बाँके, बर्दिया, चितवन, कैलाली, कञ्चनपुर, मकवानपुर, पाल्पा, पर्सा, सिन्धुली, सुर्खेत, तनहुँ र उदयपुर जिल्ला पर्दछन् । उच्च जोखिम जिल्लाहरुमा अछाम, बारा, डढेल्धुरा, दाङ्ग, डोटी, इलाम, नवलपुर, पर्सा, प्युठान, सल्यान र स्याङ्गजा पर्दछन् । सन् २०६८ देखि २०७८ सम्ममा सवै भन्दा बढि आगलागी भएको बर्दिया राष्ट्रिय निकुञ्ज हो, जहाँ उक्त अवधिमा १३३८ पटक आगलागी भएको थियो भने दोश्रो बढि आगलागी भएको चितवन राष्ट्रिय निकुञ्ज थियो, जहाँ सोही अवधिमा ११३५ संख्यामा आगलागी भएको देखिन्छ (इसिमोड २०७९) ।
लामो समयसम्म पानी नपर्नु, सुख्खा हावा चलिरहनु, रुखका पातहरु भुइमा झरेर जम्मा हुनु आदि आगलागीका लागि अति अनुकुल वातावरण हो, प्राकृतिक र सामान्य आगलागीले जंगललाई खासै फरक पार्दैन । तर ९०% भन्दा बढि वन डढेलो मानिसहरुको कारणहरुबाट भइरहेका छन्, जसमा साना केटाकेटीको हेलचेक्रयाई, गोठाला देखि लिएर वनभोज खान जानेहरुले लगाएको आगो, फ्याकेको चुरोटको ठुटो र जंगली जनवार तस्करी गर्न गएका तस्करहरुले लगाएको आगो आदि पर्दछन् । त्यसमा पनि अधिकांश कृषि र जनवारसँग सम्बन्धित कारणले आगलागी भइरहेका छन् । गाइवस्तु चराउन र चरन क्षेत्र अझै ठूलो बनाउनको लागि आगो लगाउने प्रचलन छ, यो आगो फैलिदै जंगलसम्म पुग्ने गर्दछ । त्यसमा पनि जलवायु परिवर्तनले डढेलोलाई आगोमा घीउ थपेको सरह भएको छ । नेपाल, जलवायु परिवर्तनको सबै भन्दा धेरै जोखिमयुक्त देशमा पर्दछ । अत्याधिक गर्मी र तापक्रमको उतार चढावका कारण डढेलो लाग्नमा अनुकुल वातावरण सिर्जना भएको छ । यसरी डढेलोबाट उत्सर्जन हुने कार्वनले जलवायु परिवर्तनलाई झनै प्रवद्र्धन गरिरहेको छ । सामान्यतय माटोको सतहमा जम्मा भएको प्रांगरिक पदार्थ बिच्छेदन भएपछि माटोलाई उर्वर बनाएर बनस्पतिको बृद्धि विकासको लागि सहयोग पुग्दछ, तर अत्याधिक डढेलोको कारण जमिनको माथिल्लो सतहको माटोलाई मारिदिएको हुन्छ, जसमा प्रांगरिक पदार्थ जम्मा हुन्छ, त्यसले डढेलोको गतिलाई अझ तीव्रता दिन्छ ।
राष्ट्रिय विपद न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलका अनुसार विगतको दशकमा भन्दा यस बर्ष आगलागीका घटना १० गुणाले बढेको छ र गत बर्षको भन्दा ५ गुणाले बढेको छ, यसको मुख्य कारणमा हिउँदमा लामो अवधिसम्म पानी नपर्नु नै हो । उनका अनुसार यति धेरै आगलागी हुन्छ भन्ने हामीले अपेक्षा गरेका थिएनौ, यो साच्चै नै भयानक अवस्था हो । उपसचिव तथा अग्नि विशेषज्ञ सुन्दर शर्माका अनुसार व्यवस्थित तथ्या¤ राख्ने प्रणालीकाको अभावका कारण पनि सरकारको तथ्या¤ भन्दा धेरै गुणा बढि आगलागीका घटनाहरु भएको अनुमान गरिन्छ । बिस्तृत अध्यायन अभावका कारण गरिने तयारी योजना आगो नियन्त्रणमा त्यति प्रभावकारी हुन सकेको छैन ।
आगलागी हुनुका कारणहरु:
बिगत ३० बर्षमा सामुदायिक वनको अवधारणा अनुसार वनको संरक्षण गर्ने जिम्मा वन उपभोक्ता समितिलाई दिएको कारण वनको सुरक्षामा सुधार आएको र वनको क्षेत्रफल पनि करिव दोव्वर भएकोले आगलागीको संभावना पनि बढेको, तर दक्ष जनशक्ति अभावका कारण आगलागी नियन्त्रण हुन नसकी आगलागीका घटनाहरु बढेको देखिन्छ ।
जलवायु परिवर्तनका कारण लामो समयसम्म पानी नपर्नु, सुख्खा हावा चलिरहनु, रुखका पातहरु भुइमा झरेर जम्मा हुनु आदिका कारण आगलागीमा बृद्धि भएको पाइन्छ ।
बसन्त ऋतुमा जव कृषकहरुले खेतबारीमा रहेका बालीका बाँकी रहेका अवशेष र गोठालाहरुले चरन क्षेत्र हरियो बनाउनको आगो लगाउने गर्दछन्, तव विशेष गरी भिरालो जमिनका सुकेको घाँस हुदै हुरीबताससँगै अनियन्त्रिणढंगले आगो जंगलमा फैलिने गर्दछ ।
कडा कानूनका कारण आरक्षण गरिएका राष्ट्रिय निकुञ्ज र सामुदायिक वनहरुमा सुकेका पात पतिंगरहरु सतहमा थुप्रिने गर्दछ, विशेष गरी राष्ट्रिय निकुञ्ज हुदै राजमार्ग गएको स्थानहरु जस्तैः बर्दिया, चितवन तथा पर्सा राष्ट्रिय निकुञ्जमा आगो फैलिन निकै सजिलो हुने गर्दछ ।
मान्छेहरुले बिशेषत चोरी गरेका काष्ठ पदार्थ, बन्यजन्तु र तस्करीहरु गरेका बस्तुहरुलाई लुकाउन र त्यस्तै गरेर नयाँ विरुवाहरु वृक्षारोपण गर्नको लागि पनि डढेलो लगाउने गर्दछन् ।
ठूलो संख्यामा मानिसहरु गाउँबाट शहर तथा विदेश तिर जाने प्रवृति बढ्दो छ, जसले गर्दा जनशक्तिको अभावमा वन जंगल व्यवस्थापनमा ठूलो ¥हास आएको छ, फलस्वरुप वन सुधार र डढेलोबाट नियन्त्रण गर्ने कार्य प्रभावकारी हुन सकेको छैन ।
जंगलमा सुकेका पातहरु, झिंजा तथा हाँगाहरुले वनका सतह तथा खाली जग्गाहरुलाई ढाकेको हुन्छ, जसको कारणले गर्दा छिटो आगलागी फैलनको निम्ति निकै सहयोग पुग्दछ, तर ती पात पतिंगर र झिंजाहरुको व्यवस्थापन गर्न नसक्नु नै अहिले आगलागी नियन्त्रणको लागि चुनौति भएको छ ।
आरक्षण क्षेत्रमा जंगली जनवार सम्बन्धि तस्करहरुले जानी जानी आरक्षण क्षेत्रका कर्मचारीहरुलाई छक्याउन आगो लगाउछन्, कर्मचारीहरु डढेलो नियन्त्रण तर्फ लाग्दा तस्करहरुलाई जंगली जनवार शिकार गर्न सजिलो हुन्छ ।
आगलागी हुनसाथ आगो नियन्त्रण गर्ने दायित्व सम्बन्धित सामुदायिक वनका उपभोक्ताहरुको हो, त्यसपछि वन डिभिजन कार्यालयका कर्मचारी र सुरक्षाकर्मीहरुको । तर आगलागी के कारणले भएको हो भन्नेमा सबै सरोकारवालाहरुको एउटै धारणा र बुझाई भएको पाइदैन, र सरोकारवालाहरु बिच समन्वयको अभावमा आगलागी नियन्त्रण प्रभावकारी हुन सकेको छैन ।
प्राधिकरणका सहसचिव रामेश्वर मरह‘ाका अनुसार देशको सबै भागहरुमा लगभग एकै समयमा आगलागीका घटनाहरु हुने भएकाले सबै ठाउँमा प्राधिकरणले सहयोग गर्न नसकेको कुरा स्विकार्नु हुन्छ । उनका अनुसार हालको अवस्थामा जनशक्तिको अभावमा डढेलो सम्बन्धि बिषयमा समोचित अध्ययन हुन सकेको छंैन । त्रिभुवन विश्वविद्यालयका सह‡प्राध्यापक विनोद पोखरेलले तयार पारेको प्रतिवेदन ”नेपालमा बढ्दो खरेडी र हिमालय क्षेत्रमा वन डढेलो” का अनुसार जलवायु प्रतिकुलताको कारण सन् २०३० मा १२%, २०५० मा ३०% र यो सताब्दीको अन्तमा ५०% वन डढेलोेमा बृद्धि हुने कुरा औल्याएको छ ।
डढेलोबाट परेको असर र प्रभाव
वन डढेलोले काष्ठ तथा गैर काष्ठजन्य पदार्थहरु नष्ट हुने गर्दछ । तर कति संख्यामा आगलागी भए, कति नोक्सानी भयो भन्ने यथार्थ तथ्या¤ उपलब्ध छैन । वन डढेलोले ठूलो मात्रामा जैविक विविधतालाई नोक्सानी बनाएको छ । यसकासाथै माटोको गुणस्तरमा ¥हास आउनुकासाथै बाढी पैरोबाट हुने नोक्सानीमा बृद्धि गरेको छ । हिउँदको समयमा ग्रामिण क्षेत्रलाई तुवालोले ढाकेको छ, प्राकृति सौन्दर्यतालाई कुरुप बनाएको छ, जसले गर्दा पर्या‡पर्यटनमा ठूलो नकरात्मक प्रभाव पारेको छ । प्रत्येक बर्ष कम्तिमा पनि १०० गाउँलाई वनमा लागेको डढेलोको कारण नष्ट बनाइरहेको अनुमान गरिएको छ ।
वनमा जानी जानी आगो लगाउने ६४% पाइएको छ, भने ३२% आगलागी लापर्वाहीको कारणले भएको पाइएको छ भने ४% आगलागी कसरी भएको भन्ने अझै जानकारीमा आएको छैन ।
राष्ट्रिय बिपद न्युनिकरण तथा व्यवस्थापनका प्राधिकरणका अनुसार सन् २०६८ देखि २०७९ सम्म लागेका १८,७९१ आगलागीका घटनाहरुमा ७६९ जनाको मृत्यु र २,५६८ जना घाइते हुनुकासाथै २२ अरव भन्दा बढिको नोक्सानी भएको प्रतिवेदनमा उल्लेख छ । उक्त अवधिमा २,८०३ जनवारहरु मरेका थिए ।
धुँवा तथा धुलोका कारण काठमाण्डौं उपत्यका विश्वको सबै भन्दा बढी प्रदुषित ५ शहर भित्रमा पर्दछ । हाल काठमाण्डौं उपत्यकामा रहेको अमेरिकन राजदुतावास नजिक २१९ वायु गुणस्तर अनुक्रमणिका ९ब्त्तक्ष्० पाइएको छ जस्को कारण २५ लाख व्यक्तिहरुलाई नाक र घाटीमा जलन, खोकी र श्वास प्रश्वासमा कठिनाई जस्ता समस्याहरु देखिएका छन् ।
डढेलोको कारण पारिस्थिकीय प्रणालीमा चुनौति आएको छ, जैविक विविधता जोखिममा परेको छ । जंगली जनवार र चराचुरुङ्गीहरुको खाने चीजहरु र बासस्थानहरु घट्न गै मानव तथा जंगली जनवारहरुका बिचमा द्वन्द्व पैदा भएको छ, जसको कारण गाउँघरमा खेतीपाती बिशेषत बाँदर, दुम्सी, खरायो, बाघ, भालु, हरिण, चित्तल आदिले नोक्सानी गरी मानव बस्तिहरु नै विस्थापित भइसकेका र कातिपय विस्थापित हुने अवस्थामा पुगेका छन् ।
डढेलोको कारण हिमाली भेगका यार्सागुम्बा, लोठ सल्ला, पाच औले, चिराइतो, सर्पागन्धा, पदमचाल, जटामसी, जिम्मु, बोझो, सुनपाती, सुनाखरी आदि नष्ट भएका छन् । यस्ता हिमाली जडिबुटिहरु एक पटक नष्ट भइसकेपछि पुनः १ मिटर उचाई बढ्न १५ बर्ष अवधि लाग्दछ । एक पटक डढेलोबाट नष्ट भै सकेपछि त्यसै प्रकारको जैविक विविधता प्राप्त गर्न लगभग असंभव जस्तै हुन्छ ।
डढेलोको कारण जंगली ठूला जंगली जनवार तथा पक्षीहरु भागेर ज्यान बचाउदछन्, तर चराचुरुङ्गीका अण्डा, बच्चा तथा जनवारका भरखर जन्मेका तथा साना बच्चाहरु डढेलोबाट बच्न सक्दैनन् । त्यस्तै साना घस्रिने जीवहरु, किरा तथा कमिलाहरु डढेलोबाट नष्ट हुने गर्दछन् ।
यद्यपि नेपालमा सामुदायिक वन अवधारणाले प्रसिद्धि प्राप्त गरेको छ, जसको कारण नेपाल सामुदायिक वन सम्बन्धि विकास अध्यायन गर्नको लागि विभिन्न देशहरुबाट आउने गर्दछन्, यदि आगोलागी नियन्त्रणमा न्युनिकरण हुन सकेन भने नेपालले हासिल गरेको प्रशिद्धिमा खतरा उत्पन्न हुन सक्दछ ।
डढेलो रोकथाम तथा नियन्त्रणको लागि चाल्नु पर्ने कदमहरु
वन डढेलो नेपालको लागि ठूलो चुनौतिको बिषय भएको छ, यसले बर्षेनी अरबौं रुपयाँको नोक्सानी पार्ने हुनाले यसको दिर्घकालिन र अल्पकालिन रुपमा समाधान गर्नु पर्दछ, जसलाई निम्नानुशार समाधान गर्दा प्रभावकारी हुन सक्दछः
क) रोकथामका उपायः ९०% भन्दा बढि वन डढेलो मानवजन्य भएकाले डढेलोबाट हुने वातावरणीय, आर्थिक, मानव, जिवजन्तु, बनस्पति, जडिबुटि, माटोको उर्वरा शक्तिमा हुने नोक्सानीको बारेमा विद्यालय, कलेज, समुदाय, वन उपभोक्ता समितिका सदस्यहरु तथा स्थानीय तहमा व्यापक जनचेतना जगाउनु आवश्यक देखिन्छ । त्यस्तै गरेर आगलागिको समय पूर्व संभावित जंगलहरु विषेश गरी तराइमा अग्नि रेखा निर्माण गर्नु पर्ने देखिन्छ ।
जलवायु परिवर्तनको कारणबाट पनि डढेलोजन्य घटना बृद्धि भएकाले जलवायु परिवर्तन न्युनिकरणका कार्यक्रमहरु जस्तैः वृक्षरोपण, प्रांगरिक खेती, जैविक विविधता प्रवद्र्धन, विद्युतीय गाडी तथा उपकरण तथा यन्त्रहरुको प्रयोग गर्ने नीति र सोलाई सहयोग पुग्ने कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने देखिन्छ ।
आगलागी तथा डढेलो सम्बन्धि कडा ऐन बनेको छ, जंगलमा डढेलो लगाउने व्यक्तिलाई वन ऐन २०७६ ले ३ बर्षसम्म जेल वा रु छ हजार जरिवाना वा दुवै सजाय दिने प्रावधान छ, उक्त ऐनमा लेखिएका कानूनी प्रावधान बारे बिभिन्न माध्यामद्वारा प्रचार प्रसार तथा नियमित अनुगमन र अभियुक्तलाई कडा भन्दा कडा कार्वाही गर्नु पर्ने देखिन्छ, भने आगलागी नियन्त्रण गर्ने सामुदायिक वन उपभोक्तालाई प्रोत्साहन स्वरुप पुरस्किृत गर्ने पहिलेको प्रावधानलाई निरन्तरता दिनु पर्ने देखिन्छ ।
ग्रामिण क्षेत्रमा परम्परागतरुपमा अभ्यास गरिदै आएको स्याउला, सोत्तर तथा सुकेका दाउराहरु संकलन गर्ने क्रियालाई निरन्तरता दिनु पर्दछ, जसले गर्दा वनमा लागेको आगो छि‘ै फैलन पाउदैन वा लागेको खण्डमा पनि नियन्त्रण गर्न सजिलो हुन्छ ।
ख) पूर्व तयारीः यस अन्तरगत डढेलो लाग्ने संभावित अति जोखिम, जोखिम र न्युनजोखिम क्षेत्रको पहिचान गर्नु पर्दछ । अति जोखिम क्षेत्रको लागि तालिम सहितको कार्यदल तैनाथ र आगो नियन्त्रण गर्ने उपकरण उपलब्ध गराउनु पर्दछ । विपदमा परेका परिवारलाई खाना, पानी, बस्ने प्रवन्ध र औषधीको व्यवस्था समेत गर्नु पर्दछ ।
ग) आगलागी नियन्त्रणः आगलागीलाई नियन्त्रण गर्न र क्षतिलाई कम गर्नको लागि स्थानीय तहमा वन अग्नि व्यवस्थापन योजना र संरचना जस्तैः अग्नि नियन्त्रण समिति स्थापना गर्नु पर्दछ । यसरी बनाइएको योजना स्थान विशेषलाई ध्यान दिइ बनाइएको हुनु पर्दछ, उदाहरणको लागि आगलागीको समयमा विशेष गरी मध्य पहाडमा बस्तुभाउलाई चराउन नदिने, सल्ला भएको क्षेत्रमा आगलागीको समयमा रेजिन संकलन गर्न प्रतिवन्ध लगाउने, वन भोज जानेहरुलाई सचेत गराउने र जंगली जनवार तस्करीमा विशेष नियन्त्रण गर्ने । तराई जस्तो क्षेत्रमा अग्नि रेखा निर्माण, पूर्व सूचना दिने प्रणाली र अग्नि नियन्त्रण गश्ति टोली अति संवेदनशिल र संवेदनशिल स्थानहरुको पहिचान गरी त्यस्ता स्थानहरुमा गश्ती टोली परिचालन गर्नु पर्दछ ।
प्रत्येक जिल्लामा प्राकृतिक प्रकोप व्यवस्थापन समिति छन् र ती समितिले आगलागीबाट बच्ने कार्य योजनाहरु पनि बनाएका छन्, तर ती कार्य योजनाहरुको कार्यन्वयन पक्ष अति फितलो छ । त्यसको अलवा स्थानीय तहमा पनि त्यस प्रकारको संयन्त्र विद्यामान छ, तर ती समितिहरु पनि क्रियाशिल भएको पाइदैन । त्यसको अलवा नेपाल सरकारका आधिकारिक संस्थाहरुः वन डिभिजन कार्यालय, सामुदायिक वन उपभोक्ता संस्था, सुरक्षा दल जसमा नेपाल प्रहरी, नेपाली फौज, नेपाल शसस्त्र प्रहरी बल आदि पर्दछन्, बिच समन्वयात्मकढंगले अघि बढ्न सकेमा आगलागी नियन्त्रण प्रभावकारी हुन सक्दछ ।