महेन्द्र जीसी/आरसी टाइम्स
पर्वत, भाद्र १०
किसानले लगाएको बर्खे अन्नबाली धान र कोदोको गुबो कुहीने र जरामा किरा लाग्ने समस्या देखिए पछि पर्वतका किसान हैरानीमा परेका छन । विषेश गरी रैथाने धानका जात र कोदोमा यस्तो रोग देखा परेको हो । रोपेको महीना दिन मै गुभो कुहीन, बोट मर्ने तथा जरामा किरा लाग्ने समस्या देखिएको छ । किसानहरुको वालीमा आकस्मीक रुममा रोग देखीएपछि कृषि ज्ञान केन्द्र पर्वतले समस्या पहिचानका लागि स्थल गत रुपमा वैज्ञानीक सहित प्राविधिक पुगेर कुहीने समस्याको अनुसन्धान थालेको हो । किसानहरुले गएको वर्ष सामान्य समस्या देखिएको भएपनि अहिले भने पुरै फाँटमा लगाएको धान र बारीको कोदो मरेको बताएका छन ।
स्थलगत रुपमा पुगेको प्राविधिक टोलिले पहीलो पटक रैथाने अन्न वालीमा रोग लागेको भन्दै समस्या पहिचानको लागि धान र कोदोको नमुना संकलन गरेर अनुसन्धानको लागि प्रयोगशाला लगेको हो । किसानहरुले रैथाने वाली लगाउँदा पनि वीउको उपचार नभएका कारण पनि रोक देखिएको हुन सक्ने अनुसन्धान टोलीको निश्कर्ष रहेको हो । रोग पहिचान नै नगरी हंचुवाको भरमा उपचार भएका कारण पनि धेरै क्षतीको खत्रा रहेको कारण आँफुहरु स्थलगत रुपमा अनुसन्धानका लागि आएको अनुसन्धानमा संलग्न कृषि वैज्ञानीकहरु रमेश आचार्य र शालिकराम अधिकारीले जनाएका छन् ।
पर्वतको दुलुङ, ठुलोपोखरी , शंकरपोखरी, रानी पानी पैयुँ हटीया बराचौर पाङ, खुर्कोट , बाजुङ लगायतका फाँटमा लगाएको धान तथा कोदो मर्ने समस्या देखिएको हो । गुबो कुहीने जरामा गवारो किरा लाग्ने समस्या आएको किसानले जनाएका छन् । प्राविधिक टोलीलले समस्या पहिचान र उपचारको लागि मरेको कोदो र धानको नमुना संकलन गरेर परिक्षणका लागि वाली विज्ञान प्रयोशाला पठाइएको छ ।