लक्ष्मण विसि/आरसी टाइम्स
महाशिला, माघ १
पर्वतमा पर्वतको महाशिला गाउँपालिका वडा नं २ भोक्सिङ बाघमारामा आगलागीमा परेर बाख्रा गोठमा क्षति भएको छ । आगलागीबाट ८ वटा बाख्रा मरेका छन् । स्थानीय देउ बहादुर क्षेत्रीका ६ वटा ब्याएका र २ वटा ब्याउने माउ बाख्रा मरेका हुन् ।
गत शुक्रबार राती कुडो पकाउने चुलोमा आगो ननिभेको र उक्त आगो गोठमा फैलिएपछी धुवाँले निसास्सिएर ८ वटा बाख्रा मरेको जनाइएको छ ।
अग्नीले खोर जलेर नस्ट भएको आगलागी पीडित क्षेत्रीले जानकारी दिए । अचानक गोठमा लागेको आगोमा परेर बाख्रा मरेपछि आफुलाई ठुलो क्षति पुगेको पीडितको भनाइ छ । बाख्रा र खोर जलेपछी ३ लाख भन्दा बढी नोक्सानी भएको उनले बताए । आफुले जिविकोपार्जनका लागि पालेका बाख्रा आगोमा परेरे मरेपछि अहिले आफुलाई ठूलो क्षति पुगेको बताउदै सम्बन्धित निकायसँग सहयोगको अपिल गरेका छन् । आगोमा परि बाख्रा मरेको घटना गाउँपालिकालाई जानकारी गराएको र पालिका अध्यक्षले सहयोगको आश्वासन दिनुभएको क्षेत्रीले बताए ।
पालिकाको कार्यविधि अनुसार पीडितलाई सहयोग गरिने महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी प्रसाद भुसालले बताए । आगलागी घटनाको प्रहरी मुचल््का र वडाको सिफारिस लिएर पालिकामा आउन अनुरोध गरिएको क्षेत्रीले बताएका छन् ।