आरसी टाइम्स व्युरो
मुस्ताङ्ग, असोज ८
नगदे हिमाली फलफुल र तरकारी अनुसन्धानका लागि ५७ वर्ष पहिले स्थापना भएको मुस्ताङ्गको मार्फा स्थीत शितोष्ण वागवानी केन्द्रले बागवानी दिवसमा कृषक र कर्मचारी सम्मान गरेको छ । वागवानी दिवसका क्रममा ३२ थरिका स्याउका जातहरू, फलफूलका प्रसोधित बस्तुहरू, ताजा तरकारीहरू, टिस्यु कल्चरबाट उत्पादित विरूवाहरू, विभिन्न तरकारीका मूल वीउहरू प्रदर्शन गरिएको थियो ।
वर्षभरिको कार्यसम्पादनमा उत्कृष्ट काम गरेका स्याउ उत्पादक कृषक न्हुन्पु गूरुङ्ग(नोर्वु) र कर्मचारी रीता कुमारी बुढालाई सम्मान गरिएको बागवानी प्रमुख पद्मनाथ आत्रेयले जनाएका छन् ।