आरसी टाइम्स व्युरो
पोखरा, माघ २२
कास्कीको अन्नपूर्ण गाउँपालिकाका पशु प्राविधिकहरु स्थानीय किसानहरुको भेडिगोठ खोज्दै पशुचरनका खर्कहरुमा चाहर्दै छन् । जिल्ला पशुसेवा विज्ञ केन्द्रको पशुमा पूर्ण खोप अभियानलाई सार्थक बनाउन लेकमा रहेका भेडीगोठहरु हिउँदे मौसममा औल झरेको मौका पारेर खोप लगाउने अभियानका लागि प्राविधिकहरु खोपसामग्री बोकेर चरन खर्कमा चाहरेको बताएका छन् ।
अन्नपूर्णका किसानहरुका भेडा बाख्राहरु घुम्ती चरन खर्कमा रहेकाले प्रविधिकहरुले पालिकाका १ देखि १० सम्मका बडा र छिमेकी माछापूच्छ्रे गाउँपालिकाको धम्पुस, रिभान र ल्वाङ्गघलेलका खर्कहरुमा चाहार्दै खोप लगाएको प्राविधिक समूहका सदस्य लिलाधर अधिकारीले व्युरोलाई जनाएका छन् ।
प्रविधिकहरुले खर्क गोठमा पालेका केही पशुबस्तु र भेडीगोठमा खोरेत विरुद्धका खोप र पिपिआर खोप लगाएको गाउँपालिका पशुसेवा शाखाले जनाएको छ ।
पशुसेवा विज्ञ केन्द्र कास्कीको पूर्ण खोप अभियानको खोप सहयोग र पालिकाका प्राविधिक जनशक्ति परिचालन गरि हालसम्म अन्नपूर्ण गाउँपालिकामा लम्फि स्किन भ्याक्सिन(८०० डोजबाट गाइ ,गोरुलाई खोप लगाइएको , खोरेत भ्याक्सिनको ४००० डोजबाट गाइ भैसि जातका सबैलाई खोप लगाइएको तथा पि पि आर भ्याक्सिन का ३५००डोजबाट भेडाबाख्रालाई खोप लगाइएको छ ।