महेन्द्र जीसी/आरसी टाइम्स, पर्वत,
वन्य जन्तुहरुबाट खेति जोगाउन बार बनदेज गर्दा सहज हुने भउपनि बाँदरबाट खेसत जोगाउन मुस्कील भएपछि किसानहरले स्थानीय सरकारलाई बाँदर नियन्त्रणका उपाय अपनाउन गुहार लगाउादै आएका छन् । कासकीका किसानले सर्वोच्च अदालत सम्ममा मुद्धा पनि हालेका थिए । तर सरकारले यसबारेमा कुजै उपाय सुझाउन नसकेपछि पर्वतको कटुवा चौपारीका किसानहरुले बाँदर धपाउने र खेति जोगाउने हेरालो तालिका नै सार्वजनिक गरेर स्थानीय सरकारका प्रतिनिधिलाई समेत हेरालो ड्युटीमा खटाएका छन् ।
पर्वतको कुश्मा नगरपालिका वार्ड नं–९ साविक कटुवाचौपारी गाउँमा मकैबाली तथा धानको बीउ जोगाउन वाँदर कुर्ने पालोको समय तालिका सार्वजनिक गगिरेका हुन् । जसमा कुश्मा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रामशर्मा लामिछानेलाई पनि बाँदर धपाउने ड्युटी परेको छ । बाँदरले मकैबालीमा उदण्ड मच्याएपछि जनावरको बाँच्न पाउने अधिकारलाई सुरक्षित गरी बाँदर धपाउने ड्युटी आँफुलाई पनि परेको लामिछानेले बताए । उनले भने ‘मेरो पनि खेतीपाती यहिँ नै छ, म पनि यहाँको स्थानीय हुँ , जेठ ३० गते पालोको दिन मैले पनि बाँदर धपाउन दिनभर ड्युटी गर्नुपर्छ ।’
बाँदर धपाउन १५ दिनपछि पुनः ड्युटी गर्नुपर्ने स्थानीय भुवन नेपालीले जानकारी दिए । एकातिर खडेरीले मकै सुकीरहेका छन भने अर्को तिर बाँदरको विगविगीले किसानलाई मारमा पारेको नेपालीले बताए ।
गाउँमा बाँदरले खेतीबाली नष्ट गरेपछि हिउँदेखेती मकैबाली जोगाउन विहान ४ बजेदेखी साँझ ७ः३० बजे सम्म खेतमा छाप्रो राखी बाँदर धपाउने ड्युटी गर्न स्थानीयलाई प्रत्येक दिन एकघर एकजनालाई पालो लगाइएको लामिछानेले जानकारी दिए । अहिले कालीगण्डकी तथा मोदीखोलाको भिरमा बस्ने साढे दुईसय बाँदरको फौज गाउँमा प्रवेश गरी खेतीवाली नष्ट गरिरहेको छ । यसैगरी पत्रकार राजवावु पिसीलाई पनि बाँदर धपाउने ड्युटी परेको छ । पिसी पनि यहाँका स्थानीयवासी हन् । पिसीले आफ्नो खेतीमा लगाएको मकैबाली
जोगाउन एकदिन बाँदर धपाउने ड्युटी गर्नुपर्ने पालोमा परेका छ ।