महेन्द्र जीसी,
पर्वत, बैशाख ११
मौरी पालनको प्रचुर सम्भावना रहेको पर्वतमा मौरीपालन गरेर आम्दानी गरीरहेका किसानहरुले महको बजारीकरणको लागी मान्यता प्राप्त लेवलीङ र प्याकेजिङ प्रविधिका लागि सरकारी सहयोगको माग गरेका छन । दशकौ पहिलेदेखि शेराना जातको मौरीपालेर मह उत्पादन गरीरहेका किसानले महको अन्तराष्ट्रिय बजारको लागि सरकारी तवरबाट लेवलीङ र प्याकेजिङ हुँदा बजारिकरणमा सहज हुने अपेक्षा राखेको बताएका छन् ।
मौरीपालन व्यवसाय ज्यामीतीय रुपमा विस्तार हुने र ग्रामीण भेगमा विस्तारको सम्भावना धेरै भएर पनि अन्तराष्ट्रिय बजारको सुनिश्चितता नहुँदा व्यवसाय विस्तारमा चुनौती भएको मौरीपालक किसानहरुले बताएका छन् । दश वर्ष देखी मौरीपालन गर्दै आएका फलेवास नगरपालिकाका मदन चापागाईले सरकारी तवरबाट मान्यता पाउन लेवलिङसम्म व्यवस्था भएमा उत्पादन बढाउन सकीने बताए ।
यो वर्ष लामो समय वर्षा नहुदा फुल कम फुल्ने र फुल फुल्ने हिउँदे खेती तोरी लगायतको खेतीको क्षेत्रफल घटदा चरनको कमीले मह उत्पादन घटेको बताइएको छ । मौरीपालनबाटै गत वर्ष एक सय पचास गोला र तीन कुइन्टल मह विक्रि गरेकोमा यो वर्ष उत्पादन घटेको चपागाईले बताईन ।
उत्पादीत महलाई बजारीकरण गर्न सरकारी तवरबाट सघाउने कार्यक्रम आवश्यक भएको चापागाई परिवारले जनाएको छ ।
एक सय ५० घार मौरीपालन गरेको चापागाई परिवारले मौरीपाल बाट वर्षेनी दश देखी १२ लाखसम्म आम्दानी गर्दै आएको जनाएको छ । स्थानीय तवरमा पालीएका मौरीबाट उत्पादित महलाई लेवलीङ र प्याकेजिङको आवश्यकता भएको किसानहरुले बताएका छन । बजारको सुनिश्चितताका लागि नगर पालिकाले पनि थप पहल गर्ने फलेवास नगर उप प्रमुख शोभा कुमारी क्षेत्रीले बताईन ।
पर्वत जिल्ला पहाडी भेग धेरै बन वुटयान क्षेत्र भएका कारण मौरीपालन सम्भावन धेरै भएको यस क्षेत्रमा मौरीपालन क्षेत्र विस्तार गर्ने सम्भावन धेरै रहेको छ । तर मौरीपालन गरीरहेका किसानहरुले भने आगामी बजारको सुनिश्चिताको सम्भावना कम देखेर लगानी बढाउन अन्यौल भएको बताएका छन् ।