आरसी टाइम्स व्युरो
पोखरा, श्रावण २८
वर्षेनी किसानलाई टेक्टर हलो वितरण गर्दै आएको पोखरा महानगरले हलगोरु पाल्ने किसानलाई पनि अनुदान दिने निित अगाडी सारेको छ । गतवर्ष कृषि यन्त्र वितरण गर्दै आधुनिक कृषिका लागि आम लगानीको बातावरण वनाएको बताउने महानगरलाई सरोकारवालाहरुले प्रांगारिक र परम्परागत कृषि प्रविधिको संरक्षणमा चासो कम दिएको गुनासो बढेपछि महानगर कृषि शाखाले यो वर्षबाट हलगोरु पाल्ने र हलो प्रविधिबाट टारीखेतहरुमा खेतिगर्दै आएका किसानलाई प्रोत्साहित गर्न हलगोरु पाल्ने गरेका किसानलाई १० हजार रुपैया अनुदान दिने कार्यक्रम ल्याएको महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरीयाले जनाएका छन् ।
हालै महानगरले गर्त वर्षको प्रगति समिक्षा तथा चालु वर्षका लागि नया प्रस्तावित कार्यक्रम प्रस्तुत गर्ने क्रममा सहभागीहरुले महानगरको कृषि एम्बुलेन्स परिचालन राम्रो देखिएको तर त्यसले ढुवानी गरेर बजारमा ल्याएका कृषि उपजहरको विषादी अवशेष परिक्षण गनिु पर्ने, अनुदान प्रवाह गरिएका गौशालाहरुबाट गोमुत्र खरिद बिक्री सेवा पहुाच गरि शहरी कौशी करेसा गर्नेहरुका लागि युरीयाको विकल्प र जैविकि विधि प्रयोगका अवसरमा टेवा दिनु पर्ने , ग्रामीण साना किसानहरुका लागि कृषि उद्यम करका लागि समेट्न भन्दा गुणस्तरीय कृषि विस्तारका लागि दर्ता सहजीकरण गर्नु पर्ने सुझाएका छन् ।
नगरको कृषिकार्यक्रम र बजेट गाउँले वडाहरुका लागि प्राविधिक सेवा बिकट भएको, एक प्राविधिक २ वडाको अवस्था र पाइएका प्राविधिकमा दक्षता कमी भएको मौजाका बाख्रा पालन व्यवसायी दुर्गा गुरुङले गुनासो गरेका छन् । ग्रामीण वडामा कोदोमा रोग लागेको, मकै लाउन छोडिएको, साना किसानलाई करको मार रहेको ,वडा, नगर, घरेलु सबैतिर कर बुझाउनको हैरानी रहेकाले एउटै वडाबाट काम निप्टाउने नगर सरकारले सहजिकरण गर्न किन नसकेको भनेर उनले सबाल उठाए ।
महागर कृषि योजनाहरुको समिक्षामा सम्बोधन गर्न पुगेका प्रादेशिक कृषि सचिव टंकप्रसाद प्रसाइले कृषि विकास क्रियाकलापको वास्तविकतामा आधारित भएर अनुगमन गर्नु पर्ने सुझाए । महानगरका किसानको कृषि प्रोफाइल वनाउन पहल गरिदिन आग्रह गर्दै कृषि सचिव प्रसाइले तथ्याङ्क व्यवस्थापन र योजनामा सरोकारवालाको सहभागिता खोज्ने तथा उनिहरुकै लागी योजनाको प्राथमिकिकरण गर्ने अभ्यास गर्न सुझाए ।