आरसी टाइम्स व्युरो
पोखरा, असोज ३१
पोखराको फेवा ताल शिरानका बस्तीहरुको कृषिउपज बजारिकरणलाई टेवा पुर्याउन माझथुममा कृषि उपज संकलन केन्द्र सूरु भएको छ । माझथुममा कृषि सहकारी संस्था को ११ औ बार्षिक साधारण सभाको मौका पारेर कृषि उपज सन्कलन तथा बिक्री केन्द्रको पनि शुभारम्भ गरिएको हो । हालैका दिनमा सरकारी सहुल्यतप्राप्त मल विउ विक्रीका लागि पनि कृषि सरकारीको आफ्नै विक्रि केन्द्रको खाँचो महशुस गरेर सहकारीको सक्रियतामा कृषि उपज संकलन केन्द्र तथा कारोबार थालनी गरिएको जनाइएको छ ।
संस्था मार्फत अनुदानको रासायनिक मल बिक्री बितरण, उन्नत बीउ बिजन बितरण, दैनिक दूध संकलन हुँदै आएको मा अब कृषि उपज संकलन तथा बिक्री गर्न पनि थालिएको छ । गत बर्ष फेवा किनारका खेतियोग्य १०० रोपनीको क्लस्टरमा गहु उत्पादन गरेको सहकारीको आफ्नो भवनबाटै सबै सेवा उपलब्ध गर्दै छरिएर रहेका साना कृषकलाई समेटी उत्पादन तथा बिक्री बितरणमा सहजीकरण गर्ने लक्षमा प्रेरित भएको जनाइएको छ ।