आरसी टाइम्स व्युरो
पोखरा, मंसीर २४
कृषि विकासका लागि आधारभुत उपायकारुपमा रहेको माटो संरक्षणका लागि विश्वव्यापी अभियान चलाएदै आइएको वर्षगाँठका अवसरमा पोखरामा पनि माटो दिवस मनाइएको छ । माटो तथा मल परिक्षण कार्यालय पोखराको आयोजनामा मनाइएको माटो दिवसमा निवन्ध प्रतियोगिता, प्रभात फेरी (परिक्रमा) र पुस्कार समारोह आयोजना गरिएको छ ।
कृषि विकासका विभिन्न आयामहरुमा माटोको सम्बन्ध अन्योन्याश्रित मानिन्छ । खानाको जोहो गर्ने अन्नका लागि माटो, अझ उब्जाउपूर्ण मलिलो र अविषाक्त माटो, पशु पालनका लागि पनि शुद्ध आहारा र चरन श्रोतका लागि माटो, मानिसको आहारा र आरोग्यताका श्रोतका लागि माटो, उन्नत वनस्पतिका लागि अनुकुलन गर्नका लागि माटो , स्वस्थ वायु र उर्जा व्यवस्थापनका लागि माटो, पृथ्वीको दिगो संरक्षणका लागि पनि माटो , यसरी एकै विश्वमा जोडिएका हरेक सृजनाहरुका लागि एउटै स्वास्थ्य र एउटै माटो जरुरी भएको अवस्थामा माटो प्रतिको सम्बेदना सुन्नका लागि आग्रह गरिएको छ । समारोमा सम्बोधन गर्दै गण्डकी प्रदेशका कृषि सचिव टंक प्रसाद प्रसाइले बदलिँदो जलवायु अनुकुलनकालागि माटो जोगाउन सबैको साझा योगदानको खाँचो औल्याए ।
। एक चिम्टी माटो बन्न हजार वर्षभन्दा बढी लाग्ने र माटोको क्षयिकरण रोक्न बोट बिरुवा हुर्काउने र कम्पोष्ट प्रयोग बढाउनु पर्नेमा कृषि सचिव प्रसाइले जोड दिए । माटो जोगाउने प्रकृयामा प्राङ्गारिक उन्मुख खेति प्रणालीको विशिष्ट महत्व हुने चर्चा गर्दै एकिकृत खाद्य तत्व व्यवस्थापन श्रोत संस्थाका प्रतिनिधि तथा श्रोत व्यत्ति मुक्तिनाथ अधिकारीले दिगो माटो व्यवस्थापनमा रासायनिक मल र विषादीको प्रयोगले नोक्सानी बढेको चिन्ता प्रकट गरे । शहरीकरणले गर्दा उर्बर फाँटहरुमा बस्ति बढ्ने र गाउँका खेती योग्य जमीन बाँझो रहने मात्रा बढेकोले चुनौती बढदै गएको अधिकारीले ध्यानाकर्षण गराए ।
माटो संरक्षणका अभियान र कार्यक्रमहरुलाई प्रादेशिक कृषि विकास निर्देनालयले कार्यक्रम र बजेट प्रबाहमा सकारात्मक रुपमा लिने गरेको र माटो जोगाउने पहललाई जोड दिने निर्देशनालयका निमित्त प्रमुख बालकृष्ण अधिकारीले प्रतिवद्धता जनाए । नयाँ पुस्तालाई आवधिक माटोको मुल्य पहिचान गराउन विद्यालय तहमा माटो पढाउन जरुरी रहेको अधिकारीले जोड दिए । डिजीटल माटो परिक्षण यन्त्रको उपयोग गर्दै शुभारम्भ गरिएको समारोहमा माटोको महत्व सम्बन्धमा गरिएको विद्यालय स्तरीय निवन्ध प्रतियोगिताका विजयीहरुलाई पुरस्कृत गरिएको छ । निवन्ध प्रतियोगितामा अमरसिंहका प्राञ्जल पौडेल, अन्नपूर्णका बिमल विश्वकर्मा, पोखरा चिसाखोला वेद विद्याश्रमका अपील अधिकारी र विन्धेश्वरीकी सोनीया अधिकारी क्रमशः प्रथम देखि चौथा भएका छन् । निवन्धमा छनौट भएका प्रतियोगीलाई माटो परिक्षण कार्यालयका प्रमुख सुनिल पाण्डे र प्रादेशिक कृषि सचिव टंकप्रसाद प्रसाइले नगद सहित पुरस्कृत गरेका छन् । उत्कृष्ठ निवन्ध लेखनमा विजयी प्राञ्जल पौडेलले समारोहमा आप्mनो रचना पाठ गरेका थिए ।