आारसी टाइम्स व्युरो
मुस्ताङ्ग, पौष ९
हिमाली जिल्ला मूस्ताङ्गमा हिउँ वर्षासँगै स्याउँ बगैचा गोडमेल गर्ने दैनिकी सूरु भएको छ । पोखरा क्षेत्रमा उच्च बजार मुल्य पाउने मुस्ताङ्गको स्याउका बगैचाहरुबाट आगामी वर्षमा पनि राम्रो उत्पादन लिनका लागि किसानहरुले हरेक वर्ष पुष माघ महिनामा बगेचा गोडमेल गर्ने कृषि पात्रो पालना गर्दै आएको कृषि ज्ञान केन्द्र मुस्ताङ्गका प्रमुख प्रकाश बस्ताकोटीले व्युरोलाई जनाएका छन् । कृषि ज्ञान केन्द्र प्रमुख बस्ताकोटीका अनुसार पतझर बनस्पति स्याउ हिउँ वर्षाको समयमा सुसुप्त अवस्थामा(हाइबरनेशन) रहने , पात झरेर सबै हाँगाहरु प्रस्टसँग देख्न सकिने भएकाले रोगी, घाइते र उत्पादन लिन नसकिने स्याउबोटका हाँगाहरु काटेर बोटलाई चुस्त र स्वस्थ राख्न गोगमेल गर्ने, मल तथा अन्य खाद्यतत्व दिने कार्यक्रम हुने गरेको छ ।
स्याउबोटको सुसुप्त अवस्थामा गोडमेल गर्दा उचित रुपमा गुणस्तरयि हाँगा जोगाउने र गुणस्तरहिन हाँगा हटाउने मात्र नभएर गुणस्तरीय दाना फालाउने योजनाका लागि बगैचा सुधारका काम पनि हुने मार्फाका स्याउ व्यवसायि किसान दीपक लालचनले व्युरोलाई जनाएका छन् । लालचनको पुरनो मार्फा( धवाङ्ग)मा रहेको ३५ रोपनीको बगैचामा उच्च घनत्वका तीन हजार र स्थानीय छ सय स्याउका बोटहरुमा काटछाट चलिरहेको छ । यो हिउँदमा धवाङ्गमा रहेको करिव ५ सय रोपनीमा २० हजार स्याउ बोट गोडमेल र मलजलमा किसान र कृषि मजदुरलाई कामको चटारो नै छ । लालचनका अनुसार चिसो मौसमको अवधी लामोहुने कागबेनी, छुक्साङ्ग, घमी र यारा क्षेत्रमा फागुन सम्मनै सुसुप्त अवस्था कायम रहने भएकाले त्याताका बगैचामा गोडमेल गर्ने काम फागुन सम्म गर्न सकिने भएपनि मार्फा—टुकुचे जस्ता तल्लो मुस्ताङ्गका स्याउ बगैचामा पुष—माघ भित्रै काटछाँट गर्नु पर्ने बाध्यता रहेको छ । सुसुप्त अवस्था गुज्रीएपछि स्याउँमा आकुरा टुसाउने र कोपीला लाग्ने बेला भएकाले सुसुप्तीकालमा नै गोडमेल गर्नु पर्ने भएकाले जाडो मौसममा किसानहरु न्यानो ठाउँमा मौसमी बसाइ सर्ने भन्दा बगैचा सुधार अभियानमा लागिरहेका छन् ।
तस्वीर सौजन्य : दीपक लालचन