कृषिविकासका लागि आवश्यक रणनिति र योजना तर्जुमा गर्न कृषि क्षेत्रका बहुआयामिक तथ्यांकहरुको खाँचो पर्दछ । यसकालागि दक्ष र भरपर्दो सूचना प्रणालीको अभावका कारण कार्यसम्पादनमा कठिनाइ परेको अवस्था सरलीकरण गर्न हालै गण्डकी प्रदेश सरकारले नविन डिजिटल प्रविधि प्रयोग गर्ने निति अगाडीसारेको छ । प्रदेश सरकारले कृषि क्षेत्रको तथ्याङ्क संकलन एवं आवश्यक कृषि व्यवसाय प्रवद्र्धन गर्न भौगोलिक सूचना प्रणाली (जिआईएस) र सूदुर संवेदनाको गणना (रिमोट सेन्सिङ्ग) प्रविधिको सुरुवात गर्ने तयारी थालेको छ । यसको नितिगत सहजताका लागि आगामी आर्थिक वर्ष २०८०/८१ सालको नीति तथा कार्यक्रममा यो प्रविधिको प्रयोग गर्ने नितिगत व्यवस्था समावेश गरिएको छ । यो आलेखमा ‘रिमोट सेन्सीङ्ग’ प्रविधिले कृषि तथ्यांक संकलनमा कसरी सहयोग पुग्न सक्छ भन्ने बारेमा छलफल गरिएको छ । रिमोट सेन्सीङ्गसँगै जोडिएको भौगोलिक सूचना प्रणाली (जिआईएस) र सूदुर संवेदनाको गणना (रिमोट सेन्सिङ्ग) प्रविधि बीचको पारस्परिकता समेत यहा चर्चा गरिएको छ ।
के हो त भौगोलिक सूचना प्रणाली (जिआईएस) र सूदुर संवेदनाको गणना (रिमोट सेन्सिङ्ग) प्रविधि ?
रिमोट सेंसिङ कुनैपनि भूमिमा भएका विभिन्न किसिमका वस्तुस्थितिको जानकारी विकिरणको माध्यमबाट मापन गरी सीधा सम्पर्क विद्युतिय माध्यममा प्राप्त गर्ने एक बैज्ञानिक प्रक्रिया हो । यस प्रक्रियामा घामबाट आएको आकर्षित विकिरण र भूमीमा भएको लक्षित निशानहरूबीचको परस्परक्रिया भई उत्पन्न हुने बिकिरण मापनगरी विद्युतीय यन्त्रमा फर्कन्छ र डाटाको रुपमा यन्त्रमा देखिन्छ ।
कृषि सूचना गणनामा कसरी यो प्रविधि प्रयोगमा ल्याउन सकिन्छ ?
संयुक्त राष्ट्र खाद्य एवं कृषि संगठनको एक अध्ययनले सन् २०५० साल सम्म विश्वको जनसंख्या ९.१५ अर्बमा वृद्धि हुने अपेक्षा गरिएको छ र सो अपेक्षित बढ्दो जनसंख्याको खाद्य संकटलाई पुर्ति गर्न हालको खाद्य उत्पादनलाई ६०प्रतिशतले वृद्धि गर्नुपर्ने देखाएको छ । वर्तमान स्थितिमा कृषि उपजको उत्पादन तथा उत्पादकत्व बढाउन उच्च घनत्व जात, सिँचाई, माटोको जाँच, मलको प्रयोग, रोग किराको नियन्त्रण, तथा अन्य बैज्ञनिक व्यवस्थापनका उपाय खोजी हुने र प्रयोग गर्ने अभ्यास हुँदै आएको छ । कृषिको उत्पादन वृद्धि गर्न गरिने अथक क्रियाकलप र उपायहरु छोटो अवधीमानै ठाउँ र समयमा अत्यधिक परिवर्तन हुने गर्दछन् ।
छोटो समयावधि भित्र परिवर्तन हुने सक्ने वातावरणीय स्थितिहरूमा खेती गर्न हुने अनुकूल अवस्थाको वास्तविकता समयमानै थाहा हुनपर्छ । यसकारण रिमोट सेंसिंङ्ग प्रविधिको उपयोग कृषिको खेतियोग्य जमिन, फसलको समय, वाली र माटोको अवस्थ्या, पानीको गुणस्तर तथा वातावरणीय स्थितिहरूको महत्वपूर्ण जानकारी विद्युतिय माध्यमबाट दिन मद्दत गदर्छ ।
विश्वजगतमा रिमोट सेंसिंङ्गद्वारा कृषि क्षेत्रमा गरिएका मुख्य प्रयोगहरूः
१. कृषि उत्पादन तथा फसलको पूर्वानुमान गर्नः रिमोट सेंसिङ विज्ञानले दिएका विशेष स्थितिहरूमा निर्दिष्ट क्षेत्रमा प्रत्याशित उत्पादन र फसलको अनुमान गर्न प्रयोग गरिन्छ । यसबाट शोधकर्ताहरूले निर्दिष्ट अवधिमा खेतबारीमा कति मात्रामा वाली उत्पादन हुनसक्छ भन्न्े पूर्वानुमान गर्न सक्ने छन् ।
२. बाली उत्पादनको पुर्वानुमानः कृषि भूमि तथा त्यस क्षेत्रमा भएका विभिन्न वालीमा प्रभावपार्ने खालका प्रविधिक पक्षहरुको सुक्ष्म अध्ययन यस प्रविधिले गर्छ । मापन गरेर दिएको प्राविधिक पक्षहरुको मध्यनजर गरी प्रभाव पार्न सक्ने प्राविधिक पक्षहरुको लेखाजोखा (क्रप मोडलिङ्ग) गरी डिजिटल माध्यमबाट समग्र प्रत्याशित उत्पादनलाई निर्धारण गर्न प्रयोग गरिन्छ ।
३ माटोको नक्शांकन ( सोइल म्यापिङ्ग): यसविधिको प्रयोगबाट गरिने माटो नक्शांकन वा नक्शापट्टी कार्य सबैभन्दा आम र अत्यन्त महत्वपूर्ण मानिन्छ । माटोको नक्शापट्टीद्वारा कृषकहरूले कस्तो माटो वालीलाई आदर्श एव आवस्यक पर्ने र आफ्नो जमिनको माटो कस्तो किसिमको हो र त्यसमा कस्तो प्रकारको बाली लगाउँदा अनुकुल उत्पादन लिन सकिन्छ भन्ने जानकारी सटिक रुपमा लिन सक्दछन् ।
४. खेतीको क्षेत्रफल अनुमान: खेति गरिएको जग्गा वा जमिनको क्षेत्रफल निकै ठुलो हुने र आकार, बनोट फरक फरक प्रकृतिको हुनाले भैतिक उपस्थितिमा नापजाच गर्न सामान्यतया कष्टकर तथा लागत धेरै लाग्ने हुनाले यो व्यवस्था निकै प्रभावकारी सावित भएको छ ।
५. वालीको पहिचान: विशेष गरी केही रहस्यमय विशेषताहरू देखाएको वालीको पहिचानमा रिमोट सेंसिंग प्रविधि सहयोगी हुन सक्दछ । वालीको विभिन्न अवस्था र विशेषताहरूको तथ्याङ्क प्रयोगशालामा अध्ययन गरि वालीको पहिचान हुने गरेको छ ।
६. वालीको क्षति र प्रगति निर्धारण: सेटेलाइट वा विशेष क्यामराको प्रयोगबाट प्राप्त तथ्यांकका आधारमा विश्लेषण गरिने रिमोट सेंसिंङ्ग प्रविधि प्रयोग गर्दा खेतीगरिएको जमिनमा आकर्षित विकिरण प्रवेश गरी कति हिस्सा वाली क्षतिग्रस्त भएको छ र बाँकी वालीको प्रगतीको के कस्तो छ भन्ने विवरण संकलन गर्न समेत सजिलो हुने गर्दछ ।
७. कीट र रोग आक्रमणको पहिचानः दूरसंचारको प्रविधिवाट कृषि भूमिमा भएका अनेक कीटहरूको पहिचानमा महत्वपूर्ण भूमिका निभाउँदछ । खेतमा हुने कीट तथा रोगहरूबाट छुटकारा पाउन उचित कीट नियन्त्रणको संयत्रलाई सम्बन्धित विवरण दिएर शिघ्र समाधान व्यवस्थापन गर्न सहयोग गर्दछ ।
८. पानी स्रोत नक्शांकनः रिमोट सेन्सिङ्गको प्रयोगले कृषिका लागि प्रयोग गर्न सकिने पानी स्रोतहरूको रेखांकन गर्न महत्वपूर्ण भूमिका निभाउँछ । दूरसंचारको प्रयोगद्वारा कृषकले आफ्नो भूमिमा पानी स्रोतहरूको उपलब्धता र पानी स्रोतको पर्याप्तता के कस्तो छ भन्ने जानकारी लिन सक्दछन् ।
लेखकः रविनसन अधिकारी कृषि विषयमा, स्नाकोतर हुन र हाल गण्डकी प्रदेशको मत्स्य विकास केन्द्र, मिर्मी स्याङ्गजामा प्रमुखका रुपमा कार्यरत छन् ।