• Aarsee Times
Sunday, May 11, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

रैथानेबालीको संरक्षणमा कृषि समाजशास्त्रको भूमिका

आरसी टाइम्स by आरसी टाइम्स
१० श्रावण २०७९, मंगलवार १८:५७
in ऋषिकृषि, कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
रैथानेबालीको संरक्षणमा कृषि समाजशास्त्रको भूमिका
0
SHARES
105
VIEWS
Share on FacebookShare on Twitter

कुलराज चालिसे

 

शरद् ऋतुतिर गण्डकी अञ्चलका सवै किसानको आँखा जान्थे अन्नपूर्ण हिमालयतिर – अन्नपूर्ण हिमाल चाँडो खुल्यो भने त्यो साल सहकाल हुन्छ भन्ने गाउँघरको किंवदन्ती हुँदा । वर्षाभरि अन्नपूर्ण हिमाल बादलले ढाकिने हुँदा, त्यो प्रायः अदृश्य नै रहन्थ्यो । खेतमा धानबाबाला लहलह हुने ताका अन्नपूर्ण भनेको हुनुपर्दछ । “विश्वासले पहाड चढाउदछ” भनेको साँचो हो । त्यस बखत ग्रामीण जीवन प्रायः विश्वासमै धानिएको थियो । खेतमा धानका बाला झुलेपछि धान राम्रो पाक्यो कि पाकेन भनी विचार गर्नलाई किसानले न्वागी खान्थे — कलेजा परेको दहीमा काँचो चामल मुछेर । न्वागीलाई पनि सानोतिनो चाडजस्तै मान्दथे ।

—सरदार भीमवहादुर पाँडे, त्यस बखतको नेपाल (भाग एक) पृष्ठ ३५

रैथानेबालीको महत्त्व सन्दर्भमा यतिबेला आम चासो देखिएको छ । गत हप्ता मात्र यस सन्दर्भमा पोखरामा दुईवटा परिचर्चा कार्यक्रम सम्पन्न भए । एउटा विज्ञान तथा प्रविधि मन्त्रालयले र अर्काे कृषि मन्त्रालयले सम्पन्न गरे । रेथाने अन्ननश्लको संरक्षण कृषिजैविकविविधता संरक्षणको निमित्त मात्र महत्त्वपूर्ण नभएर परम्परागत कृषिको ज्ञान जलवायु परिवर्तन तथा अनुकुलनको निमित्त भरपर्दाे विकल्प भएकोले कृषि तथा विज्ञान तथा प्रविधि मन्त्रालयको निमित्त चासोको विषय भएको हो ।

रैथानेकृषि सस्कृतिलाई संघीय सरकारले मात्र नभई प्रदेश तथा स्थानीय सरकारले पनि प्राथमिकतामा राखेकाछन् । खोज पाठशालाले आज भन्दा पाचवर्ष अगाडी विज्ञान तथा प्रविधि प्रतिष्ठानमा सोध प्रस्तावना प्रस्तुत गरेको थियो । प्रतिष्ठानले सोध प्रस्ताव स्वीकार गर्न नसक्दा आरसी टाईम्सले ऋषिकृषि वहसमा निरन्तर दुईवर्ष प्रकाशन गरेको थियो । छापा प्रकाशनको अलावा विभिन्न विद्युतीय फोरममा वहस भएको थियो । नेपालको कृषिनीति तय गर्ने निर्णायक तहका अधिकारीलाई आकर्षण गर्न नसकेको विषयले नेपाललाई माया गर्ने विदेशमा सेवारत प्राविधिकलाई आकर्षण गरेको थियो ।

उक्त वहसमा योगी नरहरिनाथले प्राथमिकता दिनुभएको ऋषिकृषि सिद्धान्तलाई आधार लिईएको थियो । त्यस क्रममा पहाडका परम्परागत कृषि प्रविधिका धेरै तत्थ्यहरू उपर छलफल भएकोथियो । तिनीहरू वेद तथा पुराणमा उल्लेखित सुत्रलाई स्थानीय परिवेशमा अनुकुलन भएका प्रविधिमा आधारित थिए । त्यसमानेमा हाम्रो वहस विश्वका अन्य देशमा अवलम्वन गरीएका प्रविधि भन्दा अलग थिए ।

तिनीहरूको महत्व उत्पादन र अनुसन्धानमा मात्र सिमित थिएनन् । पृथक प्रकृतिको पर्यटनको आधार बनाउन पनि त्यत्तिकै महत्त्वपूर्ण थिए । त्यत्ति गर्दा पनि प्रदेश तथा स्थानीय सरकारहरूले सार्वजनिक गर्ने नीति तथा कार्यक्रममा रैथाने बालीले स्थान पाउन सकेका थिएनन् । हामीले वहस प्रारम्भ गरेको दुईतीन वर्षमा रैथानेबालीले वार्षिक कार्यक्रममा स्थान पाएका थिए ।

तर आधुनिक कृषि प्रविधिमा दिक्षित जनशक्तिले नीति तथा कार्यक्रममा भएको रैथानेबाली प्रवद्र्धनका कार्यक्रमलाई कार्यान्वयनको चरणमा व्यवस्थापन गर्न अलमल गरेका थिए । आर्थिकवर्षको अन्तिम क्षणमा उपरोक्त दुई महत्त्वपूर्ण कार्यक्रमहरू सम्पन्न भए । आयोजकहरूले रैथानेबालीको संरक्षणको आवस्यकतालाई स्वीकार गरेका थिए तर कार्यान्वयनको निमित्त नशा समाउन सकेका थिएनन् । यो आलेखले उक्त दुई कार्यक्रमको लाक्षणिक सन्देश कोट्याउन प्रयास गर्ने छ ।

१ रैथानेबाली संरक्षणका कार्यक्रम कार्यान्वयन गर्न कृषि प्रविधि भन्दा कृषि समाजशास्त्रको गहिराई बुभ्mन आवस्यक हुन्छ । परिमाणात्मक उत्पादनको आधारमा तिनको संरक्षण सम्भव हुदैन । कृषि वैज्ञानिक तथा प्राविधिकको आवस्यकतालाई हेरेर किसानले रैथानेबालीलाई बचाउन योगदान दिन सक्दैनन् । एउटै नीतिमा प्रवद्र्धन भएका कृषि बजारका रणनीतिमा रैथानेबालीले प्रतिस्पर्धा गर्न सक्दैनन् । व्यावशायिक कृषिको चक्रमा प्रवेश नगरेका त्यस्ता रैथानेबाली संग्रहालयमा राखेका बस्तु जस्तै हुन्छन् । यथास्थानमा लामो अबधि टिक्न सक्दैनन् । तिनीहरूलाई ब्राण्डिङ्ग गर्न कृषिसमाजशास्त्रको सहारा लिन नितान्त आवस्यक हुन्छ । सम्पन्न कार्यक्रमले कृषिसमाजशास्त्रलाई न्याय गर्न सकेनन् कि भन्ने लागेको छ ।

२ उक्त कार्यक्रमहरू सम्पन्न हुँदा संघ, प्रदेश तथा स्थानीय सरकारहरूले आगामी वर्षको निमित्त नीति तथा कार्यक्रम घोषणा गरेर बजेट विनियोजनको कार्य सम्पन्न गरिसकेका थिए । आर्थिकवर्षको अन्तमा सम्पन्न त्यस्ता परिचर्चाको निष्कर्ष नीति तथा कार्यक्रममा समावेस हुने मौका पाउदैनन् । वार्षिक प्रगति प्रतिवेदन ग्राह्य बनाउन सम्पन्न हुने त्यस्ता कार्यक्रमहरूको लाक्षणीक सन्देश के भनेर बुभ्mने ?

३ रैथानेबाली संरक्षणमा लामो अबधिसम्म अभ्यास गरेका विज्ञ नपाउने होईन । कतिपय अवस्थामा उनिहरूले सरकारी निकायमा प्रस्ताव पनि गरेका होलान् । तर उनिहरूले सरकारी प्राविधिकलाई चुरो समस्या बुझाउन सकेनन् र सरकारी निकायले उनिहरूसंग सहकार्य गर्ने वातावरण मिल्न सकेन । यथास्थितिमा रैथानेबालीलाई व्यावशायिक कृषिमा आवद्ध गराउन कठिन हुन्छ । रैथानेबाली उपर धेरै अनुसन्धान हुन बाँकी छ । विकासे अड्डाहरूले अनुसन्धानलाई प्राथमिकता दिन सक्दैनन् र सरकारी सहयोगको अपेक्षा नगरेका अनुभवी विज्ञले निशुल्क ज्ञान बाडन पनि सक्दैनन् । उनिहरूको अनुभवलाई सरकारी नीतिमा कार्यान्वयन गर्नको निमित्त सर्वप्रथम जिम्मेवार अधिकृतहरू नै कृयाशिल हुन आवस्यक छ ।

४ अनुसन्धान प्रतिवेदनहरू र आरसी टाईम्सले चलाएको वहसले ऋषिकृषि पद्धत्तिलाई विश्वविद्यालयको पाठ्यक्रममा समेत प्रविष्ट गराई सकेको छ । संघीय तथा प्रदेश सरकारका नीति तथा कार्यक्रमहरूमा रैथानेबालीले यो वर्ष पनि प्रवेश पाएका छन् । आगामी आर्थिकवर्षमा त्यस्ता कार्यक्रम कार्यान्वयन गर्दा यो वर्षको जस्तै आर्थिकवर्षको अन्तिम क्षणमा नहोस् ।

५ रैथानेबाली संरक्षण गर्ने नै हो भने कृषक तथा उपभोक्ताको मनोसामाजिक पक्षलाई पनि सम्बोधन गर्न आवस्यक छ । यो कार्य कृषि प्राविधिकको एकल प्रयासमा सम्भव हुदैन । त्यसैले सम्बन्धित कार्यालयहरूले समाजशास्त्रीहरूको पनि सहायता लिन प्रयास गरोस् । समाजशास्त्रमा अध्ययनरत विद्यार्थीको सोधको विषय रैथानेबाली र परम्परागत खाद्य सस्कृति पनि हुन सक्छ । यस उद्देश्यमा विश्वविद्यालयहरूले कृषि मन्त्रालयसंग सहकार्य गर्न सक्छन् ।

६ यो लेखको प्रारम्भमा प्रस्तुत हरफहरू सरदार भीमवहादुर पाँण्डेको त्यस बखतको नेपाल, भाग एकबाट उद्धरण गरीएको हो । ऐतिहाँसीक विषयवस्तु उपर लेखिएका त्यस्ता धेरै पुस्तकहरू पुस्तकालयमा उपलब्ध छन् । आधुनिक कृषि प्रविधिका प्रकाशनले समेटन नसकेका सूचनाहरू त्यस्ता पुस्तकबाट पाउन सकिन्छ । हिमाल हेरेर सहकालको अनुमान गर्ने, चरा तथा जनावरको व्यवहारबाट मौसमको अनुमान गर्ने, चाडपर्वको निमित्त छनौट गर्ने अन्न जस्ता विषय समाजशास्त्रका हुन् । तिनको प्राविधिक औचित्यता प्रमाणित गर्न कृषि प्राविधिक र समाजशास्त्रीको सहअनुसन्धानको आवस्यकता हुन्छ । कृषि मन्त्रालयले अनुसन्धानको यो पाटोलाई पनि बेलैमा सोचोस् ।
७ रैथानेबाली संरक्षणमा खाद्य प्रशोधन विधाको पनि महत्त्वपूर्ण भूमिका रहन्छ । गुन्द्रुक मस्यौरालाई हामीले रैथाने खाद्य सस्कृति मान्छौ । ठूलठूला होटलमा आयोजना हुने भोजभतेरमा तिनले स्थान पाएका पनि देखिन्छ । तर चालु आर्थिकवर्षमा मात्र हामीले अरवौंको गुन्द्रुक आयात गरेको पढन पर्दा खुसी लागेको हुँदैन । हामीले गुन्द्रुक तथा मस्यौरा प्रशोधनमा लगानी गरेरबजार प्रणालीमा स्थापित गर्नै सकेनौ । कृषि मन्त्रालयले यस्ता ससाना कुरामा ध्यान दिन सकेन भने रैथानेबाली संरक्षण फेरीपनि देखाउने कार्यक्रममा सिमित हुन्छ, मर्मलाई सम्बोधन गर्न सक्दैन ।

Previous Post

तपाइलाई जोगाउने माटो जोगाउन तपाइले के गर्नु भो ?

Next Post

गण्डकी कृषि एजेन्सीहरुको वार्षिक समिक्षा

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
गण्डकी कृषि एजेन्सीहरुको वार्षिक समिक्षा

गण्डकी कृषि एजेन्सीहरुको वार्षिक समिक्षा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In