महेन्द्र जीसी/आरसी टाइम्स
पर्वत, मंसीर ११,
वावु वाजेले पालन गरेको रैथाने भेडा पालेर जिन्दगी गुजारीरहेका पर्वत फलेवास शंकर पोखरीका तेज बहादुर थापा र कुश्मा ठुलीपोखरीका कृष्ण पौडेलको दैनीकी एउटै हो ।
विहान खाना खाई वरी दश बजे भेडा चराउन जाने र साँझ भेडाको दाना पानी गरेर भेडी गोठ कुर्ने उनिहरुको दिन चर्या छ । युवाहरु अवसर र रोजगारी खोज्न वैदेशिक रोजगारीमा दिनानुदिन बाहिरिएको वेला पर्वतका गाउँ कुना कन्दरमा भने रैथाने भेडा पालन गरेर जिवन गुजारा चलाएकाहरुको जीवन रोचक पनि छ । वर्षमा दुई पटक विक्रि हुने भेडा पालेर र घर व्यवहार चलाउने देखि दैनिक गर्जो टार्ने यी दाजुभाई एउटै खर्कमा भेडा चराउँदै गरेका भेटिन्छन । खर्क फेरी फेरी भेडा चराउनु , गर्मीमा भेडाको उन निकाल्नु पखाल्नु, ‘रोग व्याधि लाए ओखती गर्नु’ उनिहरुका काम हुन । स्थानीय लामपुच्छरे काय प्रजातीका भेडा पालेर गुजरा चलाउँदै आएका ठुलीपोखरीका कृष्ण पौडेलले २०६५ साल देखि बरुवाल प्रजातीका भेडा पाल्दै आएको बताए । ३५ माउ भेडा पालेका पौडेलले वर्षमा सात देखि दश लाख सम्म आम्दानी हुने गरेको बताए ।
जेठ र मंसीर महीनामा हुने भुमे पुजामा वली दिन प्रयोग गरीने भेडा तयार पार्ने काम यीनै दुई किसानले गर्दै आएका हुन ।
रैथाने बरुवाल जातका भेडा पालेर वार्षिक आम्दानी गर्दै आएका पौडेल र थापा जिल्ला कै भेडा पालक किसान हुन । दुवैले तीस तीस ओटा भेडा पालेका पौडेल र थापाले भेडा बेचेर वर्षमा दश लाख सम्म आम्दानी गर्दै आइरहेको बताउँछन । ०६३ साल देखि भेडा पालन गर्दै आएका शंकर पोखरीका तेज बहादुर थापाले पनि वर्षको दश लाख बराबर आम्दानी गर्ने गरेको बताए ।
पौडल सँग ३५ माउ भेडा रहेका छन भने थापासँग तीस वटा माउ भेडा रहेका हुन । अर्कोको देशमा गरे आदेशको भरमा जागीर खानु भन्दा स््वतन्त्र रुपमा आफुहरु खेली हुर्र्किएको पाखा पखेरमा भेडा चराउँदै जिवन गुजार्नु वेग्लै आनन्द हुने गरेको उनिहरुको अुनुभव छ । सिमित रुपमा पालिने भएको हुँदा कृषकलाई भेडा विक्रीका लागि कुनै समस्या छैन ।