कुलराज चालिसे
हामीले विगत पाँचवर्ष देखि ऋषिकृषि वहस अन्तरगत शास्त्रोचित विज्ञानलाई प्राथमिकताकासाथ समावेस गरेका थियौ । तर ति वहसहरुको पहुँच कथावाचक भागवताचार्यसम्म पुगेको महसुस भएको थिएन । भाषा र मनोवैज्ञानिक पक्षलाई प्राथमिकता दिएर बनेको पाठ्यक्रममा दिक्षित शास्त्रीहरुबाट हामीले शास्त्रोचित विज्ञान पक्षको दृष्टान्त पाउने अपेक्षा राखेका थिएनौ । तर शास्त्रीहरुले विज्ञान पक्षको उपेक्षा गर्दा अन्न प्रदुषण गरेर जनताको विचार प्रदुषण गराउने पाश्चात्य रणनीतिमा विकास भएको पाठ्यक्रममा दिक्षित कृषि प्राविधिकहरु स्वच्छन्द हुने मौका पाएको अनुभव हामीलाई भयो ।
आधा गाग्री अल्लीधेरै छचल्किन्छ भनेर आधुनिक कृषि अर्धविज्ञानलाई आरोप लागे जस्तै केवल मनोविज्ञानलाई मात्र केन्द्रमा राखेर शास्त्र व्याख्या गर्दा पनि आधागाग्रीकै आरोप आउन सक्छ । प्रतक्षलाई शब्दप्रमाणले मात्र विस्थापन गर्न सक्दैन । धेरैजसो भागवताचार्यहरु वैदिक विज्ञानमा कमजोर देखिनुहुन्छ । त्यो वाहाहरुको भन्दा पाठ्यक्रमको दोष हो । सस्कृत पाठ्यक्रमले तत्त्वलाई भन्दा भाषालाई जोड दियो । पाठ्यक्रम संसोधन गर्दा पनि गणित र विज्ञानलाई भन्दा भाषालाई नै प्राथमिकता दियो । चतुश्लोकी भागवतमा सत्यता छ । त्यो पूर्ण छ ।
वैदिकशास्त्रीहरुले कृषिवार्तालाई उपेक्षा गरेको अवस्थामा उनिहरुले आधुनिक कृषि प्रविधिमा धर्म, सस्कृति तथा पुस्तौपुस्ताको अनुभवले निखारीएको परम्परालाई विकासको बाधक मानेर विस्थापनको प्रयास गरेका थिए । उनिहरुको विश्वास मनोविज्ञान भन्दा धेरै विज्ञानमा केन्द्रित थियो । आधुनिक कृषिको अभ्यासले कृषि उपजको गुणस्तरमा ह्रास हुने अनुभव केही प्राविधिकले गरेपछि अंग्रेजको शासनकालमा नै भारतवर्षबाट सिकेको शास्त्रोचित कृषि प्रविधिलाई अनुकरण गरेर अग्र्यानिक कृषि अवधारणाको अनुसन्धान सुरु गरेका थिए । त्यसले आधुनिक कृषि प्रविधिबाट सन्तुष्ट नभएका पाश्चात्य पाठ्यक्रममा दिक्षित हाम्रा कृषि प्राविधिकहरु पनि अग्र्यानिक कृषि तर्फ आकर्षण गरेको थियो । यति हुँदासम्म वेदवादी शास्त्रीहरुले अनिहरुसंग सहकार्य गर्न सकेनन् । सहकार्यको अभावमा अग्र्यानिक कृषिका प्राविधिकहरुले प्रविधि सम्वद्ध शब्दहरुलाई नेपालीकरण गर्न समेत सकेनन् ।
तैपनि वेदवादी शास्त्रीहरुको ध्यान भङ्ग हुन सकेन । विदेशी धर्मप्रचारक र उनिहरुको उत्प्रेरणमा धर्मनीरपेक्षताको नीति अँगाल्ने राजनीतिको विरोध गर्ने उनिहरुको उर्जा वेदोचित कृषि प्रविधिको विकासमा लगानी गरेको भए उल्लेखनीय उपलब्धि प्राप्त हुनसक्थ्यो । त्यसैले विगतका दुई हप्तामा हामीले कथावाचक व्यासाचार्यहरुलाई लक्ष गरेर वहस गरेका थियौ । विष्णुपुराण, तृत्तीय अंश, अध्याय ६ अनुसार वेदव्यासले आप्mनो शिष्य रोमहर्षणलाई चतुश्लोकी पुराणसंहिता मात्र दिनुभयो । रोमहर्षणले आप्mना शिष्यहरु सुमति, अग्निवर्चा, मित्रायु, शाँसपायन, अकृतव्रण र सावर्णि गरेर छजनाको सहयोगमा पुराणमा ऐतिहाँसिक दृष्टान्त जोडेर विस्तार गर्नुभएको उल्लेख छ । चतुश्लोकी भागवतलाई बोधगम्य बनाउदा चारश्लोकबाट विस्तार भएर चारलाख श्लोकका अठारपुराणहरु लेखिन पुगेको सत्य पुराण स्वयंले उल्लेख गरेका छन् ।
तैपनी पुराणहरु वैदिक विज्ञानलाई बोधगम्य बनाउन सक्षम भएनन् र त्यत्तिनै उपपुराणहरु तथा उपनिषद्हरु लेख्न परेको थियो । “इतिहासपुराणं पञ्चमं वेदानां वेदम्” भनेर तिनलाई “पंचम वेद”को संज्ञा दिइयो । यतिधेरै प्रयास गर्दापनि वैदिक विज्ञानलाई बोधगम्य बनाउन नसकेर “शतकोटिप्रविस्तरम्” जस्तो शब्द प्रयोग गरेर वर्तमान पुराणहरुलाई संक्षिप्त भनियो । ब्राह्माण्ड संचालनको सम्विधान बोधगम्य नहुँदा स्वयं नारायणले समेत तेइसपटक अवतार ग्रहण गरेर संसोधन सन्देश सम्प्रेषण गरी चौविसौ अवतारको तैयारी गर्दै हुनुहुन्छ । यसमानेमा चतुश्लोकी संहिताको मूलमर्मलाई अक्षुण राखेर पुराणहरुमा ऐतिहाँसिक दृष्टान्तहरु थप्ने तथा हटाउने कार्यलाई शास्त्र स्वयंले स्वीकार गर्छ । त्यै आधारमा हामीले भागवताचार्यहरुको वाचनकुशलतालाई रचनात्मक लक्षमा उपयोग गर्ने उद्देश्य सहित गत दुई हप्तामा प्रयास गरेका हौ ।
हाम्रो प्रयासलाई भागवताचार्यहरुले सकारात्मक रुपमा लिनुभएमा नयाँपुस्तालाई उत्प्रेरणको साधन बन्न सक्ने थियो ।
शास्त्रहरु सृष्टिको प्रारम्भ पानीमा भएको र प्रलय पनि पानीकै कारणले हुन्छ भन्छन् । वराह अवतारले सम्प्रेषण गर्न खोजेको वैदिक विज्ञानलाई केन्द्रमा राखेर हिमवतखण्डमा उल्लेखित दृष्टान्तलाई आधार मान्ने हो भने उक्त अवतारको रहष्यबाट क्षीरसागरको रहष्य खोतल्न सकिन्छ । योगनिन्द्रा पश्चात नारायणले सृष्टिको प्रारम्भ त्यही सागरबाट सुरु गर्नुभएको छ । योगनिन्द्राकालमा वाहाँले विश्राम गर्ने वासस्थानको गुण थाहा नहुनेले जत्तिनै शब्द खर्च गरेपनि नारायणलाई चिन्न नसकेको जस्तो हुन्छ ।
सुर र असुर तथा क्षीरसागर र नीरसागरको सहि व्याख्या गर्न सकेमा समुन्द्र मन्थन पनि यसै भूमिमा भएको पुष्टि हुन्छ । राजतन्त्र वा गणतन्त्र तथा धर्मसापेक्षता वा नीरपेक्षता जस्ता राजनैतिक तर्कले याहाँको भूगोल परिवर्तन हुनसक्दैन । सस्कृतिको निर्माण राजनीतिले भन्दा भूगोलले निर्माण गर्ने हो । याहाँ उपलब्ध भौतिक प्रमाणहरुलाई उदाहरण दिएर शास्त्रको व्याख्या गर्ने होभने राजनैतिक व्यवस्थाले हाम्रो संस्कृतिलाई प्रभाव पार्न सक्दैन । नेपालको भूमि क्षीरसागरले सिंचित भूमि हो । त्यसको प्रमाण कृष्णागण्डकी प्रस्रवणमा प्रयाप्त पाइन्छ । शास्त्रहरुमा उल्लेख भएका तिनै दृष्टान्तहरु प्राङ्गारिक कृषि अनुकुल भएकोले कृषि प्राविधिकहरुले भन्दा भागवताचार्यहरुले नतिजा प्रदर्शन गर्नसक्ने आधार हामीसंग छ । हाम्रो संस्कृत शिक्षाको पाठ्यक्रम प्रविधि भन्दा भाषा केन्द्रित भएकोले विद्यापीठको शिक्षाले त्यस्तो परिणाम दिन मुस्किल हुन्छ । त्यसैले भागवताचार्यहरुले अतिरिक्त अध्ययन भने गर्नैपर्ने हुन्छ ।
वेदव्यासले चतुश्लोकी भागवत दिदा भगवानको वचन भनेर द्वित्तीय स्कन्ध, अध्याय ९ मा ३० देखि ३६ सम्म जम्मा सातवटा श्लोक दिनु भएको छ । खास चतुश्लोकी भागवत त ३२ देखि ३५ सम्म मात्र हो । ३० र ३१ त चतुश्लोकी मनोविज्ञानको कारण र ३६ औं श्लोक निष्कर्ष हो । विज्ञानको जग नभएको मनोविज्ञानले सत्यको प्रतिनिधित्व गर्दैन र मनोविज्ञान पक्षलाई उपेक्षा गरेको विज्ञान समाजमा विस्तार हुन सक्दैन । शास्त्रहरु विज्ञान र मनोविज्ञानलाई समन्वय गर्ने सुत्रमा व्यक्त भएका छन् । एक घैंटो शास्त्रमा आधा विज्ञान, आधा मनोविज्ञान छन् । कुनै एक पक्षमा मात्र अहङ्कार गर्दा आवाज मात्र ठूलो हुने हो, सत्य बोध हुँदैन । “ज्ञानं परमगुह्यं मे यद् विज्ञानसमन्वितम्”, यो श्लोकको मर्म यही हो । आधुनिक कृषिले विज्ञानपक्ष मात्र समातेर मनोविज्ञानपक्षको उपेक्षा गर्दा माटो मृत भयो, अमृत सरहको पानी वीष भयो, स्थानीय भूगोल सुहाउँदो वीउ हरायो, अनौठा अनौठा रोगकीराले सतायो । त्यस्को नतिजा अन्नको गुणस्तरमा देखियो ।
हुँदाहँुदा परिमाणात्मक उत्पादनमा पनि ह्रास भयो । अहिले नेपाली भूगोल र भूगोलले निर्माण गरेको खाद्यसंस्कृतिमा कृषिप्रविधिमा प्रयुक्त अर्धविज्ञान लगभग हार खाएको छ । कृषि प्राविधिकले हार नखाएको भएपनि जनताले उनिहरुलाई पत्याउन छाडेको लक्षण देखा परेको छ । युवाजनशक्तिले कृषि व्यावशायलाई त्याग गरेर विदेशमा श्रम लगाउन प्राथमिकता दिनु त्यसको प्रमाण हो । खाद्यबजारमा प्राङ्गारिक उत्पादनको माग बढनु थप प्रमाण हो । खाद्यपदार्थ औषधि गुणस्तरको हुनुपर्छ भन्ने मान्यता उपभोक्तामा छ । तर कृषिमा प्रयुक्त अर्धविज्ञान परिमाणात्मक उत्पादनबाट बाहिर निस्कन चाहेको छ, तर सकेको छैन । अनुदानको सहारामा अर्धविज्ञानलाई भरथेग गर्ने प्रयास भएको छ । त्यसले पनि नतिजा दिन सकेको छैन ।
उपभोक्ताहरु परिमाणात्मक कृषि भन्दा गुणात्मक कृषिमा आकर्षित भएको संकेत हाल लोकपृय बन्दैगएको कौसीखेतीले गरेका छन् । जमिनको अभावमा घरको छतमा खेतीको प्रयास गर्नु उपभोक्ताको बाध्यता थियो । घरघडेरीको साथमा थोरै करेसावारी भएको भए छतमा खेती हुने थिएन । जे भएपनि कौसीखेतीले पाएको लोकप्रीयताको लाक्षणिक सन्दैश उपभोक्ताले प्राथमिकता दिएको गुणस्तरीय अन्नको भन्ने लाग्छ । भागवताचार्य शास्त्रीहरुको निमित्त कृषि विज्ञानमा मनोविज्ञान मिश्रण गरेर गुणस्तरीय कृषि उत्पादनको निमित्त जनउत्प्रेरण गर्ने यो उपयुक्त अवसर हो ।
आधा गाग्री अल्लीधेरै छचल्किन्छ भनेर आधुनिक कृषि अर्धविज्ञानलाई आरोप लागे जस्तै केवल मनोविज्ञानलाई मात्र केन्द्रमा राखेर शास्त्र व्याख्या गर्दा पनि आधागाग्रीकै आरोप आउन सक्छ । प्रतक्षलाई शब्दप्रमाणले मात्र विस्थापन गर्न सक्दैन । धेरैजसो भागवताचार्यहरु वैदिक विज्ञानमा कमजोर देखिनुहुन्छ । त्यो वाहाहरुको भन्दा पाठ्यक्रमको दोष हो । सस्कृत पाठ्यक्रमले तत्त्वलाई भन्दा भाषालाई जोड दियो । पाठ्यक्रम संसोधन गर्दा पनि गणित र विज्ञानलाई भन्दा भाषालाई नै प्राथमिकता दियो । चतुश्लोकी भागवतमा सत्यता छ । त्यो पूर्ण छ ।
तर ज्ञान र विज्ञानको समन्वय नगरेसम्म ब्रह्मदेवको सम्विधान व्यवहारमा प्रदर्शन गर्न सकिदैन । यसमानेमा चतुश्लोकी भागवत भन्दा प्रारम्भमा भनेको भगवानवचन महत्त्वपूर्ण छ । व्यासपीठमा बसेर कथावाचन गर्ने भागवताचार्यहरुले विज्ञानपक्षको आधाभाग पनि समेटेर आप्mना प्रवचनलाई अर्थपूर्ण बनाउने बेला भयो । समयसामेक्ष हुनसकेनौ भने ब्रह्माजीले चक्कर काटेजस्तै फनफन्ती घुम्छौ, तर चुरोकुरो सम्प्रेषण गर्न सक्दैनौ ।