महेन्द्र जीसी
पर्वत, मंसीर २४
गाउँ वस्ती छाडेर शहरी र सुविधा खोज्दै मानिसहरु सुगम तिर वसाई सरिरहेका बेला विरान बन्दै गएको गाउँमा उच्च बजार मुल्यका जडीवुटी खेति गर्न इलमीहातहरु सक्रिय देखिएका छन् । पर्वतका एउटा किसान आत्म बहादुर पाठकले सतुवा खेतिकैलागी जंगलतीर बसाइ सारेका छन । समुन्द्र सतहबाट १९सय मिटर उचाईको चुचुरो पाङ्गराङ शुलीकोटमा पाठकले सतुवा खेति गर्दै आएका छन् ।
जिवनको दुई दशक भारत सरकारको सरकारी जागीरे रहेका पर्वत फलेवास ११ पाङ्गराङ शुलीकोटका आत्म बहादुर पाठक अहिले घना जङगलको माझमा झाडी फँडानी गरेर जडिबुटी खेती गर्दै आएका छन् ।
पाठकले नेपाली भुभाग जस्तै भरतको जम्मु कास्मीरमा पनि सतुवाको खेती भईरहेको देखेरै नेपालमा विगत चार वर्ष देखि खेती गर्दै आएको बताए ।
पाँच रोपनी क्षेत्रफलमा २ हजार एक सय भन्दा बढी सतुवाका बोट रोपेका पाठकको चार वर्षको उपब्धी हो । यो सँगै दुई दर्जन दाँते ओखर र ५० वोट टिमुर पनि लगाएका छन । भने सँगै बाख्रा र रैथाने गाई पालन पालीरहेका छन । सडकको पहुँच भन्दा एक घण्टाको यात्रा गर्नु पर्ने स्थानमा चिसापानी एकिकृत कृषि फर्म दर्ता गराएर जडीबुटी खेतीमा लागेका पाठक अहिले थप लगानीको खोजीमा बैंक तथा वितीय संस्थाले आँफुहरुलाई नपत्याँउँदा दुख पाएको बताए ।उमेर बढदै जाँदा सुगर पे्रसर , अल्सर जस्ता रोगले च्यापेपछि उनले नेपालको हावापानी र जडीबुढीको खेती गर्न नेपाल हानीएको बताए । पैसाले सबथोक किन्न सकीने रहेछ जिवन र स्वास्थ्य किन्न नसकीने बताउँदै पाठकले जडीबुटी खेतीमा नगरपालिका चिनाउनु पनी आफनो अर्को काम भएकोे बताए । बस्ती छाडेर घना जङ्गल र हिउँ पर्ने टाकुरोमा एक्लै बसेर खेती गर्दा आँफुहरुलाई समेत अचम्म लागेको फलेवास ११ पाङ्गराङ शुलीकोटका वडा अध्यक्ष रुद्र पाठक र फलेवास नगर पालिका पर्वतका उप प्रमुख शोभा कुमारी क्षेत्रीले बताएका छन् ।
यसरी गाउँ वस्तीमा खेती गरीरहेका किसानलाई सहयोग गर्न सकीने आधार खोज्न फलेवास नगरपालिका लागिरहेको उनिहरुले बताए । पाठक जस्ता किसानलाई खेतीमा प्रोत्साहन गर्न नगरका कृषि प्राविधिक केदार सापकोटाले स्थलगत अवलोकन गरिएको बताए ।पहाडी क्षेत्र काष्ठ फल तथा व्यापार आयोजना लागु भएको नगर पालिका भएका कारण आत्म पाठकको फर्ममा पनि ओखर खेती गर्न सकीने सम्भावनको खोजी र सहयोग गर्न किसानको फर्म स्थलगत अवलोकन गरीएको जनाइएको छ ।