• Aarsee Times
Sunday, May 18, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

सय दिनका उपलब्धीःनीतिगत खाका,कार्यान्वयन बाँकी

आरसी टाइम्स by आरसी टाइम्स
१ पुष २०८१, सोमबार १६:२५
in कृषि बजार, के हुँदैछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
सय दिनका उपलब्धीःनीतिगत खाका,कार्यान्वयन बाँकी
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, पौष १
प्रादेशिक सरकारको नयाँटोलीले सरकार संहालेको १०० दिनमा गरिएका उपलब्धीबारेमा मिडिया व्रिफिङ्ग गर्दै उल्लेखनीय कामहरुको सूची सार्वजनिक गरेको छ  । गण्डकी प्रदेशको कृषि मनत्रालयले सय दिनका उपलब्धीका रुपमा पहिलो चौमासिक र बजेट निकाशाका प्रारम्भीक चरण भएकाले नीतिगत सुधार र नयाँ परियोजनाका लागि साझेदारहरुसँग सहकार्यको सहमति गरिएको जनाइएको छ  । प्रादेशिक कृषि मन्त्री पद्मा जिसी श्रेष्ठले सय दिनको कार्यप्रगति सार्वजनिक गर्दै कृषि ज्ञानकेन्द्र मुस्ताङ्गको कार्यालय आफनै भवनमा स्थापीत गर्न सकिएको र प्रादेशिक प्रबेश नाकाहरु तनहुँको आँबु खैरेनी र स्याङ्गजाको मालुङ्गामा रहेको चेकीङ्गपोष्टलाई सुधार तथा सबलीकरण गरिएको बताएकी छन्  ।
मन्त्रालयको समिक्षालयमा हालै आयोजित सम्बादमा जलवायुमैत्री कृषि प्रविधि प्रवर्धन कार्यक्रम कार्यान्वयन गर्न “जलवायुमैत्री कृषि प्रविधि प्रवर्धन सम्बन्धी कार्यक्रम सञ्चालन मापदण्ड, २०८१” स्वीकृत गरिएको जनाइयो  । प्राङ्गारिक कृषि उपजको उत्पादन तथा बजारीकरण प्रवर्धन गरी उपयोगमा जोड दिँदै मानव स्वास्थ्यमा सुधार र पर्यावरणीय सन्तुलनमा टेवा पु¥याउने उद्देश्यले प्राङ्गारिक कृषि उत्पादन प्रवर्धन सम्बन्धी कार्यक्रम सञ्चालनका लागि “प्राङ्गारिक कृषि प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड, २०८१” स्वीकृत गरिएको पनि जनाइएको छ  । प्रदेशका सुन्तला जात फलफुलमा सिट्रस ग्रीनिङ्ग रोगग्रस्त बोट हटाई पुनः रोपण सम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फलफूलबाली विकास सम्बन्धी आयोजना कार्यान्वयन मापदण्ड, २०८० संशोधन गरिएको बताइएको छ  । एसीयाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहायतामा सञ्चालन हुने ‘ इरिगेशन मोडर्नाइजेशन इन्ह्यान्समेन्ट प्रोजेक्ट प्रदेशमा कार्यान्वयनका लागि सहमती प्रदान गरिएको पक्षलाई सयदिने उपलब्धीका रुपमा पेश गरिएको छ  । प्रदेश सरकारले जाइकाको सहकार्यमा साना र मझौला उद्यमशीलता विकासका लागि उच्च बजार मुल्यका कृषि बस्तु उत्पादन र बजारीकरण गर्ने ‘गण्डकी शेप’ आयोजना कार्यान्वयनका लागि सम्झौता गरिएको पनि जनाइएको छ  ।
छलफलका क्रममा बागलुङ्ग कृषि ज्ञानकेन्द्रको घर अरुले चर्चेको अवस्थाबाट कृषिकार्यालयलाई फिर्ता गर्न किन नसकिएको, प्रदेशका नाकाहरुको चेकपोष्टमा सुरक्षा र जाचका उपकरण सहितको कार्यालय बन्दोबस्ती कमजोरीको बास्तविकता किन नखुलाइएको, प्रदेशका हिमाली जिल्लामा प्रजनन नश्ल सुधारका लागी ल्याइएका याकहरुको रेखदेख निगरानी गर्न डिजिटल चिप्स पनि राख्न नसकेर याक हराएको सुचना पनि अभिलेखन गर्न नसकिएका बारेमा पत्रकारहरुले सबाल उठाए  । सम्बादमा उठेको सबाललाई सम्बोधन गर्न प्रादेशिक पशुविकास महानिर्देशक प्रेरणा सेढाइले १९ बटा याकहरुमध्ये १ हराएको र एउटा मृत्यु भएको जनाकारी दिदै डिजिटल मोनिटरिङ्ग चिप्स राख्नका लागि प्रति याक एकहजारका दरमा गर्न सकिने सुचना पाइएकाले अवका निकट दिनमा यसकार्यमा कदम चालिने बताइन्  ।
प्रादेशिक विकास अनुगमन र सुशासन अनुशरणका लागि मन्त्रालयले अपनाएका रणनितिहरुका बारेमा आवधिक समिक्षा तथा सरोकारवालाहरुको निगरानी र कठघरामा उभिएर जवाफदेहि बन्ने प्रयासलाई सकारात्मक मानिएको छ  । सयदिने मधुमासको चर्चा मात्र नभएर अवको छ महिनामा के के उपलब्धी दिन पहल भइरहेको छ भन्ने प्रतिबद्धता समेत दिने प्रचलन बसालेमा आवधिक उपलब्धी मापन सजिलो पर्ने र मन्त्रालयको कार्यसम्पादन क्षमता प्रकट हुने विशलेषकहरुले बताएका छन्  ।

Previous Post

शुलीकोटमा सतुवा खेती गर्दै आत्म बहादुर

Next Post

विषादीले कृषिमा घेराहाल्न थालेपछि पर्यावरणीय कृषिलागि प्रादेशिक पहल सूरु

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
विषादीले कृषिमा घेराहाल्न थालेपछि पर्यावरणीय कृषिलागि प्रादेशिक पहल सूरु

विषादीले कृषिमा घेराहाल्न थालेपछि पर्यावरणीय कृषिलागि प्रादेशिक पहल सूरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In