आधुनिक कृषि अनुसन्धानको चरण पार नगरेको हुँदा प्रविधिको दृष्टिकोणमा ऋषिकृषि वा सीतायण उपर प्रश्न उठन सक्छ । तर पद्धत्तिको दृष्टिकोणमा दिगो कृषिको प्रसार, खाद्य सुरक्षा र जनस्वास्थ्यको महत्त्व स्थापित हुन सक्नेमा विश्वस्त भएकोले कृषि समाजशास्त्रको निमित्त परिक्षण उपयोग गर्ने प्रयास गरेका थियौ ।
अनुसन्धानको चरणमा प्रवेश गरेर प्रभावकारी सिद्ध भए पछि यो पद्धत्तिलाई सिफारिस गर्न सकिन्छ होला । यो वहस कृषि समाजशास्त्रको अनुसन्धान विषय बनाउने लक्षमा केन्द्रित छ ।
कुलराज चालिसे
ऋषिकृषिको वहस गर्दागर्दै हामी सीतायण वहसमा जुटेका थियौं । दुनियाले रामायणको भजन गाउदा हामीले सीतायणको वकालत गर्याै । हाम्रो उद्देश्य ऋषिकृषि र सीतायणको अन्तरसम्बन्ध मिहिन तरिकाले केलाउनु थियो । त्यस्को निमित्त सीताआमाको तीन रुप मध्य हामीले माटोको उर्वरा र अन्नको जमरालाई आधार बनायौ । दशैंको मौका छोपेर सीताआमालाई भवानीको स्वरुपमा खोज्यौ । आमाको प्रथम वनवासको रहष्य उजागर गर्ने काम धर्म प्रचारक सन्त समुदायलाई छोडेर दोस्रो वनवासको रहष्य उधिन्ने काम गर्याै । सीतायण वहसलाई हामीले वैष्णव, शैव वा शाक्त सम्प्रदायमा मात्र सिमित राखेनौ ।
हामीलाई खाद्य सुरक्षाको वहसमा सीतायणलाई कृषि प्रसारको प्रभावशाली भाका बनाउने चासो थियो । हामी स्वार्थी बनेका थियौ । त्यो हाम्रो सकाम यज्ञ थियो । हामीलाई विज्ञानको भाषामा समेत पत्याउन सकिने सर्वमान्य सीतायण मन्त्र चाहिएको थियो । त्यसैले सम्प्रदाय नीरपेक्ष भएर वहस गरेका थियौं । निर्वाचनको सन्मुख भएकोले पाठकको चासो सम्बोधन गर्न राजा रजौटा छनौट गर्दा राजा जनकको कर्षण सस्कृतिलाई जोडेका थियौ । हामी सम्पत्तिको चाहना नभएका जोगी होइनौ । सम्पत्तिको निमित्त जस्तो पनि स्वीकार गर्ने भोगी पनि होइनौ । आम जनताको खाद्य सुरक्षाको विषयलाई निष्काम यज्ञ भन्न मिल्दैनथ्यो, त्यसैले सकाम वहस गरेका थियौ ।
हामीलाई शास्त्रका वचनहरुको व्यापार गर्ने रहर थिएन । तर सीतायणका विज्ञान र कृषि समाजशास्त्रका सूत्रहरु दिगोकृषि पद्धत्ति प्रसार गर्न उपयोगी हुने विश्वास थियो । त्यसैले ऋषिकृषि पद्धत्तिमा जोडने प्रयास गरेका थियौं । किनभने हामीले निश्चित उद्देश्य बोकेर सीतायण वहस प्रारम्भ गरेका थियौ । हाम्रो तर्क व्यावशायीक कृषिको नाममा परम्परागत कृषिको जग समाप्त गर्ने रणनीतिका अनुयायीलाई पच्दैन । श्रीरामको नाममा आश्रम व्यावशाय गर्ने तथा धर्म सस्कृतिको दुहाई दिएर राजनीतिक लाभ लिन उद्यत राजनीति कर्मीलाई पनि पच्दैन । तैपनी कृषि संचारकर्मीले जनमत प्रतिकुल रहदा पनि सत्यतथ्य पाठक समक्ष प्रस्तुत गर्नै पर्छ । हामीले त्यै धर्मको निर्वाह गरेका थियौं । आधुनिक कृषि अनुसन्धानको चरण पार नगरेको हुँदा प्रविधिको दृष्टिकोणमा ऋषिकृषि वा सीतायण उपर प्रश्न उठन सक्छ ।
तर पद्धत्तिको दृष्टिकोणमा दिगो कृषिको प्रसार, खाद्य सुरक्षा र जनस्वास्थ्यको महत्त्व स्थापित हुन सक्नेमा विश्वस्त भएकोले कृषि समाजशास्त्रको निमित्त परिक्षण उपयोग गर्ने प्रयास गरेका थियौ । अनुसन्धानको चरणमा प्रवेश गरेर प्रभावकारी सिद्ध भए पछि यो पद्धत्तिलाई सिफारिस गर्न सकिन्छ होला । यो वहस कृषि समाजशास्त्रको अनुसन्धान विषय बनाउने लक्षमा केन्द्रित छ ।
हाम्रा शास्त्रहरुले उल्लेख गरेका धेरैजसो मन्त्रहरु ऋषि वसिष्ठ र विश्वामित्रले सूत्रवद्ध गर्नु भएको हो । वसिष्ठका मन्त्रहरु पानी केन्द्रित छन् भने विश्वामित्रले अग्नि र यज्ञलाई प्राथमिकता दिनु हुन्थ्यो । ऋषि वसिष्ठ श्रीरामको कुलगुरु हुनुहुन्थ्यो भने ऋषि विश्वामित्र दिक्षागुरु हुनुहुन्थ्यो । जनकपुरको स्वयम्वरमा राजा दशरथ तथा कुलगुरु वसिष्ठको आदेश विना ऋषि विश्वामित्रको निर्देशनमा श्रीरामले भाग लिनु भएको थियो । आगो र पानीमा सत्रुवत् व्यवहार हुन्छ भनिन्छ । त्यही तर्क विश्वामित्र र वसिष्ठ ऋषिहरुमा पनि थियो भनिन्छ । उनिहरु विचमा स्वस्थ प्रतिस्पर्धा हुन्थ्यो भनेर शास्त्रहरुले पनि भनेका छन् । श्रीरामको जीवनमा तिनै विपरित सिद्धान्तका गुरुहरुले साझा उद्देश्यको निमित्त काम गर्नु भएको थियो ।
अग्निषोममय ब्रह्माण्डको सत्यतालाई ऋषिहरुले अस्वीकार गर्ने कुरा नै भएन । रामायणको अध्ययन गर्दा हाम्रो मनोदशा पनि विश्वामित्र र वसिष्ठ विचको समन्वयात्मक अभ्यास जस्तै हुन आवस्यक हुन्थ्यो । त्यस्तो समन्वय गर्ने ब्रह्म तत्त्व भनेको सीताआमाको छायाँ स्वरुप थियो । त्यसैले सीताआमाको मायारुपको व्याख्या गर्ने कार्य सन्तसमाजलाई छाडेर छायासीताको शितल तापेका थियौं ।
विश्वमा रामायणको संख्या हजारको आसपास छन् भन्ने अनुमान छ । संस्कृत भाषामा लेखिएको वाल्मिकीको रामायणलाई तुलसीदाशले अवधी भाषामा उल्था गरेपछि धेरैले आआप्mनो भाषामा लेख्न सुरु गरे । त्यसै क्रममा भानुभक्तले नेपाली भाषामा उल्था गर्नु भयो । कतिपय हकमा स्थानीय भूगोललाई दृष्टान्त दिएर पनि लेखियो । त्यसैले हरेक रामायणले समाजमा स्थापित गर्न चाहेको सन्देश अलग अलग जस्तो लाग्छ । रामायणलाई स्थानीय भाषामा उल्था गर्ने प्राय कवीजीहरुले तत् तत् देशका आदिकवीको मान्यता पाए । स्थानीय भाषाका अलिखित रामायणको त संख्या गनेर पनि साध्य लाग्दैन ।
सय करोड श्लोकमा विस्तारित रामायण छोटो र मिठो बनाउन स्थानीय परिवेश अनुसार कतिपय सर्ग हटाईएका छन् भने कहि थपीएका पनि छन् भनिन्छ । वाल्मिकीय रामायणका संस्कृत श्लोकलाई उल्था गर्दा आआप्mनो लक्षित वर्गको मनोदशालाई सम्वोधन हुने गरेर गरीएको छ । त्यसैले कुनै एक रामायण सुनेको भरमा कथाले दिन खोजेको सारसन्देश बुभ्mन सकिदैन । जगदगुरु रामानुजजी महाराजलाई समेत भेउ पाउन मुस्किल रामायण, हामीले बुभ्mन सक्ने सम्भावना कमजोर हुन्छ नै । यस्तै रनभुल्लमा हामी पनि परेका थियौं । त्यसैले सीतायण वहसमा हामीले उठाएका तर्क दिगो कृषि प्रसारको उद्देश्यसंग मात्र सम्बन्ध राख्छ । रामायणको आध्यात्मिक विवेचना गर्ने सामर्थता हामी संग रहदैन । जगद्गुरु रामानुज महाराजले समेत १८ पटक पढनु परेको रामायणको सन्देश हामीले ठोकुवा लगाउन सक्दैनौ । त्यसैले विगतका वहसहरुमा हामीले जिज्ञासा राख्ने मात्र काम गरेका थियौ ।
हिन्दुसमाज वैष्णव, शैव र शाक्त सम्प्रदायमा विभक्त भएको मात्र नभई गुरुशिष्य परम्पराले गर्दा उपसम्प्रदायमा पनि विभक्त छ । समाजमा हिन्दु मात्र छैनन् । हिन्दुको अतिरिक्त अन्य धर्मावलम्बी पनि हुन्छन् । सवैको आआफ्नो मान्यता हुन्छ । त्यो भन्दा धेरै भगवान्को अस्तित्व नै नमान्ने नास्तिकको जमात ठूलो छ । उनिहरुलाई वैज्ञानिक तर्क चाहिन्छ । त्यो वर्गलाई रावणको अनुयायी भने पनि हुन्छ । विज्ञानको उपयोग गरेर धन आर्जन तथा भोग गर्नेलाई अनुचित भन्न पनि त सकिदैन । यो आलेखले रावण मतलाई स्वीकार नगरेको हुँदा चर्चा गर्दैन । वैष्णव रामायणले सीताआमालाई राम भन्दा भिन्न त देख्दैन, तर श्रीरामलाई प्रमुखपात्र बनाएर सीताआमालाई एउटा पतिव्रता आदर्श नारीमा सिमित राख्ने प्रयास गर्छ । त्यस्तो पक्षपात यो वहसले गर्दैन । शैवमतको रामायणले हनुमानलाई रामभक्त भनिकन रामायणको निर्णायक योद्धा प्रमाणित हुने गरेर दृष्टान्त प्रस्तुत गर्छ । शाक्त रामायणले शतानन् भनिने महिरावण, अहिरावणको तर्क अगाडी सारेर सीताआमालाई आह्लादिनी ब्रह्मशक्ति भनेर थप दृष्टान्त दिन्छन् । कतै उमा, कतै लक्ष्मी, कतै महाकाली अनि कतै अनन्तकोटि ब्रह्माण्डात्मक प्रपञ्चको अधिष्ठानभूता, सचिदानन्दमयी, पराम्वा भगवतीको दर्जा दिन्छन् । कवीको मान्यता अनुसार दृष्टान्त चयन गरेर प्रमुख पात्र प्रस्तुत गर्दा हामी सर्वसाधारणलाई स्वतः भ्रम उत्पन्न हुन्छ । त्यस्तो भ्रम निवारण गर्न उपलब्ध भएसम्मका रामायणहरु संकलन गरेर साझा सन्देश खोज्न आवस्यक हुन्छ । वैष्णव, शैव र शाक्तमतका रामायण जम्मा गरेर समन्वयात्मक भावमा अध्ययन गर्ने हो भने सीताआमालाई नै केन्द्रिय भूमिकामा देख्न सकिन्छ ।
भौतिक र अभौतिक संसारको समन्वय मात्र नभई अग्नि र सोमको समन्वय विन्दु सीताआमा देखिनु हुन्छ । श्रीरामको शक्ति अनन्त छ, तरपनि सीताआमाको अनुपस्थितिमा सुसुप्त रहनुहुन्छ । उमारशक्ति भएको जौको वीउमा श्रीराम रहनुहुन्छ भने त्यै वीउलाई पानीमा भिजाए पछि अंकुराएको जमरामा सीताआमा रहनुहुन्छ । अर्काे शब्दमा सुसुप्त वीउलाई जागृत गर्ने शक्तिलाई नै सीतातत्व भनिन्छ । विज्ञानको भाषामा भन्नु पर्दा सुसुप्त वीउ (राम), जागृत वीउ (सीता) र अंकुरीत वीउ वढने क्रममा विरुवाले उपभोग गर्ने प्राणवायु (हनुमान) को संयुक्त र समन्वयात्मक परिणाम नै अन्न (सीता) भएकोले ऋग्वेद ४ः५७ः७ र अथर्ववेद ३ः४ः२ः९ मा सीतातत्वलाई धन ऐश्वर्य एवं दुग्ध अन्नादी दिने देवी भनेर स्तुति गरिएको छ । स्वामी रामानन्द कृत वैष्णवमताब्जभाष्करमा श्रीरामको कृपा पाउन हनुमान र सीताआमाको आराधना गर्दा सिघ्र फल प्राप्त हुन्छ भनिएको पनि छ ।
जगतको उत्पत्ति, स्थिति र लयको कारण तत्त्वको अन्वेषण गरेर अन्नब्रह्मलाई बुभ्mने अर्थात सृष्टिलाई अन्वेषण गरेर स्रष्टालाई व्याख्या गर्ने प्रयास सीतायण वहस हो । यही नै हामीले छानेको भार्गवी वारुणी विद्या हो ।