आरसी टाइम्स व्युरो
पोखरा, असोज ८ ,
कास्कीमा संचालनमा रहेको सुपरजोन कृषि परियोजनाका लक्षित क्रियाकलापहरु गाउँपालिका केन्द्रित गर्न कास्कीका गाउँपालिका प्रमुखहरुले दवाव दिएका छन् ।
हालै पोखरामा जिल्ला समन्वय प्रमुखको अध्यक्षतामा भएको एक समारोहमा रुपा गाउँपालिका प्रमुखनवराज ओझा र अन्नपूर्ण गाउापालिका प्रमुख विष्णु केसीले कृषि उत्पादन मैत्रि समुदाय शहरको तुलनामा गाउँमा बढी भएकाले परियोजनाको लाभान्वीत सहभागीहरुमा गाउँपालिकाका किसानहरु भएकाले परियोजनाले गाउँपालिकाका किसानलाई लक्षित समुहका रुपमा हेर्न र सोहि मुताविक योजना बनाउन दवाव दिएका छन । हरेक योजना शहर केन्द्रित गर्ने हो भने र महानगर मानै दोहोरोपन गर्ने हो भने परियोजनाको नाम र कार्यक्षेत्र बदल्नु भन्दै नाम अनुसारको कर्म गर्नका लागि गाउँका किसानका लागि लक्षित योजनामा ग्रामीण किसानको सहभागीता बढाउन उनिहरुले आग्रह गरेका छन् ।
जिल्ला समन्वय प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा भएको एक समारोहमा परियोजना कास्कीका प्रमुख रोशन अधिकारीले चालु वर्षका लागि प्रस्तावित कायृक्रमहरु सार्वजनिक गरे । परियोजनाको मोडल र बजेट योजना नियकित बदलीरहेकाले अघिल्लो महिना काम सूरुगर्न नसकिएको बताउँदै असोज महिनाबाट किसानहरका प्रस्तावहरु संकलन र अनुदानका छनौट प्रकृयाका क्रियाकलाप संचालन गरिने अधिकारीले जनाएका छन् । परियोजनाले कास्कीमा तरकारीको सुपरजोन र अलैचीको जोन तहका क्रियाकलापमा सहजीकरण गरिरहेको छ । कास्कीमा ५ पालिकामा ६ वालीका क्रियाकलाप रहेको, तरकारी , अलैची, बंगुर, अदुवा, गाइ÷भैसी र बाख्रामा क्रियाकलाप लक्षित गरेको अधिकारीले जनाएका छन् । चालुवर्षका कार्यक्रम सार्वजनिकरण गर्ने समारोहलाई प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, समन्वय अधिकारी नवराज बराल, व्यापारसंघका प्रतिनिधि गोकर्ण कार्की, अलैची किसान दिपक पौडेल, तरकारी किसान इन्दीरा आचार्य , कृषि ज्ञान केन्द्र कास्कीका निवर्तमान प्रमुख शालिकराम अधिकारीले पनि सम्बोधन गरेका थिए ।