आरसी टाइम्स व्युरो
पोखरा,आषाढ २०
कृषि उत्पादनको निरन्तरता जोगाउन सकेमा बजार श्रृंखलामा सक्रिय हुने र बजारले उत्पादनलाई निरन्तर पहँुच दिन सकेमा उत्पादन कर्ता खटेर उत्पादन बढाउन लाग्ने मान्यतालाई आत्मसात गर्दै पोखरा महानगरपालिकाले कृषि उपजको न्युनतम समर्थन मुल्य निर्धारण गरेको छ । पोखरा महानगरपालिकाले हालै असारे धान दिवसका अवसरमा न्युनतम समर्थन मुल्यसुचि सार्वजनिक गरेको छ । महानगरले २३ वटा कृषि उपजको न्युनतम समर्थन मूल्य निर्धारण गरेको जनाएको छ । पोखराको पहिचानका रुपमा रहेको जेठाुबुढो, मकै, गहुँ, कोदो, फापर, कागुनो, तोरी, काउली, बन्दा, रायोसाग, गोलभेडा, सिमी, घिरौला, काको, करेला, आलु, अदुवा, खुर्सानी, लसुन, प्याज, कार्पमाछा, मह र च्याउको न्युनतम मूल्य निर्धारण गरेको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जनाएका छन् ।