• Aarsee Times
Sunday, May 18, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

स्याउ र च्याङ्गरा परियोजनाले हिमाली बस्तीमा करोडको कमाई

आरसी टाइम्स by आरसी टाइम्स
५ कार्तिक २०८१, सोमबार २२:२४
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, पर्यटन, फिचर, विकल्पको बाटो
0
स्याउ र च्याङ्गरा परियोजनाले हिमाली बस्तीमा करोडको कमाई
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स
मुस्ताङ्ग, कार्तिक ५
हिमाली बस्तीमा जिविका सुधार र आयमुलक कृषि विकासका लागि संचालनमा ल्याइएका कृषि आधुनिकिकरण परियोजनाले लेकाली रोजगार विकास गर्दै ८२ करोड ६८ लाख रुपैया बराबरको निर्यात योग्य र रोजगार योग्य कमाई आर्जन गरेको बताइएको छ  । स्याउ परियोजनाबाट विगत पाँच वर्षमा १८१० जना किसानसँगै ३०३९ जनालाई रोजगार अवसर उपलब्ध गराएको तथा च्याङ्गरा परियोजनाबाट १८५ पशुपालन गर्ने परिवारको फार्मसँग जोडिएका ३५० जनाले ज्यालादारी रोजगार अवशर प्राप्त गरेको परियोजनाका प्रमुख नेत्र भट्टले जनाएकाछन्  ।

परियोजनाका तर्फबाट अभियान मुलक उच्च घनत्वका स्याउ खेति संचालनमा किसानलाई अनुदान प्रवाह गर्दै आएको र हालसम्म परियोजनका पाँचवर्षे अभियानमा स्याउको उत्पादनशील क्षेत्र विस्तार समेत भएको जनाइएको छ  । परियोजनाको प्रारम्भकि वर्ष २०७५ सालमा स्याउका लागि ४४५ हेक्टर क्षेत्रफल उपलब्ध भएको मा पाँच वर्ष पछि २०८१ मा आइपुग्दा ६१६ हेक्टर पुगेको बताइएको छ  । पाँच वर्ष पहिले स्याउको उत्पादन ५७२७ मेट्रीक टन रहेकोमा २०८१ मा आइपुग्दा क्रप कटिङ्ग अनुमान अनुसार ७३२८ मेट्रीक टन स्याउ उत्पादन भएको जनाइएको छ  ।

यसरी उत्पादित स्याउमध्ये करिव ६५९५ मेट्रीक टन स्याउ जिल्ला बाहिर निर्यात भएर ८२ करोड ६८ लाख निर्यात मुल्य नगदी आर्जनको आँकडा देखाइएको छ  । हिमाली बस्तीमा कृषि आधुनिकीकरण परियोजना अन्तरगत मुस्ताङ जिल्लामा स्याउ र च्याङ्ग्रा जोन विकास कार्यक्रम तथा म्याग्दी जिल्लामा सुन्तला, बंगुर र आलु जोन विकास कार्यक्रमहरु सन्चालनमा रहेमा छन  । स्याउ जोन विकास कार्यक्रम मुस्ताङ्ग जिल्लाका सबै ५ वटै गाउपालिका तथा च्याङ्ग्रा जोन विकास कार्यक्रम मुस्ताङ जिल्लाको माथिल्लो ३ गाँउपालिकाहरुमा सन्चालनमा रहेको परियोजना इकाइ प्रमुख भट्टले जनाएका छन्  ।


स्याउ क्षेत्रका रुपमा २०७५ मा थासाङ गाउपालिकाको वडा१,३,४ र ५ बाहेक मुस्ताङ जिल्लाको सम्पूर्ण क्षेत्रका १०५० हेक्टरबाट विस्तारित हुँदै १४१० हेक्टरमा पुगेको छ भने वि.सं. २०७८ मा स्थापाना गरिएको च्यांग्रा विकास कार्यक्रमले लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र बारागुङ मुक्तिक्षेत्र गाउापालिकामा १ हजार माउँबाट १२ हजार माउँ सम्ममा विस्तार गर्न सकिएको जनाइएको छ  ।

परियोजनाले स्याउ उत्पादनका लागि साना सिंचाई पूर्वाधार निर्माण सुधार, कृषकको माग बमोजिम कृषि यान्त्रिकीकरण सहयोग, स्याउको क्षेत्र विस्तारका उच्च घनत्वका र स्थानीय बेर्ना वितरणमा अनुदान मार्फत उत्प्रेरणा गरिएको जनाइएको छ  ।
परियोजनाका क्रममा कृषि बजार, भण्डारण पुर्वाधार, प्रथामिक प्रशोधन वा प्रशोधन उद्योग स्थापना कार्यक्रम अन्तरगत मुस्ताङमा ६ वटा कोल्ड च्याम्बर स्थापना भएको जसबाट ६७ टन स्याउ भण्डारण भई वेमौसमी बजारमा पुर्याउने र उच्च बजारमुल्य पहँुच बढाइएको बताइएको छ  । यसैगरि च्याङ्गरा विकास कार्यक्रमले पशु नश्ल स्रोत केन्द्र निर्माण, च्याङ्ग्रापालक कृषकहरुलाई ५० प्रतिशत अनुदान सहयोगबाट च्याङ्ग्राको उत्पादन लागत घटाउने प्रयत्न गरिएको जनाइएको छ  ।

Previous Post

हिमाली भान्छामा डालेचुकको परिकार लोकप्रिय  

Next Post

 विहादीले कृषि विकासका लागि भूमी बैंक र कृषक पाठशाला परिचालन गर्ने 

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
 विहादीले कृषि विकासका लागि भूमी बैंक र कृषक पाठशाला परिचालन गर्ने 

 विहादीले कृषि विकासका लागि भूमी बैंक र कृषक पाठशाला परिचालन गर्ने 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In