आरसी टाइम्स व्युरो/ पोखरा,
पोखरा महानगरपालिकाले हिउँदे बाली खेती अभियान अन्तर्गत गहुँ र तोरी खेतिका लागि किसान पचिालन रणनिति अपनाएको छ । हालै महानगरले अभियानमा सहभागी हुन उत्सुक कृषक समुहलाई अभिमुखीकरण गर्दै उत्पादनको मुल्य सुनिश्चितता गर्ने बताएको छ ।
यो अभियान अन्तर्गत कम्तीमा १०० रोपनी क्षेत्रमा गहँु र तोरी खेती गर्ने कृषि समूह, सहकारी तथा संजाल सदस्यलाइ कार्यक्रम तथा खेती प्रबिधि बारे अभिमुखिकरण पनि गरेको महानगर कृषि महाशाखाले जनाएको छ । महानगरले उत्पादन पश्चात बिक्री बितरणको सुनिश्चितताको लागि गहँुको न्युनतम समर्थन मुल्य प्रती केजि रु ६० तोकेको छ भने तोरीको मुल्य रु १७५ तोकेको छ ।
एकसय रोपनीमा तोरी खेति गर्ने अभियानमा कृषि सन्जाल ११ काहु , मिलन चाण्डिकालिका कृषि सहकारी सन्स्था २१, रामादी, उल्लेरी चिप्लेटी अन्नपूर्ण कृषक समूह पोखरा २२, चापाकोट मौरिपालन कृषक समूह, रैकर कृषक समूह तथा पन्चकोशी कृषि सहकारी २३, सुर्यमुखी मौरी सहकारी २४,कृषि सन्जाल २८ , गाम्पानी कृषक समूह पोखरा ३१, तोरिचौर कृषक समुह पोखरा ३३ ले सहमती जनाएका छन् ।
यसैगरि एकसय रोपनीमा गहुँखेति गर्ने अभियानमा सिद्देश्वर बहुउद्देश्यीय कृषि सहकारी पोखरा १७ महतगौडा, चालिसे बगर कृषि तथा पशुपन्छी कृषक समूह पोखरा २४, माझथुम कृषि सहकारी पोखरा २३ —२४, भावना सामुदायिक कृषि सहकारी पोखरा १८ चन्खपुर, सम्पुर्ण साना किसान कृषि सहकारी १९ पुरन्चौर,पिपलडाली काफलघारी कृषक समूह पोखरा २८ र १३, कृषि सन्जाल २८ र ३१, मिलिजुली कृषक समूह पोखरा ३२ जोडिएका छन् ।